कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘त्यो त सम्भव छैन तर, शर्त भने राख्न सक्छौं ।’ त्यसपछि उनीहरूले भने– ‘त्यसो हो भने हामी दुईबाहेक कसैको हातबाट हाम्रो मृत्यु नहोस् ।’ भगवान् तथास्तु भनेर गए । उनीहरू अमर ठानेर गर्नु/नगर्नु गर्न थाले । उनीहरूको ज्यादतीबाट आजित भएपछि भगवान् एक सुन्दर युवती बनेर आए । अन्ततः उनीहरूबीच यिनैका कारण झगडा पर्यो र आपसमा काटकाट गरेर सकिए । अर्थात् जसको हो उसैले लगे वा जहाँबाट आएका थिए उतै गए ।
यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन । कथा हो हुन पनि सक्छ नहुन पनि सक्छ तर, हामी सबैको जीवनदर्शन भने पक्कै हो । संसार कसैको पनि होइन । जसलाई हामी आफ्नो भनिरहेका छौँ त्यो त झन् हुँदै होइन । किनकि हामीलाई जीवन दिएका पनि अर्कैले हो, लिने पनि अर्कैै हुन्छ । धनसम्पत्ति दिने पनि अरू नै हुन्छन्, लिने पनि अरू नै हुन्छन् । यहाँसम्म कि हाम्रो शरीर र नामसमेत आफ्नो होइन । यसलाई दिएका पनि अरूले नै हो । लिन पनि अरू नै आउँछन् । जसलाई हामी आफ्नो सन्तान भनेर आफूलाई भन्दा पनि बढी माया गर्छौँ तिनलाई समेत दिएको अर्कैले हो र लिन पनि अर्कै आइपुगेको हुन्छ । हाम्रा घर, जग्गा, पद, प्रतिष्ठा त यसै पनि आफ्नो हुँदै होइन ।
पहिले सुताउने पनि अर्कै, अन्तिम सुताउने पनि अर्कै । पहिले खुवाउने पनि अर्कै, अन्तिम खुवाउने पनि अर्कै । पहिले चुठाउने पनि अर्कै, अन्तिम चुठाउने पनि अर्कै । पहिले बोक्ने पनि अर्र्कै, अन्तिम बोक्ने पनि अर्र्र्कै । पहिले स्नान गराउने पनि अर्कै, अन्तिम स्नान गराउने पनि अर्कै । बोल्न सिकाउने पनि अर्कै, बोली बन्द गराउने पनि अर्र्कै । गति दिने पनि अर्कै, गति बन्द गराउने पनि अर्कै । सिकाउने पनि अर्कै, बिर्साउने पनि अर्कै । उठाउने पनि अर्कै, बसाउने पनि अर्र्कै । उडाउने पनि अर्कै, खसाउने पनि अर्कैै । मान दिने पनि अर्कै, बदनाम गराउने पनि अर्कै ।
घुमाउने पनि अर्कै, रोकाउने पनि अर्कै । देखाउने पनि अर्कै, बन्द गराउने पनि अर्कै । सुन्न सक्ने बनाउने पनि अर्कै, नसक्ने बनाउने पनि अर्कै । ल्याउने पनि अर्कै, लाने पनि अर्कै । मिलाउने पनि अर्कै, छुटाउने पनि अर्कै । लगाइदिने पनि अर्कै, फुकालिदिने पनि अर्कै । उचाल्ने पनि अर्कै, खसाल्ने पनि अर्कै । हँसाउने पनि अर्कै, रुवाउने, पनि अर्कै । देखाउने पनि अर्कै, लुकाउने पनि अर्कै । लेखाउने पनि अर्कै, मेटाउने पनि अर्कै । खेलाउने पनि अर्कै, चलाउने पनि अर्कै ।
यसको अर्थ हो आफ्नो भन्ने केही पनि थिएन र रहने पनि छैन । तथापि आश्चर्य त के भने हामी आफू र आफ्नो भनेर मरिहत्ते गरिरहेका हुन्छौँ, घमन्ड गर्छौँ, अहङ्कार गर्छौँ । जब लिने, दिने, गर्ने, गराउने सबै अर्कै हुन्छ भने यति ठूलो घमन्ड र अहङ्कार किन ? कहाँ छौँ हामी ? के गरेका छौँ हामीले ? केही पनि छैन । जब भोक, तिर्खा र निद्रासमेत अर्कैको हो, अर्कैले दिएपछि नै पाइने हो भने बाँकी के रह्यो र ?
सब भाडाका हुन्, भाडामै लिइएको हो । त्यसैले जसको हो उसैलाई फिर्ता दिएर जानुपर्छ । न पहिले आफ्नो थियो न पछि नै रहने छ । पहिले भएको भए पो भए पो पछि पनि हुने । पहिले नै थिएन त कसरी पछि हुने ? यही नै जीवन हो, यही जगत् हो । अनि यही नै जीवन र दर्शन पनि हो । त्यसैले जे मिलेको छ त्यसैमा सन्तुष्ट हुन पनि जान्नुपर्छ र सदुपयोग गर्न पनि सक्नुपर्छ । होइन भने उही हो सँधैको अभाव, सँधैको असन्तुष्टि ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...