मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भदौ ३०, २०७६
काठमाडौं-गुल्मी सत्यवती गाँउपालिका-३ ठूलो लुम्पेकी १३ वर्षीया धनी तरामु र १० वर्षीया सरिस्मा तरामु अविरल वर्षाका कारण आएको पहिरोमा परे ।
बाजुरा गौमुल गाँउपालिका-६ बसला शान्ती टोलमा वर्षाको पहिरोले घर भत्कँदा ९५ वर्षीय जंगे चदारा सहित ५ जना गम्भीर घाइते भए । वाग्लुङ तमानखोला गाँउपालिका-४ लाममेला शिवपुरीमा पहिरोमा पुरिएर ७ जना घाइते भए । रसुवा गोसाईकुण्ड गाँउपालिका-२ टिमुरे तातोपानी डाँडास्थित पासाङल्हामु राजमार्गमा पहिरोमा परी टिमुरेबाट काठमाडौं आउँदै गरेको ना.१ ज ७८२४ नम्बरको टाटासुमो जिप पुरिएर ७ जना गम्भीर घाइते भए ।
काठमाडौं बलम्बुमा बाढीबाट ३० वटा घर डुवानमा फसे । ती घरमा बस्ने २ जना घाइते भए भने २४ जना डुवानमा फसे । कीर्तिपुर सल्यानथानस्थित खोलामा बाढी आउँदा ९ वटा घरभित्रै ४२ जना फसे । ढुङ्गेअड्डामा पनि खोलाको बहाव बढ्न गई बाढी आउँदा नजिकै घरभित्र बसेका ४३ जना डुवानमा परे । ललितपुरको सुनाकोठी नख्खु खोलाको बाढीमा ८ जना फसे ।
यसै वर्ष अचानक विपद्मा परेका सबै मानिसहरु तत्काल उद्धार गरियो । सबै घाइते र पीडितलाई छिटो साधनद्वारा उपचारका लागि स्थानीय अस्पतालतर्फ पठाइयो । बाढी पहिरोबाट पीडित हुने यी प्रतिनिधि घटना मात्र हुन् । हरेक वर्ष अविरल वर्षासँगै बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोप आउने क्रम तीव्र बन्छ । यस्तो अवस्थामा नेपाल प्रहरीले आफ्नो संयन्त्र प्रयोग गरी उद्धार कार्य गर्छ ।
विपदका वेला उद्धार कार्य गर्न नेपाल प्रहरीले २०६८ सालमा प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन महाशाखा स्थापना गरेको छ । महाशाखाले मनसुन हुनु पूर्व तयारी गर्छ । उद्धार तथा सुरक्षा सामाग्रीका बारेमा प्रशिक्षण दिन्छ र परेको वेला उद्धार कार्यका लागि तत्काल परिचालन हुन्छ ।
नेपाल प्रहरीले गर्ने उद्धार कार्य र प्रहरी परिचालन सम्वन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी भन्छन, ‘विपद उद्दारमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर काम गर्छ । यसका लागि केन्द्रमा विपद् व्यवस्थापन महाशाखा र ७ वटै प्रदेशमा शाखा कार्यालय विस्तार गरिएको छ । त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई तालिम दिने र यूनिटलाई साधन स्रोत सम्पन्न बनाउँदै विपद्का बेला दक्ष कर्मचारी परिचालन गरी उद्दार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरी लागि परेको छ ।’
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०७६ बैशाख १ गतेदेखि भदौ २९ गतेसम्म ५ महिनाको अवधिमा विभिन्न स्थानमा विपद्का घटनामा परी २ सय ७१ जनाको मृत्यु भएको छ । ६ सय ४६ जना घाइते भएका छन् भने ३० जना वेपत्ता भएका छन् । घटनामा परी ७ सय ६७ जना विस्थापित भएका छन् । साथै १ हजार ९ सय ६३ चौपाया मरेका छन् । ४ हजार ६ सय ७ वटा घर डुवानमा परेका छन् ।
