जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ तर पछिल्ला वर्षमा असार १५ खेतमा गएर फोटो खिच्ने, हिलोमा उपद्रो मच्चाउने, धानको बिउ मासेर रमाइलो गर्ने मेलाको रुपमा परिणत हुँदै आएको छन् ।
धान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रम विवादमुक्त बनेका छैनन् । कहिले मन्त्रीले महिला किसानलाई दुर्व्यवहार गर्ने त कहिले मन्त्रीले गमलामा धान रोप्ने खालका भद्दा क्रियाकलाप रोकिएका छैनन् ।
यसपटक पनि त्यस्तै केही भद्दा र उच्छृंखल हर्कत देखिए । धान रोप्ने खेतलाई ‘ग्ल्यामर’ अवतार देखाउने मञ्च बनाइयो ।
आइतवार गोरखाको पालुङटारमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले खेतमा पसेर हलीकै स्वरुपमा रोपाइमा सहभागी भए, केही सांसदले भोजभतेरमा लगाइने ‘पार्टी सुज’मा पञ्जा लगाएर धान रोपेको नाटक गरे । केहीले शरीरमा धानको बिउ रोपे, कसैले धानको माला लगाए त कसैले हिजोमा जम्पिङ खेले ।
जतिबेला बाँके–बर्दियाका किसान पानी पर्ने आशमा आकाश हेर्दै मलखादका लागि सरकरको मुख ताक्दै थिए, त्यतिबेला सामाजिक सञ्जालमा तस्वीर राख्नका लागि हिलो छोएको नाटक हुँदै थियो । टेलिभिजनको पर्दामा यी भद्दा क्रियाकलाप देख्दा सिँचाइ अभावमा धान रोप्न नपाएका किसानको मन कति कुडिएको होला ? के यस्ता क्रियाकलापले कृषि पेशामा लाग्न युवालाई प्रेरित गर्छ ? यही बाटोबाट नेपाल कृषिमा आत्मनिर्भर हुन्छ ?
सरकार आर्थिक समृद्धि र सुशासनको कुरा गरेर थाक्दैन तर मध्य असारसम्म किसानले रासायनिक मल पाएका छैनन् । पञ्चायतदेखि गणतन्त्रसम्मका सरकारले समयमा किसानलाई धान रोप्ने समयमा मल उपलव्ध नगराएर उनीहरूमाथि चरम अन्याय र बेइमानी गरेका छन् । असार १५ साइतमा मन्त्री र सांसदले गरेका भद्दा क्रियाकलापले गाउँका किसानलाई खेती कर्ममा लाग्न प्रेरित गर्ने छैन । जबसम्म किसानले समयमा बिउ र मल, लगानी अनुसार उत्पादनको समर्थन मूल्य पाउँदैनन्, तबसम्म कृषि पेशामा युवाको आकर्षण बढ्ने छैन ।
वर्षको १ दिन हिलोमा रत्यौली खेल्दैमा छिनभरमा किसानका समस्या समाधान हुने पनि छैनन् । मञ्चमा बसेर बिउको माला रोप्नेभन्दा बाबुरामले कमसेकम हिलोमा पसेर किसानको मनोबल उकास्ने काम गरेका छन् । उनी धन्यवादका पात्र छन् । यद्यपी युवालाई कृषिमा आकर्षण गर्न यति पर्याप्त छैन । नीति निर्माता हिलोमै पस्नु पर्दैन, किसानको हित अनुकूल नीति बनाइदिएपनि पर्याप्त हुन्छ ।
३ दशकअघिसम्म नेपालको धान कोरिया निर्यात हुन्थ्यो । अहिले नेपालले बाहिरबाट चामल आयात गरिरहेको छ । धान मात्र होइन, अधिकाशं खाद्य सामग्री विदेशबाट आयात गर्ने आदत बसिसकेको छ । धान, गहुँ, मकै, कोदो, फापर, तराकारी र फलफूलजस्ता आधारभूत वस्तुमै हामी आत्मनिर्भर बन्न सकेका छैनौं ।
कृषिजन्य आधारभूत वस्तुमा आत्मनिर्भर नबनी आर्थिक समृद्धिको सपना पूरा हुने छैन । त्यसका लागि किसानमैत्री नीति बनाऔं, मल र बिउमा सहुलियत बढाऔं र सबभन्दा महत्त्वपूर्ण कुरा नेपाली किसानले उत्पादन गर्ने वस्तुको बजार सुनिश्चित गरौं । ३ सय ६४ दिन कृषि पेशाप्रति ओठ खुम्चाउनेले धान दिवसको नाममा किसानको मानमर्दन हुने क्रियाकलाप बन्द गरौं ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...