×

NMB BANK
NIC ASIA

राजनीमाको दबाब परेपछि प्रधानमन्त्री मेलाई दुई मन्त्रीको समर्थन

चैत ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बेलायतकी प्रधानमन्त्री टेरिजा मेको ठाउँमा कामचलाउ प्रम ल्याइने चर्चा चलेका दुई मन्त्रीले उनलाई पूर्ण समर्थन जनाएको बताएका छन् । 

Muktinath Bank

वातावरणमन्त्री माइकल गोभले पत्रकारहरूलाई बताए, ‘अहिले जहाजको कप्तान बदल्ने बेला हैन’ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि उपप्रधानमन्त्री डेभिड लिडिङटनले आफू मेको शतप्रतिशत समर्थनमा रहेको बताए । 


Advertisment
Nabil box
Kumari

उता ब्रेक्जिट मन्त्रीले सरकारको भन्दा फरक ब्रेक्जिट विकल्पमा सांसदहरूले यसै हप्ता मतदान गरेमा आमनिर्वाचनको सम्भावना रहेको बताए । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौताका सम्भाव्य विकल्पमाथि कथित संकेतात्मक मतको शृंखला चलाउनका लागि सांसदहरूले अवसर पाउने अपेक्षा छ । 

ब्रेक्जिट मन्त्रीले टोरी (सत्तारूढ कन्जर्भेटिभ) दलका सांसद र मन्त्रीहरूसँग चेकर्स अर्थात् प्रधानमन्त्री निवासमा आइतवार भेटघाट गरेका थिए । 

ब्रेक्जिट पक्षधर प्रमुख नेताहरू गोभ, बोरिस जोनसन र जेकब रीस–मोग पनि उक्त भेटघाटमा सहभागी थिए । 

उनीहरूले विभिन्न विषयका अलावा प्रधानमन्त्रीको सम्झौतामाथि संसदमा मतदानका लागि पर्याप्त समर्थन रहे नरहेको विषयमा पनि कुरा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताए । 

पत्रिकाहरूले चाहिँ मन्त्रीहरूले प्रधानमन्त्रीविरुद्ध कू गर्न लागेको र उनलाई हटाएर यसै वर्षको अन्त्यसम्म नेतृत्वको निर्वाचन हुनुअघि एक कामचलाउ नेता ल्याउन खोजेको दाबी गरेका छन् । 

टोरीका सांसदहरूले मे युरोपेली संघसँगको अर्को चरणको वार्ताका बेलामा सक्रिय नहुने शर्तमा मन नलागिकन भए पनि उनको ब्रेक्जिट सम्झौतालाई समर्थन गर्न तयार भएको संकेत पाइएको छ । तर उनको साटो कसलाई प्रधानमन्त्री बनाउन चाहेको हो त्यो प्रस्ट हुन सकेको छैन । 

द सन्डे टाइम्सले लिडिङटनलाई प्रधानमन्त्री बनाउन लागिएको लेखेको छ भने द डेली मेलको मेल अन सन्डेले ब्रेक्जिट पक्षधर वातावरणमन्त्री गोभको नाममा सर्वसम्मति जुटेको लेखेको छ । 

प्रधानमन्त्री मेलाई धारा ५० लम्ब्याउनका लागि युरोपेली संघसँग अनुरोध गर्न बाध्य बनाइएपछि उनको राजीनामा आउनुपर्ने भन्दै दबाब बढेको छ । ब्रेक्जिटमा भइरहेको ढिलाइको दोष उनले सांसदहरूमाथि लगाएकी छन् ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x