१५ वटा पुल , १ हजार ७ सय ६१ वटा घर, २ सय १७ वटा गोठ, १२ वटा उद्योग, २८ वटा विद्यालय र ७४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । करिब २ अर्ब ४२ करोड ५५ लाख ७२ हजार ६ सय १० रुपैयाँ मुल्य बराबरको धनमाल क्षति भएको छ । कुल २ हजार ११ ठाउँमा भएका घटनामा उक्त क्षति भएको हो । सबै ठाउँमा गरी जम्मा १६ हजार २ सय प्रहरी उद्धार कार्यमा परिचालन भए ।
विपद्का घटना मध्ये ८ सय २९ स्थानमा आगलागी, २ सय ४८ स्थानमा बाढी, ४ सय ७१ स्थानमा पहिरो, २ सय १३ स्थानमा चट्याङ, १ सय ८ स्थानमा जनावर आक्रमण, १ सय ११ स्थानमा हावाहुरी लगायतबाट क्षति भएको हो । केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जोशीले भने-‘यस्ता क्षति न्यूनीकरण गर्नका लागि नेपाल प्रहरी लागि परेको छ । विपद्का बेला तत्काल परिचालन हुने गरी तयार रहन निर्देशन दिने गरिन्छ । प्रहरीको यस प्रकारको सक्रियताबाट विपद्का बेला हुने क्षति न्यूनीकरण गराउन मद्दत पुग्ने गरेको छ ।’
उद्धार कार्यमा महाशाखाबाट दैनिक दुई समूहमा ‘क्वीक रेस्पोन्स टिम’ परिचालन हुन्छ । डुंगा तथा पौडी तालिम प्राप्त जनशक्तिको दक्ष टिमलाई सम्भावित घटनामा तत्काल परिचालन गर्न तयारी हालतमा राखिन्छ ।
यस्ता टिम उपत्यका र प्रदेश प्रहरी कार्यालयहरुमा समेत छन् । महाशाखा अन्तर्गत हाल हरेक प्रदेशमा १ सय २५ जनाको संख्यामा जनशक्ति रहनेगरी ७ वटै प्रदेशमा शाखा स्थापना गरिएको छ । साथै सबै जिल्लामा स्थानीय निकाय र संघसंस्थाको सहकार्यमा उद्धार टिम उपकरण सहित तयारी अवस्थामा रहन्छ ।
स्वयंसेवक समेत परिचालन हुन्छन् । प्रहरीले गर्ने उद्धार कार्य सम्वन्धमा प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप चौधरी भन्छन- ‘विपद जोखिम न्यूनीकरण तथा उद्धार गर्ने काम महाशाखाले गर्दै आएको छ । उद्धार कार्य गर्दा सरोकारवाला निकाय, समुदाय र स्थानीयसँग समन्वय र सहकार्य गरिन्छ । खोज तथा उद्धारका आधुनिक उपकरण र औजारले उद्धार कार्यमा सघाउँछन् । महाशाखाले उद्धार सम्वन्धी तालिम प्रदान गर्छ । तालिमले दक्ष जनशक्ति उत्पादन गरी शीघ्र उद्धारमा सहयोग पुगेको छ ।’
नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी अवधारणा लागू गरेपछि स्थानीय तह र सरोकारवाला निकायहरुले विपदका घडीमा राहत तथा आर्थिक सहयोग गर्ने क्रम बढेको छ । सबैको सक्रियतामा उद्धार कार्य छिटो छरितो हुन सकेको छ । नेपाल प्रहरीले प्रहरी कल्याणकारी कोषमार्फत समेत प्रकोप वा अन्य विपत्तिको अवस्थामा पीडितलाई राहत पुर्या उने काम गर्दै आएको छ । यसबाट विपद्का घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिलाई न्युनीकरण गर्न सहयोग पुगेको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...