फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
काठमाडाैं | बैशाख १, २०८१
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन जुन सम्पूर्णतामा परीक्षण गरिएको छैन । रहर र शक्तिका सीमाहरू नभएकाले व्यक्ति आत्मिक शुद्धतामा आउन सक्तैन भन्ने सुकरातको बुझाइ रहेको थियो । यसैले उनी एथेन्स (अहिले ग्रीसको राजधानी)का नागरिक स्वयम् विवेचित र स्वयम् परीक्षीत भएर सामाजिक आदर्शमा रहुन् भन्ने चाहन्थे । उनको एउटा चाहना एथेन्सबासी संसारकै महान होउन् भन्ने थियो । शुद्ध मानव व्यवहार त्यसको एकमात्र आधार थियो ।
इशापूर्वको चौथो शताब्दी एक्काइसौं शताब्दीमा आइपुग्दा पनि समाजले मागेको कुरा एकै छ । यस शताब्दीका महान विचारक युुभल नोह हरारीले मानव सभ्यता र सत्ता व्यवस्थित गर्न विचारकहरूले चिन्ता, चिन्तन र चुनौतीमा रहनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् । मानिस स्वयम् विवेचनामा जान चाहँदैन तर निजत्वको निर्वाध उपयोग गर्न भने सँधै उद्यत रहन्छ । मानिसहरू स्वतन्त्रतामा सीमाहीन आशक्तिमा छन् । अरुको स्वतन्त्रताको ख्याल गर्दैनन् । यसलाई व्यवस्थित गर्न आद्यनूतन प्रणाली चाहिन्छ र स्वार्थको समर्पण चाहिन्छ । लोकतन्त्र संस्थागत नभएका मुलुकहरूमा अठारौँ शताब्दीको नेतृत्व, उन्नाइसौं शताब्दीको प्रणाली र एक्काइसौँ शताब्दीको चाहनामा छन् । गतावधिक नेतृत्व, प्रणाली र सोचवृत्तिबाट निरन्तर ज्ञान र विचार विष्फोट भइरहेको समाजमा नागरिक सन्तुष्टि (विकास र शासकीय अवसर) निर्माण गर्न सकिने अवस्था छैन । तर पनि हामी नागरिकमा आशाको विम्ब, रुपान्तरणको आकृति र समृद्धिको सपना पाल्नुको विकल्प छैन ।
मानिस अरुलाई सुधार्नभन्दा आफैँ सुध्रिन लाग्नु पर्छ । अरु उसैको सोच, संस्कार र स्वभावमा हिँड्ने गर्दछन् । तर व्यक्तिले आफूलाई नीतिनिष्ठामा लैजान भने सक्छ । आफूले आफैंप्रति न्याय गरे, आत्मिक सन्तुष्टिका लागि कर्म गरे आफूहरूको जोडले सभ्यता, समाज र राष्ट्र बन्ने गर्दछ । सुकरातले भनेको आत्मिक शुद्धता त्यही हो, आदर्श नागरिक त्यही हो । आफूले अरुबाट जे अपेक्षा गर्छ, आफूले त्यही गरेमा समाज रुपान्तरण सहज हुन्छ । तर अरुबाट चाहने आफू चाँहि आग्रही बन्ने, अरुको गल्ती–कमजोरी देख्ने आफ्नो सबै ठीक भन्ने सोचवृत्तिले व्यक्ति आफैँप्रति पनि प्रत्युत्पादक बन्छ, समृद्धि र रुपान्तरण झनै पछिल्तिर धकेलिने नै भयो ।
‘इगो इन इनेमी’ मा र्यान होलिडे भन्छन्– स्वाभिमानले मानिस अग्लो बन्छ, तर अभिमानले आफैँलाई निकै पुड्को बनाउँछ । अभिमानका कारण समयको गति पैल्याउन नसकेका शासकहरू इतिहासमा आफैं कैद भए र अरुको सपनालाई पनि कैद गरे ।
तर उनीहरूले अभिमानका अभिव्यक्ति दिइरहँदा अनुचरहरूले ताली दिएर अभिमानलाई सगरमाथामा पुर्याए । तर ती अनुचरले सोच्न सकेनन् कि शाहकको व्यक्तित्वलाई धुलोमा पनि मिलिरहेको छ भन्ने ! मोर्गन हसेलले ‘पैसाको मनोविज्ञान’मा भनेका छन्– लोभ र डर नै मानिसका आभ्यान्तरिक शत्रु हुन् । पैसा, पद, प्रतिष्ठा र पावरको लोभ मूलतः मानिसलाई महानताबाट निच बनाउने खराबी हुन् । र्यानले भने झै अभिमानले त्यो चिन्ने सामथ्र्यबाट व्यक्तिलाई अलग्याउँछ । सुखको मनोविज्ञानले पसिनाबिनाको उपलब्धि खोज्छ । तर त्यसले दिगोपनाको वास्ता गर्दैन । त्यसैले सुकरातले भने झैँ संस्था, समाज र शासन बनाउने कुरा आत्मिक शुद्धतामा पाइन्छ । आत्मिक शुद्धिलाई अभिमान, पैसा र सुखको मनोविज्ञानले साँघुर्याउँछ ।
