जेठ २५, २०७५
काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् । अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...
असार २५, २०७५
काठमाडौं – रुसमा चलिरहेको फूटबल विश्वकपमा युरोपका चार देशहरू फ्रान्स, इंग्ल्यान्ड, बेल्जियम र क्रोएसिया सेमिफाइनलमा पुगेका छन् । यसको अर्थ अबको विश्वविजेता कुनै युरोपेली टोली नै हुनेछ ।
यससमेत गरी लगातार चार विश्वकपमा युरोपले नै विजय पाएको छ । सन् २००२ को विश्वकप दक्षिण अमेरिकी मुलुक ब्राजिलले जितेपछि युरोप मात्रै हाबी हुँदै आएको छ ।
अझ सन् २०१४ मा अर्जेन्टिना फाइनलमा पुगेबाहेक दक्षिण अमेरिकी टोली त तीन विश्वकपमा फाइनलसम्म पनि पुग्न सकेका छैनन् ।
यहाँ युरोप र दक्षिण अमेरिकाको मात्र चर्चा भएको देख्दा पनि विश्वकप कति असन्तुलित छ भन्ने देखाउँछ । यसअघिका २० विश्वकपमा युरोप र दक्षिण अमेरिकाका मुलुकबाहेक अरू विश्वविजेता बन्न सकेका छैनन् ।
एसिया, अफ्रिका, उत्तर अमेरिका तथा मध्य अमेरिकाका मुलुकहरू फाट्टफुट्ट सेमिफाइनलसम्म पुगे पनि धेरैजसो चाहिँ तलतिरैबाट घर फर्किने गरेका छन् । अझ यसपालि त अफ्रिकाको एउटै टोलीले पनि समूह चरण काट्न सकेन भने एसियाली मुलुक जापान प्रिक्वार्टरफाइनलसम्म त पुग्यो तर त्यहाँ पराजित भएर घर फर्कियो ।
यसरी विगत डेढ दशकदेखि फूटबल विश्वकप युरोपमा, अझ विशेषगरी पश्चिमी युरोपमा, केन्द्रित भएको देखिन्छ । त्यसो त दोस्रो विश्वयुद्धपछि भएका १६ वटा विश्वकपमा ६ वटामा युरोपेली मुलुक मात्र फाइनलमा पुगेका हुन् । तैपनि विश्वकप जीतमा युरोप र दक्षिण अमेरिकाका मुलुकको प्रदर्शन बराबरी जस्तो हुने गरेकोमा अहिले चाहिँ युरोपको एकछत्र राज छ ।
वास्तवमा भन्ने हो भने अहिले युरोप नै फूटबलको केन्द्र बन्न पुगेको छ । पैसा, सिर्जनात्मकता, प्रतिभालाई खार्ने अवसर सबै युरोपले नै उपलब्ध गराउँदै आएको छ । युरोपेली मुलुकका फूटबल क्लबहरू संसारमै अब्बल छन् र त्यहाँका फूटबल लीगमा हुने कडा प्रतिस्पर्धाले फूटबलरहरूलाई प्रतिभा तिखार्ने मौका दिएका छन् । यसमा दक्षिण अमेरिका पछि परेको देखिन्छ ।
युरोपमा फूटबल क्रान्ति सन् १९९२ मा बेलायतमा प्रिमियर लीग शुरू भएपछि आएको हो । फूटबल अधिकारीहरू, खेलाडी र टीभी च्यानलहरूले अनेकौं चरणको छलफल गरेपछि फूटबल लीगका पहिलो डिभिजनका क्लबहरूले राजीनामा दिए अनि त्यस वर्षको १५ अगस्टदेखि प्रिमियर लीग विधिवत रूपमा शुरू भयो ।
प्रिमियर लीगमा पैसाको व्यापक लगानी भयो र खेलाडीहरूलाई भविष्यको सुरक्षाका साथै प्रतिभा प्रस्फुटनको पनि अवसर प्राप्त भयो ।
फूटबलको जननी बेलायतले यसरी यो खेललाई आधुनिकीकरण र व्यावासयिकीकरण गरायो ।
त्यससँगै युरोपीयन कपलाई पनि च्याम्पियन्स लीगका रूपमा नवीकरण गरियो अनि युरोपेली मुलुकका अब्बल क्लबहरूबीच प्रतिस्पर्धा गराइयो । अनि त युरोपभरि फूटबलमा भारी मात्रामा लगानी हुन थाल्यो ।
टीभी, प्रायोजक र लगानीकर्ताहरूले ठूलो मात्रामा फूटबलमा रकम लगानी गर्न थाले । सबै देशका क्लबहरू पूर्णतः व्यावसायिक हुन थाले । सन् १९९५ मा आएको बोसम्यान आदेशले खेलाडीहरूलाई सशक्त बनायो । उनीहरू आफूलाई खेल्न मन लागेको क्लबमा आबद्ध हुन स्वतन्त्र भए ।
यसरी फूटबलको व्यावसायिकीकरणले खेलमा ग्ल्यामर ल्यायो र विश्वभरिका प्रतिभाशाली खेलाडीहरू राम्रो रकमको आकर्षणमा युरोप ओइरिन थाले । अनि प्रशिक्षक तथा व्यवस्थापकहरू पनि राम्रा रणनीति बनाएर आफ्नो क्लबलाई जिताउन प्रोत्साहित भए । युरोपले यसरी अन्य क्षेत्रका फूटबल रणनीतिलाई पनि नजिकैबाट बुझ्न पायो ।
