फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दीको उकुसमुकुसबाट पार्टीले थोरै भए पनि ‘अक्सिजन’ पाएको थियो । विधान महाधिवेशनले लिएको नीति तथा कार्यक्रमको जगमा दशौं महाधिवेशन (चितवन)ले पार्टीलाई थप ऊर्जा प्रदान गरेको निष्कर्ष एमालेको छ ।
सनराइज हलमै अर्को कार्यक्रम केही दिनअघि सम्पन्न भयो । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक (२०८१ वैैशाख ८ र ९ गते) सोही हलमा सम्पन्न भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो साढे दुई वर्ष पार्टी जीवनकै प्रतिकूल समय भएको बताएका छन् । परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्, ‘हामी यतिबेला तुलनात्मक रूपमा सहज अवस्थामा आइपुगेका छौं ।’ संयोग नै मान्नुपर्छ एउटै हलमा भएका यी दुई कार्यक्रमपछि ओलीले नेपाली राजनीति आफ्नो वरिपरि घुमाएका छन् । अहिले पनि नेपाली राजनीतिको केन्द्रमा ओली नै छन् ।
प्रथम बैठकमा प्रतिवेदन पेश गर्दै ओलीले भनेका छन्, ‘दशौं राष्ट्रिय महाधिवेशनपछिको साढे दुई वर्षको हाम्रो यात्रा सफल र प्रभावकारी रहेको छ । इतिहासकै प्रतिकूल परिस्थितिलाई हामीले सम्हालिएर सामना गरेका छौं । यसले हाम्रो प्रतिरोधी क्षमता (रिजिल्यान्स)लाई थप सुदृढ बनाएको छ ।’
राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहेका अध्यक्ष ओलीका यी विश्लेषणले कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण अर्थ राखेको एमाले नेताहरूको टिप्पणी छ । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष (हीरक जयन्ती) पार गर्दै गर्दा ओलीले थप २५ वर्ष अर्थात् १०० वर्षभित्र धेरै सपना पूरा हुने जिकिर गरेका छन् । स्थापनाको २५, ५०, ७५ र १०० वर्षहरू महत्वपूर्ण ‘माइलस्टोन’ हुने औंल्याउँदै उनले ‘नेपाल कम्युनिस्ट पार्टी १०० वर्ष पुग्दा अर्थात् आगामी २५ वर्षमा धेरै सपनाहरू पूरा हुने’ बताएका हुन् ।
सनराइज हल साँच्चिकै एमालेका लागि एउटा राजनीतिक रणनीति बनाउने थलो बनेको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६औं वर्ष प्रवेश गर्दै गर्दा (वैशाख १० गते सोमबार) पूर्वप्रधानमन्त्री, अन्य दलका शीर्ष नेताहरूलाई एकै मञ्चमा उभ्याएर एमालेले पुनः राष्ट्रिय सहमति र सहकार्यको साझा तस्वीर देखाउन खोजेको छ । अरू पार्टी पुराना भए भन्ने भाष्य निर्माण गर्ने (स्थापनाको ७५ महिना पनि नपुगेको) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेदेखि कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसम्म सनराइज हलमा उपस्थित भए, जहाँ प्रमुख अतिथि थिइन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । भलै पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ गर्ने आयोजक एमाले थियो । भण्डारी एमालेकै तर्फबाट दुईपटक राष्ट्रपति बनिन् । तर, अधिकांश पूर्वप्रधानमन्त्री तथा मुख्य दलका प्रमुखहरूबाट भण्डारीले ‘गणतन्त्र गौरव सम्मान’ ग्रहण गरिन् ।
सम्मानित भएपछि मन्तव्यमा उनको गला अवरुद्ध भयो । ‘मदनका अधुरा काम साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय हुने परिवेश निर्माण भएको थियो,’ भण्डारीले भनिन्, ‘नेकपा (एमाले)को तत्कालीन महासचिव जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटना भई निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो ।’
बोल्दाबोल्दै गला अवरुद्ध भएपछि भण्डारीले पानी पिएकी थिइन्, जसले दर्शकदीर्घामा रहेकाहरूलाई पनि भावुक बनाएको थियो । भण्डारीले सम्हालिँदै फेरि भनिन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनले हीरक महोत्सव मनाउँदै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखा परेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा कठिनता हुन्छ ।’
भण्डारीको उक्त भनाइ आउँदा तालीले हल गुञ्जयमान भएको थियो । तत्कालीन नेकपा विभाजन किन भयो ? भन्ने विषय भण्डारीले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’प्रति लक्षित रहेको सोझै बुझिन्थ्यो । तत्कालीन नेकपा हुँदा भण्डारी राष्ट्रपति थिइन् । कुनै एकजनाले पद त्याग गरेरै भए पनि पार्टी जोगाउनु पर्छ भन्ने भण्डारीको अडान थियो । भण्डारी र प्रचण्डपत्नी सीताको राम्रो सम्बन्ध थियो । पार्टी एकताबारे कतिपय सन्देश उनले सीतामार्फत् पुर्याउँथिन् ।
‘माधव नेपाल, झलनाथ खनाल वा जसलाई भए पनि राष्ट्रपति पद बरु मै छोडिदिन्छु, पार्टी विभाजन नगर्नुस् । प्रचण्डजीलाई कहिले प्रधानमन्त्री बन्न चाहनुहुन्छ, म जिम्मा लिन्छु पार्टी विभाजन रोक्नुस् । हामी सबै कमजोर हुन्छौं भनेर पूर्वराष्ट्रपतिज्यूले चारै जना (ओली, प्रचण्ड, नेपाल, खनाल) नेताहरूलाई पटक–पटक भन्नुभएको हो,’ पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका एक सदस्यले मन्तव्यपछि भने, ‘अहिले त्यसैको अभिव्यक्तिका रूपमा उहाँले आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।’
त्यसको श्रेय लिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘दुईपटक नै राष्ट्रपति बनाउँदाको एक सदस्य म पनि हुँ ।’ पछिल्लो राजनीतिक समीकरणपछि पुनः वामएकता हुन्छ भन्ने अड्कल छ । त्यसैको संकेत स्वरूप प्रचण्डले दोहोर्याएर भनेका थिए, ‘म ओलीजीलाई विश्वास गर्छु ।’ ओली र प्रचण्डको भाषामा धेरै समान अर्थ पाइन्छन् । हतारमा तत्कालीन नेकपा एकता गरिएछ भन्ने निष्कर्षमा ओली–प्रचण्ड पुगेको सत्य हो । पार्टीभित्रका केही नेता, बौद्धिक समूह लगायतको सुझाव पनि त्यही थियो । त्यसैले ‘हतारिएर कम्युनिस्ट एकता गर्दैनौं’ भनिरहेका छन् दुवैले । प्रचण्डले पटक–पटक ‘ओलीजीलाई विश्वास गर्छु’ भनिरहनुको अन्तर्य बुझ्न गाह्रो छैन ।
आगामी निर्वाचन (मिसन २०८४)मा राष्ट्रिय निर्णायक शक्ति निर्माण गर्ने हुटहुटीमा रहेका ओली र पछिल्लोपटकको कमजोर सत्ता समीकरणबाट छटपटिएका प्रचण्डले २०८४ अगावै पार्टी एकता गरे अन्यथा मानिने छैन । राष्ट्रिय राजनीतिको मियोमा रहेका ओलीको उत्तराधिकारी को ? भन्ने एउटा प्रश्न त छ नै । २०८४ अघि पार्टी एकता भए त्यसको अर्थ हुने सोचमा पुगेका प्रचण्डको लय मिलेको छ । तथापि, पूर्वराष्ट्रपति भण्डारीप्रति पार्टी पंक्तिमा देखिएको उच्च सम्मानको माहोलले राजनीतिमा सम्भवनाको खेल सधैं रहन्छ भन्ने भाष्य स्थापित हुन कुनै समय लाग्ने छैन ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...