×

NMB BANK
NIC ASIA

नेपालबाट हराएका पाकिस्तानी कर्नलको फेरि चर्चा किन चल्यो ?

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक प्रश्नको उत्तर दिने क्रममा पाकिस्तानी सेनाका एक अधिकारी कर्नल हबीब जाहिर (सेवानिवृत्त) को नाम बुधवार लिएपछि उनको चर्चा चुलिएको छ । 

Muktinath Bank

परराष्ट्र मन्त्रालयका अनुसार, यो प्रश्न भारतीय मिडियामा भारीय जासूस कुलभूषण जाधवसँग कर्नल हबीबको सम्बन्ध जोडेर सोधिएको थियो । तर परराष्ट्र मन्त्रलयले जोडिएको कुरालाई अस्वीकार पनि गरेन अनि पुष्टि पनि गरेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानी अधिकारीहरूले प्रश्न कसले गरेको भन्ने विषय पनि प्रस्ट नपारेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

कर्नल जाहिर पाकिस्तानमा कुलभूषण जाधव पक्राउ परेको केही समयपछि नै सन् २०१७ मा लुम्बिनीबाट रहस्यमय रूपमा हराएका थिए । 

Vianet communication
Laxmi Bank

पाकिस्तानको परराष्ट्र मन्त्रालयले अप्रिल २०१७ मा कर्नल जाहिर नेपालबाट बेपत्ता भएको पुष्टि गर्‍यो र नेपाल सरकारसँग यस विषयको जाँच गर्नका लागि सम्पर्क गरिएको बतायो । 

जागिरको अन्तर्वार्ताका लागि नेपाल आइपुगेका कर्नल जाहिर यहीँबाट हराएका थिए । उनले आफ्नो सीभी लिंक्डइन र संयुक्त राष्ट्रसंघको एक वेबसाइटमा पोस्ट गरेका थिए । मार्क टम्सन नामक व्यक्तिले इमेल र टेलिफोन सम्पर्क गरेर उनलाई एक कम्पनीको उपाध्यक्षका लागि छानिएको बताए । 

जागिरको अन्तर्वार्ताका लागि काठमाडौं आउन उनलाई भनियो र उनलाई लाहौरबाट काठमाडौं आउनका लागि विमानको टिकट पनि पठाइयो । 

कर्नल जाहिरको परिवारका अनुसार, उनी पहिलोपटक नेपाल भ्रमण गरिरहेका थिए । काठमाडौं आइपुगेपछि उनले लुम्बिनी जानका लागि प्लेन टिकटको फोटो र विमानस्थलमा आफ्नो फोटो ह्वाट्सयाप मार्फत परिवारलाई पठाए । 
अप्रिल ६, २०१७ मा १ बजे पत्नीलाई फोन गरेर उनले आफू लुम्बिनी आइपुगेको बताए । त्यसपछि उनको मोबाइल बन्द भयो र परिवारसँगको सम्पर्क टुट्यो । 

भैरहवा विमानस्थलमा कर्नल जाहिर अन्तिमपटक देखिएका हुन् । 

पाकिस्तानको परराष्ट्र मन्त्रालयको बयान अनुसार, अहिलेसम्मको अनुसन्धानमा मार्क नामक व्यक्तिको बेलायती मोबाइल नम्बर झूटो थियो र यो इन्टरनेट कम्प्युटरमार्फत बनाइएको थियो । 

कर्नल जाहिरसँग सम्पर्क गर्न उपयोग गरिएको वेबसाइट भारतमा सञ्चालन गरिएको र पछि इन्टरनेटबाट हटाइएको पाकिस्तानको दाबी छ । 

नेपाल सरकारले कर्नल जाहिरको बेपत्ता जाँचका लागि विशेष दल गठन गरेको थियो तर अहिलेसम्म यसमा कुनै प्रगति हुन सकेको छैन । 

भारतीय सीमाबाट पाँच किलोमिटर मात्र टाढा रहेको लुम्बिनीबाट कर्नल जाहिर हराएपछि पाकिस्तानले भारतीय सरकारसँग उनको पत्ता लगाउन सहायता मागेको थियो । 

पाकिस्तानका अनुसार, भारतीय नागरिकहरूले लुम्बिनीमा कर्नल जाहिरको स्वागत गरे, उनलाई होटलमा बसाए र टिकट बूक गराए । 

तर भारतले यस विषयमा कुनै सकारात्मक प्रतिक्रिया दिएको छैन । 

पाकिस्तानी परराष्ट्र मन्त्रालयका अनुसार, कर्नल जाहिरको परिवार निकै पीडित छ र जबर्जस्ती बेपत्ता बनाइएका व्यक्तिको हितमा काम गर्ने संयुक्त राष्ट्रसंघीय संस्थासँग पनि सम्पर्क गरेका छन् । 

कर्नल जाहिर बेपत्ता बनाइनुमा शत्रुदेशका जासूसी निकायको सम्भावनालाई अस्वीकार गर्न नसकिने पाकिस्तानी परराष्ट्र मन्त्रालयका प्रवक्ताले बताए । 

कर्नल जाहिर बेपत्ता हुनुअघि सेवानिवृत्तिपछि फैसलाबादमा काम गरिरहेका थिए ।

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x