×

NMB BANK
NIC ASIA

सरकारी वेबसाइटमा क्रिश्चियन धर्म प्रचार, प्रभू यशुको 'अद्भुत' विज्ञापन !

बैशाख २, २०७६

NTC
Premier Steels

काठमाडौं – राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइट www.seismonepal.gov.np खोल्नुभयो भने मास्टहेड भन्दा ठ्याक्कै मुनि एउटा विज्ञापन देख्न सक्नुहुन्छ ।

Muktinath Bank

भूकम्पसम्बन्धी सूचना दिने उक्त सरकारी वेबसाइटमा तीन ठाउँमा गूगलले दिएको विज्ञापनका लागि स्पेस छुट्याइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी निकायलाई सरकारले नै बजेट उपलब्ध गराउँछ । गूगलको विज्ञापन वेबसाइटमा राखेर पैसा कमाइराख्नुपर्ने अवस्था हुँदैन ।


Advertisment
Nabil box
Kumari

सोमवार बिहान १० बजेपछि सिस्मो नेपालको बेवसाइट खोल्दा क्रिश्चियन धर्म प्रचार गर्ने खालका विज्ञापनहरू देखिए  । तीनवटै स्पेसमा सोही प्रयोजनका विज्ञापन थिए ।

Vianet communication

‘ईश्वरीय सहायता चाहते हैं ?’, ‘यीशु के बारे में अद्भुत तथ्य’, ‘परमेश्वर के निकट आएँ’ लगायतका विज्ञापन सिस्मो नेपालको बेवसाइटमा देखिए ।

गूगल एडका लागि स्पेस दिएपछि उसले यो क्षेत्रमा लक्षित विज्ञापनहरू विना राेकटोक देखाउने गर्छ ।

सरकारी वेबसाइटमा गूगलको विज्ञापन राख्नुको कारण जान्न हामीले भूकम्प मापन केन्द्रमा सम्पर्क गर्‍यौं । लोकान्तरको सम्पर्कमा आएका सेस्मोलोजिस्ट चिन्तन तिमिल्सिनाले यसलाई प्राविधिक त्रूटिका रूपमा औंल्याए ।

‘तपाईंले बेवसाइटमा गूगल म्याप देख्न सक्नुहुन्छ, त्यसमा केही दिनअघि कालो स्क्रिन मात्र देखिने समस्या आयो । हामीले डेभलपरसँग कुरा गर्‍यौं । पैसा तिरेर राख्नुपर्नेमा उसले फ्रिको राखिदिएछ, त्यसो गर्दा गूगलको विज्ञापन आउने रहेछ,’ तिमिल्सिनाले भने, ‘हामीले कुरा गरिसकेका छौं, एकदुई दिनमा यो समस्या समाधान हुन्छ ।’

यसलाई प्राविधिक कमजोरी भन्दै उनले छिट्टै समाधान हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x