फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
काठमाडौं – गत आर्थिक वर्षमा देशभरबाट झण्डै डेढ हजार बालबालिका हराएका छन् । बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्ममा कूल १ हजार ३ सय १३ जना बालबालिका हराएका हुन् ।
गत आवमा बालबालिका खोजतलास समन्वय केन्द्रमा २ हजार ३ सय ३० जना बालबालिका हराएको सूचना प्राप्त भएकोमा १ हजार १७ जना फेला परे पनि १ हजार ३ सय १३ जना बालबालिका अझैसम्म बेपत्ता छन् ।
यसबीचमा प्रदेश नम्बर ३ बाट सबैभन्दा धेरै बालबालिका हराएका छन् । प्रदेश नम्बर ३ मा एक वर्षको अवधिमा ७ सय २ जना बालबालिका हराए । हराउने बालबालिकामा उपत्यका बाहिरका ४ सय १९ जना छन् भने उपत्यकाभित्र मात्रै २ सय ८३ जना हराएका छन् । प्रदेश नम्बर ३ मा हराएका बालबालिकामध्ये ४ सय ३४ फेला परेका छन् भने २ सय ६८ जना अझै हराइरहेका छन् ।
प्रदेश नम्बर ५ मा ३ सय ४१ जना बालबालिका हराएकोमा १ सय ५ जना मात्र भेटिएका छन् । प्रदेश नम्बर ५ मा हराएकामध्ये १ सय ५ जना भेटिएका छन् भने २ सय ३६ जना अझै फेला परेका छैनन् ।
प्रदेश नम्बर २ मा २ सय ८७ बालबालिका हराएकोमा ९७ जना मात्रै फेला परेका छन् । प्रदेश २ मा १ सय ९० जना बालबालिका भेटिएका छैनन् ।
प्रदेश नम्बर ४ मा पनि एक वर्षको अवधिमा २ सय ७५ जना हराएका थिए । जसमध्ये १ सय २९ जना भेटिएका छन् भने १ सय ४६ जना अझै बेपत्ता छन् ।
प्रदेश नम्बर ७ मा एक वर्षको अवधिमा बालबालिका हराउने संख्या २ सय ७० रहेको छ । जसमा १ सय ६८ जना अझै हराइरहेका छन् भने १ सय २ जना मात्रै फेला परेका छन् ।
प्रदेश नम्बर १ मा २ सय ४५ जना बालबालिका हराएकोमा ७३ जना मात्रै फेला परेका छन् । बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकका अनुसार १ सय ७२ जना बालबालिकाको खोजी अझै जारी छ ।
प्रदेश नम्बर ६ मा २ सय १० जना हराएकोमा ७७ जना फेला परेका छन् भने १ सय ३३ जना अझै हराइरहेका छन् ।
यसैगरी आर्थिक वर्ष २०७४/७५ मा ४ सय ४२ जना बेवारिसे बालबालिका फेला परेका छन् । बेवारिसे अवस्थामा फेला परेका बालबालिका मध्ये २ सय ८६ बालक छन् भने १ सय ५६ जना बालिका छन् ।
बेवारिसे अवस्थामा भेटिएका बालबालिका सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन् । केन्द्रले ३ काठमाडौं उपत्यकामा मात्रै ३ सय ८ जना बेवारिसे बालबालिका फेला परेकोमा १ सय ८२ जनालाई पारिवारको जिम्मा लगाइएको छ ।
१ सय २१ जना बालबालिका बालगृहमा संरक्षणमा रहेका छन्, त्यसमध्ये ५ जना बालबालिका बालगृहबाटै भागेका छन् ।
देशभरबाट बेवारिसे अवस्थामा भेटिएका २ सय ७० जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने १ सय ६७ जना बालगृहमा छन् ।
हराउनेमा बालिका धेरै !
