×

NMB BANK
NIC ASIA

स्पेनस्थित आफ्नो दूतावासमा मारिएको छापा आतंकवादी आक्रमण भएको उत्तर कोरियाको आरोप

चैत १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – स्पेनको राजधानी मड्रिडमा रहेको आफ्नो दूतावासमा गत महिना छापा मारिएको घटनालाई उत्तर कोरियाले गम्भीर आतंकवादी आक्रमणका रूपमा वर्णन गरेको छ । 

Muktinath Bank

पहिलोपटक आधिकारिक टिप्पणी दिँदै प्योङयाङले यसमा अनुसन्धानको आह्वान गरेको छ र यस घटनामा अमेरिकाको एफबीआईको भूमिका रहेको भन्ने हल्लालाई नजिकबाट हेरिरहेको बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तर कोरियाका शासक किम जोङ–उनलाई सत्ताच्युत गर्नका लागि प्रतिबद्ध एक समूह चियोल्लिमा सिभिल डिफेन्सले उक्त घटना आफूहरूले गराएको दाबी बुधवार गरेको छ । 


Advertisment
Nabil box
Kumari

उक्त समूहले दूतावासबाट कम्प्युटर र डेटाहरू लिएर गएको र एफबीआईलाई प्रमाणका रूपमा दिएको बताएको छ । 

Vianet communication
Laxmi Bank

प्रमुख आरोपितहरूका विरुद्ध कम्तीमा दुईवटा अन्तर्राष्ट्रिय पक्राउपूर्जी जारी गरिएको छ । 

स्पेनी अधिकारीहरूका अनुसार, उक्त समूहका एक व्यक्ति एड्रियन होङ चाङले वाणिज्यदूतलाई भेट्न चाहेको भनी दूतावासमा प्रवेश गरेका थिए र उनले पहिले पनि व्यापारिक कुराकानीका लागि वाणिज्यदूतलाई भेटेको बताएका थिए । उनी भित्र पसेपछि उनका मतियारहरू छिरेका थिए । 

यो समूहले वाणिज्यदूतलाई केरकार गरेको र उनलाई भगौडा बन्नका लागि विश्वस्त तुल्याउन खोजेको आरोप छ । उनले त्यसो गर्न नमानेपछि उनीहरूले उनलाई बाँधेर भुइँतल्लामुनि राखेका थिए । 

भित्र पस्ने अन्य दुई सदस्य अमेरिकी नागरिक साम –यु र दक्षिण कोरियाली वू रान ली हुन् । 

दूतावासका कर्मचारीलाई कैयौं घन्टासम्म बन्धक बनाइएको थियो । एक महिला भाग्न सफल भएकी थिइन् । उनले झ्यालबाट भागेर गुहार लगाएकी थिइन् । चिन्तित छिमेकीहरूले तत्कालै प्रहरी बोलाएका थिए । 

प्रहरी अधिकारीहरू घटनास्थलमा आइपुग्दा उनीहरूलाई एड्रियन होङ चाङले स्वागत गरेका थिए । उनले किम जोङ–उनको अनुहार भएको ब्याज भएको ज्याकेट लगाएर आफूलाई कूटनीतिज्ञका रूपमा प्रस्तुत गरेका थिए । 
प्रहरीलाई उनले सबै कुरा ठीक रहेको बताएका थिए । 

समूहका अधिकांश सदस्य उत्तर कोरियाका कूटनीतिक नियोगका गाडी चढेर दूतावासबाट भागेका थिए । होङ चाङ तथा अन्य चाहिँ अलि पछि अर्को गाडी चढेर पछिल्तिरबाट भागेका थिए । 

उनीहरू चार समूहमा विभाजित भएर पोर्चुगलतिर लागेका थिए । अमेरिकामा बस्ने मेक्सिकोका नागरिक होङ चाङले पाँच दिनपछि एफबीआईलाई घटनाक्रमको बेलीविस्तार लगाएको बताइएको छ ।

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x