नेपाली समाज विक्रमको एक्काइसौँ शताब्दीतर्फ अघि बढ्दै गर्दा फेरि एउटा क्यालेन्डर (पात्रो) फेरिएको छ । हाम्रो समाज लामो समयदेखि रुपान्तरण र समृद्धिको पखाईमा छ । समाजका सदस्यहरू समृद्धि र रुपान्तरणको सपना पूरा नुहँदा आक्रोसित छन् । एकअर्कालाई आरोप लगाइरहेका छन् । अर्को आरोपित हुँदा मनमनै दङ्ग छन् । अर्कोको अवनतिमा रमाएका छन् । आफूप्रति अर्काले हौसिएर आरोप लगाइरहेका छन् । यो आरोपै–आरोपको संस्कृतिले आउने पुस्ताले हामी सबैप्रति लगाउने आरोपप्रति कत्ति पनि ख्याल गरेका छैनौँ । र यो पनि भुलेका छौं– आरोप लगाउँदा–लगाउँदा आफैँप्रति नकारात्मक बनेका छौँ भन्ने । हाम्रो मनमा नराम्रा र नकारात्मक भावना चुलिँदै आएका छन् । आरोप संस्कृतिले समाजमा नकारात्मक डीएनए बेस्सरी संस्थागत भएको छ । हामीमा रहेको रुपान्तरणको बिम्बलाई नकारात्मक संस्कृतिले धुमिल बनाएको छ । हामी आफैँप्रति विश्वास गर्न नसक्ने अवस्थामा पुगिसकेका छौँ । अनविश्वासले अनविश्वास बढाएको छ । नकरात्मकताले नकारात्मकता बढाएको छ । आरोपले आरोप बढाएको छ । परिश्रम, पसिना र प्रयासको प्रवृत्ति हराइसकेको छ । घर, समाज, समुदाय र शासन सबैतिर नकारात्मकताले धमिल्याउदा आफै धमिलिएको कस्ले देख्ने ? यो धमिल्याइले हामी सबैलाई समयले बाई–बाई गर्दै गएको छ । समय भनेको पदचाप पक्डिन सके अवसर हो । नसके टोकियोबाट ओशाकालाई छुटेको शिन्कासेन (बुलेट ट्रेन) हो । एकपटक छुटेपछि त्यो सँधैलाई छुट्यो–छुट्यो, अब हामी त्यत्तिकै गतिमा हुँईकियौँ भनेपनि उ अगाडि बढिसकेको हुन्छ र कहिल्यै भेट्न सक्दैनौँ । समय र शक्तिलाई कहिल्यै सञ्चय गर्न सकिँदैन । नदी कहिले उल्टो फर्किएको छ र ? विगतलाई हेरेर भविष्यमा बढ्नुबाहेक के विकल्प छ र ? इतिहासले दिएको शिक्षा यही हो ।
विकासका लहरहरू विश्वमा पटकपटक आए । औद्योगिक क्रान्तिपछि त्यो लहर आउने क्रम शुरू भयो । फेरि साठीको दशकतिर अर्को लहर आयो । त्यसपछि फेरि नब्वेको दशकमा अर्को लहर आयो । अहिले एसियाको शताब्दीको लहर आइरहेको छ । समयका अवसरहरू लिन नसक्दा सबै समय हाम्रा लागि बितेका अवसर भए । महेन्द्रले लोकतन्त्रलाई थुनेर विकास दिन खोजे, ३० वर्ष मुलुक थुुनियो । लोकतन्त्रपछि सुशासन र उदारीकरणमा रुपान्तरण खोज्यौँ, राजनैतिक छालले मुलुकलाई फेरि किनारामा पुर्यायो । मौका छोपी ज्ञानेन्द्रले आफ्नै पिताको पदचापमा समय र स्वतन्त्रता कैद गरे, आन्दोलनले उल्ट्याइदियो । राजनैतिक शक्ति एकै ठाउमा आउन खोजे तर समयचेत र आत्मिक निष्ठा पररहेका कार्यकर्ताले समय र समृद्धिलाई अल्मल्याए । पटकपटक नेपाली आफ्नै कारण किनारमा पुग्यौं । दोष भने विदेशीलाई दियौं, विपदलाई दियौं र आफ्ना कमजोरी भने कहिल्यै देखेनौं । पटकपटक अवसर गुमाएका नेतृत्वबाट कुनै आशा नराखी युवाहरू अब त आन्दोलन पनि गर्न छाडे, अत्यन्त सीमित विकल्पमा मातृभूमिबाट बाहिरिए । अब त सपना पनि बाहिरिएको छ । यसमा पनि हामीले चिन्ता गरेका छैनौँ । मन दुखाएका छैनौँ ।
