प्रदेशको राजधानी तोकिएपछि शंकर पोखरेलको प्रतिक्रिया, ‘सरकारले विवेक गुमाएछ’

काठमाडौं ३ माघ– नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवं प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका प्रवल दावेदार शंकर पोखरेलले सरकारले रुपन्देहीको बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकेपछि आक्रोश पोखेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा बुधवार बेलुका सन्देश लेख्दै पोखरेलले जनमत गुमाएको सरकारले विवेक पनि गुमाएको टिप्पणी गरेका हुन् । दाङबाट प्रदेशसभा चुनाव जितेका पोखरेलले प्रदेशको राजधानी दाङ बनाउने बिषयलाई मुख्य चुनावी नारा बनाएका थिए ।  

‘आफैले बनाएको कार्यदलको सिफारिस विपरितका ठाउँ प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण छ । जनमत गुमाएको सरकारले विवेक पनि गुमाएछ’ पोखरेलले लेखेका छन, ‘स्थायी राजधानीका वारेमा निर्णय गर्ने अधिकार प्रदेशसभालाई प्राप्त छ । जननिर्वाचित प्रतिनिधिहरुले अवश्य नै विवेक प्रयोग गर्नेछन् ।’

माघ ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस