कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
काठमाडौंं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्रका स्थानीय ठाउँका नामहरूको पुनःस्थापनाको तयारी थालेको छ । पुनरुत्थान गरिएका स्थानीय ठाउँका नामहरू नामपाटीमा तीन लिपिमा राखिने महानगरले जानकारी दिएको छ ।
जसमा रञ्जना लिपि, देवनागरी लिपि र अंग्रेजी भाषा छन् ।
०७५ सालबाट शुरूवात गरेको ‘क्यालिजात्रा’ले नेपाल कला परिषद्को हलमा ‘नित्या रञ्जना’ युनिकोड फन्टको विमोचनका लागि आइतवार आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोलले यस्तो जानकारी दिएकी हुन् ।
‘काठमाडौंका हरेक ठाउँको आफ्नो स्थानीय नाम छ,’ डंगोलले भनिन्, ‘त्यो ठाउँको नामका पछि इतिहास जोडिएको छ ।’
उनले कुनै ठाउँको नामसँग त्यसको अर्थसमेत जोडिएको उल्लेख गरिन् । ‘ती नामहरूलाई मर्न दिनु हुँदैन भनेर स्थानीय नामको पुनःस्थापना गर्ने कामको शुरूवात गरेका छौँ,’ उनले भनिन्, ‘हामीले त्यसको अध्ययन गरेर नै काम अघि बढाएका हौँ ।’
उपप्रमुख डंगोलले पहिलो पटक पाँचवटा वडाबाट नमूनाका रुपमा काम अघि बढाएको समेत जानकारी दिइन् । त्यसका लागि ती वडाको नाम पुष्टि गर्ने चरण पूरा गरेको उनको भनाइ छ ।
महानगरले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्नेलगायतका काम गर्दै आएको छ । ‘अब हरेक स्थानको नाम आफ्नो सत्य–तथ्यका आधारमा प्राचिन नाम हुनेछ । त्यसको विशेष अर्थ रहने छ,’ डंगोलले भनिन्, ‘प्राचिन नामसँगै राखिने नामपाटीमा रञ्जना लिपि, देवनागरी लिपि र अंग्रेजी भाषा प्रष्टसँग राखिने छ ।’
उनले अब रञ्जना लिपि राख्दा गल्ती होला कि भनेर कसैले डराउनै नपर्ने भन्दै त्यसको फन्टकै शुरूवात गरिसकेको जानकारी दिइन् ।
‘अब कुनै विज्ञको साथ नलिइ पनि रञ्जना लिपि लेख्न सकिन्छ,’ उनले थपिन्, ‘नामपाटीमा रञ्जना लिपि लेख्न आइतवार विमोचन गरेको ‘नित्या रञ्जना’ युनिकोड फन्टले ठूलो सहयोग गर्ने अपेक्षा गरेका छौँ ।’
आधुनिकताका नाममा प्राचिन र मौलिक नाम नै लोप हुने खतरा बढेको भन्दै प्राचिन र मौलिक नामको संरक्षण, संवद्र्धनमा लागेको पनि डंगोलले जानकारी दिइन् ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...