दक्षिण अमेरिकाले प्रतिभाशाली खेलाडी जन्माउँछ तर ती सबै ठूलो पैसाको आकर्षणमा युरोप आइदिन्छन् । लियोनेल मेस्सी अहिलेका सबभन्दा राम्रा खेलाडी हुन् तर आफ्नो देश अर्जेन्टिनाका लागि उनको प्रदर्शन ठीकठीकै हुने गरेको छ भने स्पेनी क्लब बार्सिलोनाका लागि उनी अब्बल प्रदर्शन गर्छन् ।
अन्य दक्षिण अमेरिकी सुपरस्टारहरू नेयमार, लुइस सुआरेज, एडिनसन कवानी लगायतमा पनि यही कुरा लागू हुन्छ । अनि युरोपेली लीगमा खेलेर एकखाले रणनीतिमा भिजेका यी खेलाडीले आफ्नो देशका लागि खेल्दा अर्कै रणनीति अपनाउनुपर्ने हुँदा पनि अपेक्षानुरूप प्रदर्शन गर्न नसकेका हुनुपर्छ । दक्षिण अमेरिकीहरूले आफ्नो परम्परागत कलात्मक खेलशैलीलाई त्यागेर युरोपेली प्राविधिक शैली अपनाएकाले पनि उनीहरू असफल भएका हुनुपर्छ । उदाहरणका लागि, ब्राजिलले सन् २००२ को विश्वकप जित्दा देखाएको नृत्यात्मक लयसहितको फूटबल त्यसपछि कहिल्यै देख्न पाइएको छैन ।
त्यसो त फूटबलमा पैसा मात्र सबै कुरा हैन, खेलप्रतिको रुचि पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो । युरोप र दक्षिण अमेरिकामा जस्तो फूटबल क्रेज अफ्रिकामा देखिएपनि त्यहाँका फूटबल संघहरूले खेलमा पर्याप्त लगानी गरेका देखिँदैनन् अनि तिनीहरू भ्रष्टाचारबाट पनि आक्रान्त छन् ।
कुन खेलका बारेमा सबभन्दा बढी सर्च हुन्छन् भनी केही समयअघि गूगलले सार्वजनिक गरेको एक तथ्यांकअनुसार ९० प्रतिशत अफ्रिकी, २० प्रतिशत उत्तर अमेरिकी र जम्मा १० प्रतिशत दक्षिण एसियालीहरूले फूटबलको सर्च गरेको देखियो । संसारको दोस्रो ठूलो जनसंख्या भएको भारत किन विश्वकप फूटबलमा कहिल्यै छानिँदैन भन्ने प्रश्नको उत्तर पनि शायद यही अरुचिले दिन्छ ।
त्यसो त फिफाले युरोपप्रति राखेको पूर्वाग्रहले पनि युरोपलाई लगातार विश्वविजेता बनाएको हो भन्न सकिन्छ । ऐतिहासिक र राजनीतिक कारणले गर्दा पनि विश्वकपमा युरोपले छनोटको धेरै मौका पाउँछ ।
विश्वकप फूटबल शुरू हुँदा अफ्रिका र एसिया युरोपको साम्राज्यवादी शासनमा भएकाले उनीहरूलाई कुनै महत्त्व नै दिइँदैनथ्यो । त्यही विभेदकारी रणनीतिलाई फिफाले कायम राख्दै युरोपका अधिकतम मुलुकलाई विश्वकपमा छनोट हुने अवसर दिन्छ भने अन्य महादेशलाई त्यत्ति नै मौका दिँदैन ।
त्यसैले पनि होला सन् २०२६ को विश्वकपदेखि फिफाले ३२ वटा मुलुकबाट संख्या बढाएर ४८ पुर्याउन लागेको छ । यसो भयो भने एसियाले अझ धेरै मुलुकको प्रतिनिधित्व गराउन पाउँछ र शायद संसारमा सबभन्दा धेरै जनसंख्या भएका मुलुक चीन र भारतले पनि मौका पाउन सक्छन् । त्यसो भएमा विश्वकपले सही अर्थमा विश्वको प्रतिनिधित्व गरेको ठहर्छ । नभए त अहिलेको स्थितिमा हेर्दा विश्वको ३० प्रतिशत जनसंख्याको प्रतिनिधित्व मात्र भएको छ विश्वकपमा ।
यो सबै टिप्पणीको आशय हो – फूटबलको ग्ल्यामर अब युरोपबाट अन्य महादेशहरूमा पनि फैलिनु जरूरी छ । त्यसो त चीनले सन् २०५० को विश्वकपमा आफ्नो उत्कृष्ट टोली पठाउने लक्ष्य लिएर अहिलेदेखि नै व्यापक तयारी गरिरहेको छ । अन्य मुलुक तथा महादेशले पनि यसतर्फ अघि बढ्नु जरूरी छ ।
काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् । अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...
विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...
काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् । राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...
सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ...
काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...