मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पोखरा- पत्रकार अर्जुन गिरी पोखराबाट पक्राउ परेका छन् ।
ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य गिरीलाई साइबर क्राइमको उजुरीका आधारमा कास्की प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाएको छ ।
गिरी सम्पादक रहेको ताण्डब न्यूजले केहीदिनअघि व्यवसायी विपेन्द्रराज बतास 'विपिन वतास'ले ठगी गरेको समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साइबर क्राइम अन्तर्गत उजुरी दिएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंमा बतासले दिएको जाहेरीका आधारमा मुद्धादर्ता भएर अदालती प्रक्रियाबाट पक्राउ पूर्जी जारी भएपछि ब्यूरोको आग्रहमा जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता एवं डीएसपी रविन्द्र गुरुङले बताए । ‘केन्द्रीय ब्यूरो काठमाडौंले पक्राउ गरी दाखिता गर्नु हुन भनी पत्र लेखेको आधारमा पक्राउ गरिएको हो,’ उनले लोकान्तरसँग भने, ‘पक्राउ परेका पत्रकार गिरीलाई सोमवार नै काठमाडौं पठाइसकिएको छ ।’
विपेन्द्रराजले विभिन्न व्यक्तिसँग जग्गा कारोबार गर्ने क्रममा करोडौं रुपैयाँ ठगी गरेको बेलिबिस्तारसहितको समाचार गिरी सम्पादक रहेको ताण्डव न्यूज साप्ताहिक र अनलाइनमा प्रकाशन भएको थियो ।
पक्राउ परेपछि गिरीले समाचार लेख्दा साइबर क्राइम नहुने भन्दै आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।
उनले भनेका छन्, ‘पत्रकारिता साइबर क्राइम होइन । जालझेल, ठगी अपराध गर्नेहरूले पत्रकारितालाई अपराध देख्नु अनौठो भएन । अपराधीको आँखामा पत्रकारिता पनि अपराध लाग्नु किन अनौठो हुन्थ्यो र ? तर जालझेल, ठगी र अपराधको पर्दाफास गर्नु पत्रकारिता हो । त्यस्तो पत्रकारिता म सधैं गरिरहन्छु चाहे तिमी मेरा विरूद्ध जुनसुकै जालझेल गर वा पैसा र पहुँचको आडमा अनेक तिकडम गर वा अनेक शीर्षकका उजुरी गर । ठगीविरूद्ध मेरो कलम डगमगाउँदैन । मेरो पत्रकारिता बिचलित हुँदैन ।’
उनलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ । समाचारमा चित्त नबुझे नियमनकारी निकाय हुँदाहुँदै साइबर क्राइमको उजुरी दर्ता गर्ने र पक्रिने काम गलत भएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । महासंघले तत्काल उनको रिहाइको माग गरेको छ ।
त्यस्तै गिरीको पक्राउप्रति अन्य पत्रकार सम्बद्ध संघसंस्था र समूहले पनि आपत्ति जनाएका छन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...