जेठ १६, २०८०
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
डा. रामवरण यादव नेपालका प्रथम राष्ट्रपति हुन् । जनताका प्रतिनिधिले संविधानसभाबाट बनाएको संविधान जारी गर्ने सौभाग्य उनैले पाए । उक्त संविधान अहिले कार्यान्वयनको चरणमा छ ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरूले राज्य सञ्चालन गरिरहेका छन् ।
संविधान कार्यान्वयनको चरणमा रहेका बेला पूर्व राष्ट्रपति यादव भने सामान्य जीवन बिताइरहेका छन् । बेलाबेलामा प्रमुख अतिथिका रूपमा केही कार्यक्रममा देखिन्छन्, बाँकी समय आराममै बितिरहेको छ ।
पूर्वराष्ट्रपति डा. यादव बुधबार तनहुँको व्यास नगरपालिकाको बहुउद्देश्यीय भवन उद्घाटन सममारोहमा भाग लिन दमौली आएका थिए ।
त्यसक्रममा एक दिन दमौलीमा रहेका डा. यादवसँग पत्रकार डम्बर अधिकारीले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
आरामै हुनुहुन्छ ?
भगवानको कृपा र सम्पूर्ण नेपाली जनताको शुभेच्छले गर्दा मेरो स्वास्थ्यमा अहिले त्यस्तो खासै समस्या छैन । क्यान्सरको उपचारपछि स्वास्थ्यमा क्रमशः सुधार आएको छ । तैपनि स्वास्थ्य अवस्था नबिग्रियोस् भनेर सजगता भने अपनाइरहेको छु ।
हिजोआज दैनिकी कसरी बित्दैछ ?
बिहान प्रायः साढे ४ बजे उठने गर्छु । नित्य कर्म सकेपछि बिहान ८ बजेसम्म योगादेखि विभिन्न व्यायम गर्ने गर्छु । जुन कार्य स्वस्थ्य रहनका लागि अपरिहार्य जस्तै भएको छ । यदि नियमित रूपमा व्यायम गरिन भने मेरो स्वास्थ्य समस्या आइहाल्छ ।
व्यायम सकेपछि चिया, कफीसँगै पत्रपत्रिका पढ्छु । अनि १२ बजेतिर बिहानको खानपिन गरेपछि केहीबेर आराम गरेर भेट्न आएका साथीभाइलाई समय दिन्छु । कतैबाट कुनै कार्यक्रमको निमन्त्रण आएमा ति कार्यक्रमहरू सहभागी हुने गर्दछु । यसका अलावा फुर्सद निकालेर विभिन्न पुस्तकहरू पढ्ने गर्दछु । साथै आफ्नो जीवनको आत्मवृतान्तका बारेमा समेत तयारी गरिरहेको छु ।
सामान्य परिवारको व्यक्ति देशको प्रथम राष्ट्रपति बन्छु भनेर कुनै सोच्नु भएको थियो ?
म सामान्य परिवारको व्यक्ति हुँ । राजनीतिमा लागेर देशको राष्ट्रपति, प्रधानमन्त्री बन्छु होला भनेर मैले सपनामा पनि सोचेको थिइन ।
खासगरी बीपी कोइरालाको संगतले गर्दा म बिस्तारै राजनीतिमा होमिन पुगेँ । शुरूमा बिस्तारै राजनीतिमा होमिएको भएपनि पछि पूर्ण रूपमा होमिन पुगे । यसरी होमिँदै गर्दा पार्टी तथा सरकारको जिम्मेवार निकायमा बसेर काम गर्ने अवसर पाएँ । त्यतिबेलासम्म पनि यो स्थानमा पुगौंला भन्ने मैले सोचेको थिइनँ । तर राजनीतिक घटनाक्रमसँगै मुलुकको प्रथम राष्ट्रपति बन्न पुगेँ ।
राष्ट्रपतिको जिम्मेवारी सम्हाले पनि यतिबेला भने म अन्य नेपाली नागरिकजस्तै सामान्य नागरिक हुँ ।
विश्व परिवेशमा हेर्ने हो भने राष्ट्रपति र प्रधानमन्त्री भइसकेका व्यक्तिहरू सामाजिक सेवादेखि आफ्नो पुरानै पेशामा फर्कने गरेको पाइन्छ । नेपालमा यो कार्यको थालनी तपाईंबाटै होस् भन्ने नेपाली जनताको अपेक्षा रहेको छ । यसमा तपाईंको के धारणा छ ?