त्यसैले ८१ सालले मनोक्रान्तिको आमन्त्रण गर्नुपर्छ, एउटा सम्पूर्ण मनोक्रान्ति । जुन मनोक्रान्तिमा हामी सबैमा विचार, दृष्टि, विश्वास, मूल्य र मान्यताहरूमा सकारात्त्मक रुपमा परिवर्तन सकियोस् । यो मनाक्रान्ति कसैका विरुद्ध नभएर सुकारातले भने झैँ आत्मिक शुद्धिका लागि हो । हराररीले भने झैं आफैंप्रति आफू बाँचेको समाज र आफ्नाका लागि भोलिको समाजका लागि चिन्ता हो । जति सकारात्मक बन्यो, त्यति नै सकारात्मक उर्जा आउने हो । असल सोच, असल बुझाइ र असल कार्यले सामाजिक प्रजननशीलता बढ्छ । अहिले त्यसैको अभाव छ, मनोक्रान्तिले त्यसैको विजारोपण गर्नुपर्छ ।
साल वा सम्वत्ले मनोक्रान्ति ल्याउने होइन, हाम्रा विभ्रम र विब्ल्याँटाहरू पन्छ्याउने आन्तरिक शक्ति हामी प्रत्येकले ल्याऔं भन्ने हो । ‘डु नोथिङ’मा सेलेस्ट हेड्लीले बताएअनुसार धेरै गर्न वा नगर्न पर्दैन, तर सक्नेजति गर्नुपर्छ । केही पनि नगर्न कसरी सकिन्छ ? हाम्रा गराइ र उपलब्धिको हस्तान्तरण/परिमार्जनबाट नै संसार यहाँसम्म आएको हो । बट्र्रान्ड रस्सेलले परिश्रमविना उपलब्धिको आशा नगर्न बेलायतीहरूलाई आह्वान गरेका थिए र पो बेलायत विकसित बन्यो । पार्क चुङ हीले राष्ट्रबासीका लागि मन नदुख्ने, देशका लागि नरुने नेता भएसम्म राष्ट्र निर्माण हुँदैन भनेर कोरिया विकासको अभियान शुरु गरेका थिए । र पो दक्षिण कोरिया जापानलाई जित्ने सामथ्र्यमा अगि बढ्यो । हाम्रै नेपालमा संविधान नबन्ला कि भन्ने चिन्तामा रहेका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय समस्या समाधान समितिको बैठकमा सबै मन्त्री र सचिवलाई हात जोडेर भनेका थिए ‘संविधान नबनेसम्म कसैले कसैको मन नदुखाऊँ ।’
८१ सालले जिम्मेवारीमा रहेकाहरूले आफैँलाई विवेचना गर्ने र जिम्मेवारी लिने सोच–शक्ति दिनुपर्छ । नेताहरूले सोच र सदाचारमा दृष्टि र समयचेत बोकुन्, कर्मचारीहरू आक्रामक भएर कर्मको आचरण गरुन्, व्यावसायिक सदाचारलाई धर्म मानुन् । संस्थाहरूलाई सक्षम बनाउने र प्रणाली निर्माण गर्ने काम यिनै दुई वर्गको हो । नेताहरू तथ्य, संख्या र सूचनाभन्दा कथामा रमाएका छन्, त्यही कथा बोलिरहेका छन् । त्यो पनि पार्टीको कथा, पार्टको कथा । नेताहरूका आफ्नै भ्रम छन्, निजी कथाहरू छन् । भ्रमबाट माथि आउने सामथ्र्य नभएकाले जनताका कथा र सयमचेत छाँयामा छन् । कर्मचारीहरू जागिरमा बोलिरहेका छन् । यी दुई वर्ग पथभ्रान्त भएपछि अरुहरू बरालिने नै भए । विकास र समृद्धि हात पारेका मुलुकहरू आकस्मिक घटनाले होइन निरन्तरको निर्माण, विनिर्माण र परिश्रमले यहाँसम्म आइपुगेका हुन् । समय, समाज र शासनलाई न्याय गर्ने आत्मिक निष्ठाले मात्र राष्ट्र बन्छ । तर यो चेत भने आफैँभित्रबाट उमार्नु पर्छ । एकासी साल यही चेतना जगाउने मनोक्रान्तिमा आओस् ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...