कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कात्तिक ९, २०७५
काठमाडौं – शरीरमा अनियन्त्रित रूपमा वृद्धि भएका कोशिकाहरू समयमै नियन्त्रण नगर्दा क्यान्सर हुने गर्छ । क्यान्सर शरीरको कुनै पनि भागमा हुन सक्छ ।
पछिल्लो समयमा स्तन क्यान्सरका बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन् । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिका अनुसार स्तनमा हुने कोशिका अनियन्त्रित रूपमा वृद्धि हुनुलाई स्तन क्यान्सर भनिन्छ ।
अन्य क्यान्सर जस्तै स्तन क्यान्सरको पनि समयमा उपचार नगराएमा शरीरको अन्य भागमा समेत फैलिन गई मानिसको मृत्यु नै हुनसक्ने डा. प्रजापतिले बताए । स्तन क्यान्सर महिला पुरुष दुवैलाई हुने डा. प्रजापति बताउँछन् ।
‘स्तन क्यान्सर भन्नेबित्तिकै महिलालाई मात्रै हुन्छ भन्ने बुझाइ छ, तर त्यो होइन, महिला मात्र होइन पुरुषलाई पनि स्तन क्यान्सर हुन्छ,’ डा. प्रजापतिले लोकान्तरसँग भने, ‘तर विश्वमा नै पुरुषमा भन्दा महिलामा स्तन क्यान्सरको समस्या बढी छ ।’
पहिलापहिला महिलामा हुने क्यान्सरमा पहिलो स्थानमा पाठेघरको क्यान्सर थियो तर पछिल्लो समय पाठेघरभन्दा स्तन क्यान्सरका बिरामी बढी देखिएको डा. प्रजापतिले बताए ।
अविवाहितमा स्तन क्यान्सरको जोखिम उच्च
स्तन क्यान्सर हर्मोनसँग सम्बन्धित हुन्छ । पहिला–पहिला किशोरीहरूको १८ देखि २० वर्षको उमेरभित्रमा विवाह भइसकेको हुन्थ्यो । छिटो विवाह हुँदा पहिलो सन्तान जन्माउने र स्तनपान गराउने समयमा ढिलाई भएको हुँदैन थियो । स्तनपान गराउँदा हर्मोन सन्तुलन हुन्थ्यो र महिलामा स्तन क्यान्सरको जोखिम कम रहन्थ्यो ।
पछिल्लो समय सामाजिक चेतना र आधुनिक जीवन शैलीका कारण महिलाहरूको जीवन जिउने तरिका बदलिन थालेको छ । कतिपय महिला विवाह नगरी वा सन्तान नजन्माई आफ्नो जीवन बिताउन चाहन्छन् ।
आधुनिक जीवनशैलीका कारण महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढ्दै गएको डा. प्रजापतिले बताए ।
भक्तपुर क्यान्सर अस्पतालमा ३५ वर्ष कटेका अविवाहित महिलाहरू स्तन क्यान्सरको उपचारमा आउने क्रम बढ्न थालेको डा. प्रजापति बताउँछन् ।
‘हामीसँग विवाहित र अविवाहित महिलाको छुट्टै तथ्यांक त छैन, तर पछिल्लो समय अविवाहित महिलाहरू स्तन क्यान्सर भएर आउनुभएका केस धेरै छन् ।’
स्तन क्यान्सर उमेर जति बढ्दै गयो उति नै क्यान्सरको सम्भावनमा बढी रहन्छ । ३५ वर्ष उमेर कटिसकेका र स्तनपान नगराएका महिलाहरूमा स्तन क्यान्सरको जोखिम उच्च रहने डा. प्रजापति बताउँछन् ।
‘३५ वर्ष उमेर कटिसक्दा पनि सन्तान जन्माएको छैन र स्तनपान गराएको छैन भने ती महिलामा स्तन क्यान्सरको जोखिम उच्च हुन्छ,’ डा. प्रजापति भन्छन्, ‘त्यसैले महिलाले ३० वा ३५ वर्षअघि बच्चा जन्माएर स्तनपान गराइसकेको हुनुपर्छ, समयमा स्तनापान गराउने महिलामा स्तन क्यान्सरको जोखिम कम हुन्छ ।’
डा. प्रजापतिका अनुसार यस्ता महिलामा हुन्छ स्तन क्यान्सरको खतरा
परिवारका कुनै सदस्यलाई स्तन क्यान्सर भएको छ भने त्यस्ता परिवारका अन्य सदस्यमा पनि भविष्यमा स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।
पहिला सन्तान ३५ वर्षभन्दा बढी उमेर पुगेपछि जन्माउने महिला
ढिलो महिनावारी शुरू भई चाँडै महिनावारी सुकेका महिला
स्तनपान नगराउने महिला
विवाह भएपनि सन्तान नजन्माएका महिला
१० वर्षभन्दा बढी परिवार नियोजनको चक्की तथा विभिन्न हर्मोनको उपयोग गर्ने महिला
अनावश्यक एक्सरे गर्नेहरू
मदिरा तथा चुरोट सेवन गर्ने बोसो भएको खाद्य पदार्थ खाने महिला
स्तन क्यान्सरका लक्षण यस्ता हुन्छन्
स्तनको कुनै पनि भनगमा दुेख्ने वा नदुख्ने गिर्खा आउनु ।
दुवै स्तनको आकार फरक देखिनु ।
स्तन सुन्निएर कडा भई दुख्नु ।
स्तनको मुन्टाबाट रगत तथा अन्य पदार्थ निस्कनु ।
काखीमा स–साना गिर्खा आउनु ।
स्तनको छालामा रंगमा परिवर्तन आउनु ।
स्तन क्यान्सरको समयमा उपचार गरिएन भने स्तन क्यान्सरले महिलाको ज्यान समेत जान्छ । तर स्तन क्यान्सरको समयमै पहिचान गरी रोग रोकथाम र उपचार गर्न सकिने डा. प्रजापति बताउँछन् ।
‘स्तन क्यान्सरबाट बच्नका लागि नियमित शारीरिक व्यायाम, स्वस्थकर खानपान, समय सयममा चेकपअ गर्नुपर्छ,’ डा. प्रजापति भन्छन्, ‘स्तन क्यान्सरबाट बच्नका लागि समयमा पहिलो सन्तान जन्माएर स्तनपान गराउन जरुरी छ ।’
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...