केन्द्रको तथ्यांकअनुसार हराउनेमा बालकभन्दा बालिकाको संख्या बढी छ । आर्थिक वर्ष २०७४/७५ मा हराउनेहरूमा १ हजार ४ सय ७ जना बालिका छन् भने ९ सय २३ जना बालक छन् ।
हराएका बालबालिकामध्ये ६ सय १० जना बालिका र ४ सय ७ जना बालक भेटिएका छन् भने ७ सय ९७ जना बालिका र ५ सय १६ बालक अझै हराइरहेका छन् ।
अघिल्लो आर्थिक वर्षमा पनि हराउनेहरूमा बालिका धेरै थिए । अघिल्लो वर्षमा १ हजार ७ सय २५ जना बालिका हराएका थिए ।
यसकारण हराउँछन् बालिका
हराउनेहरूमा बालकभन्दा बालिका धेरै रहेको बालबालिका खोजतलास केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए ।
बालकभन्दा बालिकाहरूमा सहनशीलता र अनुशासन बढी हुने भएकाले उच्च आर्थिकस्तर भएकाले बालिकालाई गुपचुप रूपमा घरेलु कामदार राख्ने गरेका छन् । बालबालिकाको ओसारपसार गरेर घरेलु कामदार तथा अन्य क्षेत्रमा लुकिछिपी श्रममा लगाउने गिरोहलाई समेत बालिकालाई फकाउन सहज हुने भएकाले हराउने बालिकाहरूको संख्या बढी रहेको अधिकृत अधिकारीले बताए ।
‘गत आर्थिक वर्षमा ६० प्रतिशत बालिका र ४० प्रतिशत बालक हराएको हाम्रो तथ्यांक छ । अघिल्लो वर्षको तथ्यांकमा पनि बालिकाहरू धेरै हराएका थिए,’ उनले भने, ‘गलत नियतले बालबालिकालाई ओसारपसार गर्ने व्यक्ति छ भने उसलाई बालकलाई भन्दा बलिकालाई फकाउन सहज हुने भएकाले बालिका फकाउन लाग्छन् । त्यसैले पनि हराउनेमा बालिका बढी छन् ।’
हराएका बालिका होटल रेस्टुरेन्टमा श्रम गर्दै हुनसक्ने !
अधिकृत अधिकारीले हराइरहेका भनिएका बालबालिका मसाज सेन्टर, होटल, रेस्टुरेन्ट, दोहोरी साँझ लगायतका क्षेत्रमा रहेको हुनसक्ने बताए ।
‘१५ देखि १८ वर्षभित्रका बालिका पनि धेरै हराइरहेका छन् । हराइरहेका भनिएका बालिका दोहोरी साँझ, मसाज सेन्टर, होटलहरूमा प्रयोग भइरहेका छन् कि भन्ने हाम्रो आंकलन छ,’ उनले भने, ‘तर हामीलाई त्यहाँ गएर तत्काल उद्धार गर्ने अधिकार छैन । तर धेरै बालिकाहरू त्यस्ता ठाउँमा काम गरिरहेका हुन सक्छन् ।’
घरपरिवारमा उपयुक्त वातावरण नपाउँदा घरबाट निस्किएका बालबालिकाहरू लुकिछिपी श्रम गरिरहेको हुनसक्ने उनले बताए । बालबालिका खोजतसाल समन्वय केन्द्रले घरायसी द्वन्द्व, अपहरण, बाल श्रम गर्दै गरेका, बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार गर्ने गर्छ ।
यसरी विभिन्न ठाउँबाट उद्धार गरिएका बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउने गर्छ । पारिवारिक समस्याका कारण घर छोडेर हिँडेका बालबालिकाले आफ्नो सही ठेगाना नबताउँदा उनीहरूलाई परिवारसँग पुनर्मिलन गराउन समस्या हुने गरेको अधिकृत अधिकारीले बताए ।
परिवारको ठेगाना पत्ता नलागेको अवस्थामा उनीहरूलाई बालबालिकासँग सम्बन्धित संघसंस्थासँग समन्वय गरेर संरक्षण गृहमा राख्ने गरिएको छ ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...