×

NMB BANK
NIC ASIA

हेलिकप्टर कम्पनीले पनि तिरेनन विमानस्थललाई शुल्क, कुन कम्पनीको कति बाँकी ?

माघ ५, २०७४

NTC
Premier Steels

काठमाडौँ, ५ माघ -आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले रु ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन् ।

आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर कम्पनीले सेवा पु¥याइरहेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार आठ हेलिकप्टर कम्पनीले बुझाउनुपर्ने रकम बुझाउन नमानेका हुन् । 

उड्डयन कार्यालयका अनुसार श्री एयर, सिम्रिक एयरको समान १८ लाखभन्दा बढी बक्यौता रहेको छ । श्री एयरको रु १८ लाख ९९ हजार ५७८ बाँकी छ । सिम्रिक एयरको रु १८ लाख २९ हजार ७४३ रकम तिर्न बाँकी रहेको छ । 

यस्तै एयर डायनास्टिकको रु २६ हजार ३६३, प्रभु हेलिकप्टरको रु १६ हजार ६६९, माउण्टेन हेलिकप्टरको रु नौ लाख पाँच हजार २९०, मनाङ एयर रु ९१ हजार ३२२, फिस्टेल एयरको रु तीन लाख ६४ हजार ३६५ बाँकी रहेको छ । 

आन्तरिक र अन्तर्रास्ट्रिय उडानमा रहेका विभिन्न वायु सेवा कम्पनीले रु ६६ करोड ३९ लाख ४६ हजार ३०७ बक्यौता तिर्न बाँकी रहेको छ । 

बढी बक्यौता रहेको श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले विमानस्थलमा रहेको बिलिङ प्रणालीमा रहेको कमजोरीका कारण बक्यौता रकम देखिएको बताउनुभयो । 

“हामी बक्यौता रकम तिर्न तयार छौँ, विमानस्थल कार्यालयले आफ्नो प्रणालीलाई व्यवस्थित गर्न नसक्दा समस्या भएको छ, हाम्रो नतिर्ने नियत होइन”, उहाँले भन्नुभयो । सो एयरको आठ वटा हेलिकप्टर सञ्चालनमा छन् । त्यसमा रसियामा निर्मित एमआई १७ हेलिकप्टर छ वटा छन् भने साना दुई वटा हेलिकप्टर सञ्चालनमा छन् । 

विमानस्थल कार्यालयमा सधैँजसो बदलिने प्रमुख तथा कर्मचारीका कारण पनि आफूहरुलाई समस्या परेको जानकारी दिँदै उहाँले नियमावलीअनुसार पैसा उठाउनुपर्ने बताउनुभयो । 

यस्तै बढी बक्यौता रहेको सिम्रिक एयरका अपरेशनल म्यानेजर रमेशमान बज्राचार्यले बक्यौता रकम तिर्न कुनै समस्या नभएको बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले ताकेता गरेपछि रकम तिर्ने प्रक्रियामा लागेको र छिट्टै रकम बुझाउने उहाँको भनाइ छ । 

“पुरानो बक्यौता तिर्न बाँकी रहेको हो, हामी छिट्टै प्राधिकरणलाई रकम बुझाउँछौँ, रकम बुझाउन पनि प्राधिकरणले सहजीकरण गरिदिनुपर्छ”, बज्राचार्यले भन्नुभयो । 

सिम्रिक एयरका हाल चार वटा हेलिकप्टर सञ्चालनमा छन् । थप एक कैलाश हेलिकप्टर ल्याउने तयारीमा कम्पनी रहेको उहाँको भनाइ छ । 

प्राधिकरणले बक्यौता रकम उठाउन वायुसेवा प्रदायक कम्पनीलाई ताकेता गरेपछि विगतमा अटेर गर्दै आएका समेत रकम तिर्न तयार भएका छन् । 

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले पुरानो बक्यौता तिर्न बाँकी रहेको भए पनि आफूहरु तिर्न तयार रहेको बताउनुभयो । उहाँले प्राधिकरणले तिर्न आग्रह गरेपछि सबै वायु सेवा प्रदायक कम्पनीले रकम तिर्नु दायित्वभित्रै पर्ने विषय भएकाले संघको तर्फबाट सहजीकरण गरिने बताउनुभयो । 

तीन–तीन महिनामा बिल आउने भएकाले केही बढी रकम देखिन सक्ने भए पनि बिलअनुसारको रकम तिर्नु नै पर्ने बताउनुहुन्छ । बिलिङ प्रणालीमा रहेको समस्याका कारण पनि केही बढी रकम देखिएको प्रवक्ता आचार्यको भनाइ छ । 

बन्द भएका विमान कम्पनीको रु ११ करोड बढी बक्यौता रकम रहेको र सञ्चालनमा नै रहेका कम्पनीको रु ६६ करोड बक्यौता रहेको सन्दर्भमा हेलिकप्टर कम्पनीको पनि बक्यौता देखिएको हो । 

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कुनै पनि वायु सेवा प्रदायकलाई छुट दिन नसकिने र उनीहरुबाट बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिनुभयो । 

बक्यौता रकम उठाउन प्राधिकरणले एक छानबिन समितिसमेत गठन गरिसकेको छ । 

Muktinath Bank

– रमेश लम्साल÷सिबी अधिकारी/रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x