×

NMB BANK
NIC ASIA

सरकार राजस्व संकलनमा ‘फेल’ हुने खतरा, १ हप्तामै उठ्ला पौने २ खर्ब ?

असार २३, २०७६

NTC
Premier Steels

काठमाडौं – बजेटको मुख्य स्रोतको रूपमा रहेको राजस्व संकलनमा लक्ष्य भेट्टाउन सरकारलाई चुनौती रहेको देखिएको छ ।

Muktinath Bank

चालू आर्थिक वर्षमा कुल बजेटको ६३ प्रतिशत रकम राजस्व संकलनबाट जोहो गर्ने सरकारी लक्ष्य रहेको थियो तर आर्थिक वर्ष सकिनैलाग्दा समेत लक्ष्यभन्दा न्यून राजस्व संकलन हुने देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षमा सरकारले ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गर्ने संशोधित लक्ष्य राखेको थियो तर आइतवारसम्म सरकारले ६ खर्ब ६१ अर्ब ४० करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

संकलन गरिएको राजश्व सरकारले राखेको संशोधित लक्ष्यको ७९ दशलमव ५६ प्रतिशत हो । तथ्यांकमा करीब ८० प्रतिशत राजस्व संकलन गरेको देखिएपनि अझै २० प्रतिशत राजस्व संकलन गर्न सरकारलाई चुनौती देखिएको छ । आर्थिक वर्ष समाप्त हुन करीब १ हप्ता मात्रै बाँकी हुँदा अझै १ खर्ब ६९ अर्ब ९१ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गर्ने दबाब सरकारमाथि छ ।

Vianet communication

आइतवारसम्मको तथ्यांक अनुसार करमार्फत सरकारले ५ खर्ब ८८ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ र गैरकरमार्फत ७२ अर्ब ६७ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरिएको छ ।

सरकारले संशोधित लक्ष्य अनुसार राजस्व संकलन गर्ने गरी राजस्व संकलनका लागि कर्मचारी खटाइएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपनि लक्ष्यको नजिक पुग्न सक्ने बताए । ‘बढी नाफा कमाउने संस्थालाई चालू आर्थिक वर्षमै कर तिर्न लगाउनुपर्छ,’ उनले भने, ‘जस्तै टेलिकम्युनिकेसन र बीमा कम्पनीहरूले आव सकिएपछि राजस्व तिर्ने गरेकोमा उनीहरूलाई चालू आर्थिक वर्षमा नै तिर्न लगाउनुपर्छ । यसो गर्दा लक्ष्यको नजिक चाहिँ पुग्न सकिन्छ ।’

राजस्वबाहेक सरकारले चालू आर्थिक वर्षको बजेटका स्रोतहरू विदेशी अनुदान, वैदेशिक ऋण पनि रहेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x