तपाईंको अनुहार चिनेर आफैं पछिपछि आउँछ यो सुटकेस ! (भिडियोसहित)

काठमाडौं, २५ पुस — यात्रामा जाँदा भारी सुटकेस बोकेर हिँड्दा थकाइ लाग्छ अनि त्यसको सुरक्षामा पनि समस्या आइलाग्छ । 

सुटकेस आफैं तपाईंको पछिपछि हिँड्न थाले जीवन कति सहज हुँदो हो । आर्टिफिसियल इन्टेलिजेन्सका कारण यस्तो सुटकेस पनि अहिले बनेको छ । 

रोबोटिक टेक्नोलोजीमा आधारित यो सुटकेसले मालिकको अनुहार चिनेर उसको पछि लाग्छ । यसमा चारवटा पाङ्ग्रा, १७० डिग्रीको वाइल एंगल क्यामरा र पोजिसनिङ लाइडर छ । यसले आइडेन्टिफिकेसन र ट्य्राकिङ
एल्गोरिदमको प्रयोग गरेर मालिकसँगै हिँड्छ ।

यससँगै एउटा ब्रेसलेट पनि छ जसले यसमा हुने गडबडी र यो अफ द ट्य्राक गएको सूचना दिन्छ । यसमा एउटा ब्याट्री पनि छ जसले मोबाइल चार्ज पनि गरिदिन्छ । 

तपाईं कुनै ठाउँमा सुटकेस बिर्सेर हिँड्नुभयो भने पनि सुटकेसले तपाईंलाई भुल्नेछैन । 

यसलाई आफूसँग डोहो–याएर हिँडाउनका लागि कुनै बटन थिचिरहनुपर्दैन । तपाईंको अनुहार र चाल चिनेर यो तपाईंको पछिपछि हिँडिदिन्छ । अहिले यसको ट्रायल मात्र चलेको छ र बजारमा कहिले यो आइपुग्छ भन्ने जानकारी दिइएको छैन । 

एजेन्सी
 

पुस २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार