मतगणना अपडेट–कसले कहाँ जिते (सूचीसहित)

काठमाडौं, २३ मंसिर- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि यही मंसिर १० र २१ गते भएको निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहेको छ । संविधान कार्यान्वयनको महत्वप्ुर्ण कदमका रुपमा लिइएको यो चुनावमा वामपन्थीहरुको वर्चश्व रहेको छ ।  

देशभरीका बाट चुनावको नतिजा सार्वजनिक भइरहँदा वामगठबन्धन बलियो देखिएको हो । प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा भएको प्रत्यक्षतर्फको मतपरिणाममा एमाले २२ प्रतिनिधिसभामा जित निकालेको छ । नेकपा माओवादी केन्द्रले ५ सीटमा जित्दा नेपाली कांग्रेसले ४ सीटमा जीत निकालेको छ । 
 
पछिल्लो मतपरिणामअनुसार देशका विभिन्न क्षेत्रबाट आएको अन्तिम नतिजा यस्तो देखिएको छ ।

प्रतिनिधिसभा 

एमाले


बाग्लुङ १ – सूर्यराज पाठक
ताप्लेजुङ – योगेश भट्टराई
ललितपुर – कृष्णलाल महर्जन
धादिङ १ – भूमि त्रिपाठी
काठमाडौं ३ – कृष्णबहादुर राई

काठमाडौं ८ – जीवनराम श्रेष्ठ
काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

सिन्धुपाल्चोक २ – शेरबहादुर तामाङ

मोरङ ३ – भानुभक्त ढकाल
मोरङ ६ – लालबाबु पण्डित
ओखलढुंगा – यज्ञ सुनुवार

म्याग्दी – भुपेन्द्रबहादुर थापा
मनाङ – पाल्देन छोपाङ गुरुङ
मुस्ताङ – प्रेमप्रसाद तुलाचन
मुगु – गोपालबहादुर बम
बझाङ – भैरवबहादुर सिंह
डोल्पा – धनबहादुर बुढा
बाजुरा – लालबहादुर थापा
दार्चुला – गणेशसिंह ठकुन्ना
बैतडी – दामोदर भण्डारी

माओवादी केन्द्र
पूर्वी रूकुम – कमला रोका
रुकुम पश्चिम – जनार्दन शर्मा
बागलुङ २ – देवेन्द्र पौडेल
सिन्धुपाल्चोक १ – अग्नि सापकोटा
ललितपुर ३ – पम्फा भुसाल

कांग्रेस
काठमाडौं १ – प्रकाशमान सिंह
काठमाडौं ४ – गगन थापा
काठमाडौं १०–राजन केसी
रसुवा – मोहन आचार्य

स्वतन्त्र
हुम्ला – छक्कबहादुर लामा

प्रदेशसभामा सदस्यमा विजयी 
नेकपा एमाले

दाङ–प्रदेशसभा २ क–शंकर पोखरेल
जुम्ला – प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय
म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन
मुस्ताङ – प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट
मुस्ताङ – प्रदेश सभा ‘ख’ – महेन्द्रबहादुर थकाली
हुम्ला – प्रदेश सभा ‘क’ – दलबहादुर रावल
कालिकोट – ‘क’ – कुर्मराज शाही
जाजरकोट – ‘ख’ – करवीर शाही
ओखलढुंगा – ‘क’ – अंबिर गुरूङ
धादिङ – १‘क’ – राजेन्द्रप्रसाद पाण्डे
डोल्पा – १ क  नन्दसिंह बुढा
बझाङ – अर्जुनबहादुर थापा
बाजुरा – १ ख प्रकाश शाह
बाजुरा – १ क बलदेव रेग्मी
जाजरकोट – १ ख करविर शाह
धादिङ २ को क – रामकुमार अधिकारी
ताप्लेजुङ – बलबहादुर साम्सोहाङ
बागलुङ – इन्द्रलाल सापकोटा १७९१३

माओवादी केन्द्र
बाँके ३ क–इन्द्र खरेल
पश्चिम रूकुम ‘ख’ – गोपाल शर्मा
बैतडी ‘क’ – प्रेम प्रकाश भट्ट
जुम्ला ‘क’ – नरेश भण्डारी
ताप्लेजुङ – टंक आङवुहाङग लिम्बू
बझाङ – देवकी मल्ल (थापा)
म्याग्दी – प्रदेशसभा ‘क’ विनोद केसी
पूर्वी रूकुम – प्रदेश सभा ‘क’ – तेजबहादुर ओली
पूर्वी रूकुम – प्रदेश सभा ‘ख’ – पूर्णबहादुर घर्ती
पश्चिम रूकुम –  प्रदेश सभा ‘क’ – रातो कामी
धादिङ १ ‘ख’ – शालिकराम जम्मरकट्टेल
धादिङ २ ‘क’ जगत सिंखडा
डोल्पा‘ख’ – वीरबहादुर शाही

कालिकोट ख -महेन्द्र शाही


नेपाली कांग्रेस
हुम्ला – प्रदेशसभा ख –जीवनबहादुर शाही
रसुवा– प्रदेशतर्फ ‘क’ – प्रभात लामा
मनाङ – चिन्तबहादुर घले

स्वतन्त्र
मनाङ – प्रदेशसभा ‘क’ – दीपक मनाङे
बागलुङ २ ‘ख’ – टेकबहादुर घर्ती
बागलुङ १ ‘ख’ – कृष्ण थापा 

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार