कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
गत वर्षको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोटमा एक विद्यालय निर्माणका लागि यही अप्रिल ८ तारिक (चैत २६)मा बेल्जियममा च्यारिटी साँझको आयोजना हुने भएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेल्जियमको आयोजना हुन लागेको उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि भ्वाइस अफ नेपाल सिजन– ३ का विजेता किरण गजमेर आउन लागेका छन् ।
साथै कार्यक्रममा बेल्जियमस्थित चर्चित स्थानीय कलाकार लाहुरे कान्छाले समेत आफ्नो प्रस्तुति दिनेछन् । यस्तै विभिन्न समूहद्वारा विविध नृत्य प्रस्तुति दिने आयोजकले जनाएका छन् ।
नेपालीहरूको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै बेल्जियमको शहर लुभेनमा परोपकारी कार्यक्रम आयोजना गरिएको अध्यक्ष सीता सापकोटाले बताइन् ।
‘यसपटक हामीले शुभकामना आदानप्रदान मात्रै गर्दैनौं, हामीले जाजरकोटमा स्कूल बनाउने जुन परोपकारी लक्ष्य बनाएका छौं, त्यो पूरा पनि गर्छौं,’ उनले भनिन्, ‘परोपकारी काममा सबैको साथ मिलेको छ, बेल्जियमबासी नेपाली समुदायबाट अझै अपेक्षा गरेका छौं ।’
जाजरकोटमा भूकम्प गएपश्चात् राहातका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेल्जियमले शुरूमा नै आह्वान गरेको थियो । जसअनुरुप विद्यालय निर्माणका लागि केही सहयोग रकम पहिला नै उठिसकेको छ । बाँकी यही च्यारिटी साँझमा उठाउने अपेक्षा गरिएको अध्यक्ष सापकोटाले जनाइन् ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...