×

NMB BANK
NIC ASIA

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

भदौ २, २०७६

NTC
Premier Steels

भोजपुर– बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता नहुने भएको छ ।  जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे स्वास्थ्य चौकीमा आज बर्थिङ सेन्टरको उद्घाटन भएसँगै यस्तो नियम शुरु गरिएको वडाध्यक्ष गणेशकुमार राईले जानकारी दिनुभयो । 

Muktinath Bank

    प्रसूति गराउन स्वास्थ्य संस्थामा अनिवार्य रुपमा जान बाध्य बनाउने उद्देश्यले यस्तो नियम लागू गराइएको अध्यक्ष राईको भनाइ छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले घरमै प्रसूति हुनुपर्ने र प्रसूतिका लागि छिमेकी वडा कोट र गोगने धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । आफ्नै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुशी भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    बर्थिङ सेन्टरको स्थापनाले घरमा प्रसूति गराउँदा आमा र शिशुको  ज्यान जाने जोखिम पनि कम हुने स्वास्थ्य चौकीले जनाएको छ । उक्त सेन्टर वान हट वल्र्ड वाइड नामक संस्था र वडा कार्यालयको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको हो । सेन्टर सञ्चालनका लागि वनहर्टले रु दुई लाख ५० हजार बराबरको सामग्री प्रदान गरेको छ भने वडा कार्यालयले रु तीन लाख ५० हजार खर्च गरेको छ । वडा कार्यालयले स्वास्थ्य संस्थाका पाँच कर्मचारीलाई कामको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसमेत वितरण गरेको छ ।   


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x