बैशाख २४, २०८०
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
जनप्रतिनिधिको सर्वोच्च निकाय संसदका केही मूल्य, मान्यता र परम्परा हुन्छन् । संसदीय व्यवस्थाको जननी बेलायतमा अहिले पनि संसदको बैठक शुरू गर्ने बेला बत्ती बाल्ने चलन छ ।
नेपालमा पनि सभामुख संसदको बैठकमा प्रवेश गर्नुभन्दा पहिला मर्यादापालक आएर ‘माननीय सदस्यहरू, सम्माननीय सभामुख’ भन्छन् ।
अहिले २१ औं शताव्दीको युगमा त्यसो नगरेपनि हुन्थ्यो होला, टेलिभिजनका मोनिटरमा सभामुख आएको प्रत्यक्ष देखिन्छ तर पनि यो परम्परा रोकिएको छैन, यो चलिआएको परम्परा हो । संसदमा चलिआएका केही परम्परा र मूल्य मान्यता छन्, सभ्य र शिष्ट भाषा संसदीय मर्यादाभित्र पर्छन् ।
तर पछिल्ला दिनमा हाम्रो संसद रत्यौली खेल्ने मैदानमा रुपान्तरित भएको भान हुँदैछ सांसदका भाषा शैलीले । आइतवार प्रतिनिधि सभाको बैठकमा भएका क्रियाकलाप र प्रयोग गरिएका भाषा र शैली त्यस्तै थिए जुन ‘माननीय’का लागि शोभनीय पटक्कै थिएनन् ।
सरकारको काम कारवाहीको आलोचना गर्ने नाममा प्रतिपक्षी नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री ओलीलाई झूटप्रसाद ओलीको उपमा दिए । ‘सरकार गठनदेखि आजसम्म जनताले प्रशंसा गर्न लायक काम गर्न सकेको छैन, यो सरकार काण्डै–काण्डको दलदलमा फसेको छ । शुरूमा सिन्डिकेट अन्त्य गर्ने मुद्दामा वाहीवाही पाएको सरकारले पछि सिन्डिकेटको प्रोत्साहन गरेर आफूलाई झूट सावित गरेको छ । जथाभावी कर निर्धारण गर्न लगाएर करप्रसाद उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारवाही हेर्दा उहाँले सधैं झूटको आश्वासन दिने, झूटको खेती गर्दा उहाँको उपनाम झूटप्रसाद ओलीभन्दा केही फरक पर्ने वाला छैन,’ सांसद चौधरीले संसदमा बोलेका वाक्य हुन् यी । विवाद यहीबाट शुरू भयो ।
नेपाली कांग्रेसका सांसदको आरोपको प्रत्यूत्तरमा नेकपा सांसद झपट रावलले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई छेरबहादुर देउवा भन्यो भने के हुन्छ ? भनेर प्रश्न गरे । सांसदले बोल्ने भाषा सभ्य र सुसंस्कृत हुनुपर्छ भन्दै भूमिका बाँधेर बोल्न शुरू गरेका सांसद रावलले आफैंले पनि त्यस्तै भाषा बोले । अरुलाई मर्यादाको पाठ सिकाउने क्रममा सांसद रावल आफैंले पनि अमर्यादित भाषा बोले ।
‘सम्माननीय’को विशेषण जोडेर प्रधानमन्त्रीलाई झूटप्रसाद भनिनु जति आपत्तिपूर्ण छ, शेरबहादुर देउवालाई छेरबहादुर भन्नु पनि कम छैन ।
नेकपा सांसद रावलले रुलिङ गर्न माग गरेपछि विषय गम्भीर भएको भन्दै सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताए तर के गर्ने भन्ने चाहिँ पछि निर्णय गर्ने बताए । सांसदले अमर्यादित र असंसदीय शव्द बोलेको यही एउटा घटना मात्र होइन । प्रत्येक दिनजस्तो सांसदले अमर्यादित भाषा बोल्ने गरेका छन् । स्वयं प्रधानमन्त्री ओलीले संसदमा असंसदीय शव्द बोलेको भनेर हटाउन सभामुख महराले रुलिङ गरेका थिए ।
एकातर्फ भाषा र संस्कृति अतिक्रमणको चेपुवामा परेको चिन्ता व्यक्त गरिँदैछ भने अर्कोतर्फ नीति निर्माण गर्ने ठाउँमा बोल्ने गरिएका भाषाशैली नै आपत्तिपूर्ण बन्दै गइरहेका छन् । असार ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले मिडियाले नेपाली भाषा बिगारेकोमा गम्भीर चिन्ता व्यक्त गरेका थिए ।
‘हामीले हाम्रो मूल्य मान्यता सभ्यता बिर्संदै गएका छौं । हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन, तपाईं भन्ने नेपाली भाषाको शव्द हराइसक्यो,’ ओलीले भनेका थिए ।
प्रधानमन्त्रीका अभिव्यक्ति पूरै गलत पनि थिएनन् तर आइतवार संसदमा प्रयोग भएका भाषाशैली सुन्दा ओलीले मिडियामाथि लगाएका आरोप फिका सावित भएका छन् । जनप्रतिनिधिमूलक संस्था संसदलाई यति हल्का बनाइयो, मदिरा सेवन गरेर झगडा गर्ने जँड्याको भाषाजस्तो बनाएर ।
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...