×

NMB BANK
NIC ASIA

राजीनामा गरेका माओवादी मन्त्रीले गाडी फिर्ता नगर्दा प्रदेश प्रमुखलार्इ सवारी खोज्न सचिवहरूको दौडधुप !

माघ ५, २०७४

NTC
Premier Steels

काठमाडौं, ५ माघ– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट राजीनामा गरेका माओवादी मन्त्रीहरुले गाडी फिर्ता नगरेपछि नवनियुक्त प्रदेश प्रमुखहरुलाई गाडी व्यबस्थापन गर्न सरकारलाई हम्मेहम्मे परेको छ । 

Muktinath Bank

शुक्रवार दिउँसो २ बजेसम्म सातवटा प्रदेश प्रमुखहरुलाई गाडी उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयले गृहमन्त्रालयलाई भनेको छ । तर गृहमन्त्रालयलका अधिकारीहरुलाई भने प्रदेश प्रमुखका लागि गाडी खोज्न समस्या परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश प्रमुखको लागि गाडीको व्यबस्थापन गर्न शुक्रवार बिहानैदेखि गृह मन्त्रालय, शहरी विकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका सचिवहरु दौडधुपमा लागेका छन् । 


Advertisment
Nabil box
Kumari

सरकारले बिहीवार नियुक्त गरेका सातवटा प्रदेश प्रमुखको शुक्रवार अपरान्ह शीतल निवासमा शपथको कार्यक्रम राखिएको छ । गृहमन्त्रालयले मन्त्रीहरुलाई गाडी फिर्ता गर्न फोन गरेको स्रोतको दावी छ । 

Vianet communication

माओवादी मन्त्रीहरुले भने गाडि फिर्ता गर्न लागेको बताएका छन् । 'फिर्ता गर्ने पनि टाइम हुन्छ नि ! दुईवटा गाडी थियो, एउटा फिर्ता गरिसकेँ । एउटा गाडी दुईचार दिनमा फिर्ता गरिहाल्छु' निवर्तमान सामान्त प्रशासनमन्त्री टेकबहादुर बस्नेतले लोकान्तरसँग भने । माओवादीका अरु मन्त्रीहरुले पनि गाडी फिर्ता गरेका छैनन् । र, एक दुई दिनमा गाडी फिर्ता गर्ने उनीहरुको भनाइ छ । 

देउवा सरकारमा माओवादीका तर्फबाट ९ मन्त्री र ८ राज्यमन्त्री थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x