कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
माघ २८, २०७४
काठमाडौं, २४ माघ- अस्पतालहरूमा उपचारका लागि आउने बिरामीको विद्युतीय अभिलेख नहुँदा क्यान्सरका बिरामीको तथ्याङ्क संकलनमा समस्या भएको छ ।
अस्पतालको अभिलेखमा कतिपय बिरामीको क्यान्सर पत्ता लागेको मिति नै नभेटिएपछि योजनाअनुरूप तथ्याङ्क संकलन गर्न समस्या भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की अनुसन्धान अधिकृत रञ्जिता सुवेदीले लोकान्तरलाई बताइन् ।
‘बिरामीलाई कहिले क्यान्सर पत्ता लाग्यो भन्ने जानकारी हामीलाई चाहिन्छ, तर कतिपय अस्पतालमा यस्तो जनाकारी भेटिएन,’ सुवेदीले भनिन्, ‘हामीले प्रत्यक्ष बिरामीलाई नै भेटेर तथ्याङ्क संकलन गर्ने होइन । क्यान्सरका बिरामीले उपचार तथा थेरापी गर्ने स्वास्थ्य संस्थामार्फत तथ्याङ्क संकलन गर्ने हो ।'
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्यान्सरका बिरामीको यकिन तथ्याङ्क संकलन गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयसँग स्वीकृति लिएर गत पुस १७ गते ( १ जनावरी )देखि नेपालको जनसंख्याको आधारमा क्यान्सरका बिरामीको यकिन तथ्याङ्क संकलन शुरु गरेको हो ।
नयाँ क्यान्सरका बिरामी कति आए, कति थपिए, कुन उमेर समुहका बिरामीलाई कस्तो प्रकारको क्यान्सर छ, महिला र पुरुषमा कुन क्यान्सर बढी छ, नेपालमा कुन क्यान्सर बढी छ र क्यान्सरका बिरामी बढ्दै छन् वा घट्दैछन् ? भन्ने यकिन विवरण तयार पार्ने परिषद्को योजना छ ।
उपत्यकामा रहेका स्वास्थ्य सेवा विभाग, स्थानीय तहको वडा कार्यालय, प्याथोलोजी ल्याब, विदेशमा रहेका क्यान्सर उपचार गर्ने अस्पतालहरू लगायत विभिन्न ५० वटा स्रोतमा भएको अभिलेखमार्फत क्यान्सर पत्ता लागेका बिरामीको तथ्याङ्क संकलन शुरु गरिएको हो । क्यान्सरका बिरामीको तथ्याङ्क संकलनका लागि पहिलो चरणमा काठमाडौं ललितपुर र भक्तपुरमा ३ जना कर्मचारी परिचालन भएका छन् ।
परिषद्ले अनुसन्धान गर्ने स्रोतसँग नै बिरामीको विवरण नभेटिएपछि योजनाअनुरूप तथ्याङ्क संकलन गर्न समस्या भएको सुवेदीको भनाइ छ । अस्पतालहरूले बिरामीको विद्युतीय अभिलेख राख्नुपर्ने हुन्छ । तर अस्पतालहरूले बिरामीको संख्या मात्रै राख्ने गरेका छन् ।
नेपालमा क्यान्सरको बिरामीको संख्या कति छ र क्यान्सरका बिरामी बढ्दैछन् कि घट्दैछन् भन्ने विषयमा केन्द्रित रहेर अनुसन्धान भएको छैन ।
अस्पतालले दिएको तथ्याङ्कहरू भए पनि कुन क्षेत्रमा कति क्यान्सरका बिरामी छन् भन्ने आधिकारीक तथ्याङ्क छैन । जसका कारण नेपालमा क्यान्सरको बिरामीको संख्या अनुमान कै भरमा भनिँदै आएको छ । सरकारले क्यान्सरको बिरामीको उपचारमा १ लाख सहयोग र मासिक ५ हजार भत्ताको व्यवस्था गरेको छ । तर, बिरामीको यकिन तथ्याङ्क नहुँदा बजेट विनियोजनसमेत अनुमानकै भरमा गरिएको छ ।
बिरामीको यकिन तथ्याङ्क नहुँदा केही समयअगाडि स्वास्थ्य मन्त्रालयले क्यान्सरलगायत ३ प्रकारका बिरामीको मासिक भत्ता वितरणका लागि रकम विनियोजन गर्दा विवादसमेत भएको थियो ।
अनुसन्धानबाट क्यान्सरका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क आउने परिषद्ले जनाएको छ । बिरामीको तथ्याङ्क संकलन गर्न नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधियुक्त डाटा सिस्टम राखिएको छ । यो डाटा प्रक्रिया अन्तर्राष्ट्रिय क्यान्सर रजिष्ट्री सोसाइटीले बनाएको सफ्टवेयरमा इन्ट्री हुनेछ ।
तथ्याङ्कले क्यान्सरका बिरामीलाई सरकारले दिने १ लाख र मासिक ५ हजार दिने योजनालाई सहयोग पुग्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्राध्यापक डाक्टर अञ्जनीकुमार झाले बताए ।
उनले भने, ‘यो अनुसन्धानबाट नेपालको जनसख्याको आधारमा क्यान्सरका बिरामीको आधिकारिक तथ्याङ्क आउने हुँदा सरकारलाई क्यान्सरको रोकथामका लागि नीति तथा योजना बनाउन र बजेट विनियोजन गर्न सहयोग पुग्छ ।’
शुरुवाती चरणमा उपत्यकाभित्र तथ्याङ्क संकलन गर्न थालिएको छ । आगामी वर्षदेखि देशैभर संकलन गरिने झाले बताए । तथ्याङ्क संकलन कार्य नियमित हुने उनको भनाइ छ ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...