राम्रो कुरा उठाउनुभयो । विश्वका अन्य मुलुकमा पूर्व राष्ट्रपति भइसकेका व्यक्तिहरू सामाजिक सेवादेखि आफ्नो पुरानो पेशामा फर्किएका थुप्रै उदाहरणहरू छन् । मेरो व्यक्तिगत जीवनमा भन्नुहुन्छ भने सामाजिक सेवादेखि पुरानै पेशामा फर्कने सोच मभित्र पनि छ । तर कुन माध्यमबाट अगाडि बढौं भन्नेमा अन्यौल भइरहेको छ ।
अमेरिकालगायत विश्वका अन्य मुलुकहरूमा हेर्ने हो भने पूर्व राष्ट्रपतिहरूलाई सामाजिक सेवामा लाग्न राज्यले नै बजेट उपलब्ध गराएको अवस्था छ । जसका कारण उनीहरू सहज रूपमा सामाजिक सेवामा समर्पित भइरहेको अवस्था छ । तर हामीकहाँ उक्त कार्यको थालनी हुन सकेको छैन ।
सामाजिक सेवा गर्ने भन्दैमा राष्ट्रपति भइसकेको व्यक्ति एनजीओ/आईएनजीओ खोलेर हिँड्न त्यति सुहाउला जस्तो लाग्दैन । तैपनि यो विषयमा सोच्दैछु । बुद्धिजीवि र सामाजिक क्षेत्रका व्यक्तिहरूसँग परामर्श गर्दैछु ।
पुरानो पेशामा फर्कने विषयमा भने शारीरिक अवस्था लगायत चिकित्सा विज्ञानमा भएका नयाँ प्रगतिका कारण केही समस्या देखेको छु ।
पुरानो पेशामा फर्किएर कुनै बिरामीको उपचार गरेँ भने उक्त बिरामीलाई नियमित परीक्षण गरिरहनु पर्छ । उमेर र स्वास्थ्य अवस्थाले गर्दा मेरा लागि कठिन बन्दै जान थालेको छ । त्यही कारणले गर्दा मैले पुरानो पेशामा फर्कने आँट नगरेको हो । यद्यपि मेडिकल कलेजलगायत अन्य क्षेत्रमा आफूसँग भएको ज्ञान बाँड्ने सोच भने बनाएको छु ।
तपाईंलगायत पूर्वविशिष्ट व्यक्तिहरूले राज्यको ढुकुटी रित्याए भन्ने आरोप छ नि, यसमा के भन्नुहुन्छ ?
राज्यको ढुकुटी अनावश्यकरूपमा खर्च गर्नु अत्यन्त दुर्भाग्य हो । राज्यको ढुकुटी खर्च गर्ने विषयमा खर्च गर्नुअगाडि राज्यको जिम्मेवार पदमा बसेका व्यक्तिहरूले सोच्नु जरुरी छ ।
मेरो हकमा भन्नुहुन्छ भने मैले राज्यको ढुकुटी रित्याउने हिसाबले खर्च गरेँ जस्तो लाग्दैन ।
विभिन्न सञ्चार माध्यमहरूमा मेरा विषयमा पनि कुरा नउठेका होइनन् । मैले उपचारका क्रममा राज्यबाट रकम लिएको हुँ । तर मुलुकलाई आर्थिक भार नपरोस् भनेर अस्पताललाई कन्भिन्स गरेर डिस्काउन्ट बापतको रकम राज्यलाई फिर्ता समेत गरेको छु ।
म त्यस्तो कुनै उच्च घरानिया परिवारको व्यक्ति होइन । सामान्य परिवारको व्यक्ति हुँ । मैले जीवनभर देश र जनताका लागि लडेँ । आफूसँग भएको केही व्यक्तिगत सम्पत्ति पहिले नै छोराछोरीलाई भाग लगाइदिसकेको छु ।
अहिले उमेर ढल्कदै जाँदा रोगले आक्रमण गर्न थालेको छ । त्यसको उपचार गर्नका लागि कि त राज्यसँग गुहार गर्नुपर्यो कि त छोराछोरीलाई दिएको सम्पत्ति फिर्ता माग्नुपर्यो ।
राष्ट्रपति हुँदादेखि नै हिमाल, पहाड र तराई जोड्नुपर्छ भन्दै आउनुभएको थियो ? तर तपाईंले भने जस्तो हिसाबले मुलुकमा संघीयता लागू गर्न सकिएन नि ?
नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको मुलुक हो । यो मुलुकमा जो जहाँ बसेपनि हिमाल, पहाड र तराई जोडिनु जरुरी छ । मुलुकलाई संघीयतामा लैजाँदै गर्दा दलका नेताहरूले गम्भीर भएर सोच्नु पर्दथ्यो । तर त्यसो हुने सकेन । अझै पनि केही बिग्रिएको छैन । भावनात्मक रूपमा हिमाल, पहाड र तराई जोड्नतर्फ ध्यान दिनुपर्दछ ।
तपाईं राष्ट्रपति हुँदा संविधान जारी भयो । संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ । यसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
यो मेरो जीवनको अत्यन्त सुखद् पक्ष हो । किनकि नेपाली जनताले ६ दशकभन्दा अगाडिदेखि उठाउँदै आएको संविधानसभामार्फत् संविधान बनाउनुपर्ने आवाज म राष्ट्रपति हुँदा पूरा हुन पुग्यो । यद्यपि संविधान जारी गर्ने विषय त्यति सहज थिएन । त्यसमा दलहरूले आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जसका कारण संविधान जारी हुन पुग्यो ।
संविधान जारी भएसँगै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सम्पन्न भइसकेको अवस्था छ । यद्यपि संविधान कार्यान्वयन पूर्ण रूपमा भइसकेको अवस्था भने छैन । तसर्थ संविधान पूर्ण कार्यान्वयन गर्ने विषयमा दलहरू सजग हुनुपर्दछ ।
सरकार र प्रतिपक्ष लोकतन्त्रका दुुई पाटा हुन् । यी दुईपाटा मध्ये एउटा धरासायी भएमा लोकतन्त्र नै धरापमा पर्ने निश्चित छ । तसर्थ लोकतन्त्रका यी दुईपाटा समेत जिम्मेवार हुनुपर्दछ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
नेपाली जनताको अथक प्रयासबाट मुलुकमा लोकतन्त्र आएको छ । यसलाई संस्थागत गर्नु हरेक राजनीतिक दल र नेपाली नागरिकको दायित्व हो ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...