कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
काठमाडौं, १२ मंसिर — स्पेनिस लीगमा बार्सिलोना र भ्यालेन्सियाबीच आइतवार खेलिएको खेल १–१ गोलको बराबरीमा टुंगियो ।
यस खेलको ३०औं मिनेटमा बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले एक गोल गरे तर रेफ्रीले त्यो गोल मानेनन् । स्पेनी सञ्चारमाध्यमले त्यसलाई ‘गोस्ट गोल’ नाम दिए ।
तीसौं मिनेटमा मेस्सीले आकर्षक शट लगाए । बिजुलीको गतिमा बल भ्यालेन्सियाका गोलकीपरको हातबाट चिप्लिएर दुवै गोडाको बीचबाट लाइनभित्र खस्यो । अनि गोलकीपरले बललाई हातैले हटाएर मैदानमा फ्याँकिदिए ।
बार्सिलोनाका खेलाडीहरूले यसलाई गोल मानेर उत्सव मनाउन थाले र रेफ्रीले यसलाई अस्वीकार गरिदिए ।
स्पेनका प्रतिष्ठित पत्रिकाहरूले म्याचको यो घटनालाई प्रमुखताका साथ प्रकाशित गरे । स्पेनको एक ठूलो पत्रिकाले त यसलाई विवाद र रेफ्रीको लूट समेत लेख्यो । युट्युबमा यो गोलको भिडियो भाइरल भइरहेको छ ।
ल लीगाका म्याचहरूमा भिडियो रिभ्यु प्रयोग गर्न पाइँदैन । मड्रिडका पत्रकार डिएगो पीसोले खेलमा प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउँदै प्रविधिले खेललाई निष्पक्ष बनाउने लेखे ।
भ्यालेन्सिया र बार्सिलोनाबीचको पहिलो हाफको खेल गोलरहित रह्यो । त्यसपछि ६०औं मिनेटमा रोड्रिगोले गोल गरेर भ्यालेन्सियाको खाता खोले । बार्सिलोनाका लागि जोर्डी एल्बाले गोल गरेर बराबरी गराए ।
हेरौं भिडियो :
एजेन्सी
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...