रूपन्देहीबाट शुरु भयो बुहारी पत्रकारिता अभियान !

बुटवल, १ फागुन-  विकास र समृद्धिको यात्रामा नेपालका एफएम रेडियोहरुलाई साथमा लिएर अघि बढ्न आग्रह गरिएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले सातौं विश्व रेडियो दिवसको अवसरमा बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले यस्तो बताएका हुन । रेडियो अभियान्ताहरुले स्थानीय तहले अब भएका रेडियोहरुसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शान्ति र विकासका लागि सामुदायिक रेडियो भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघ प्रदेश नम्बर ५ का अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले स्थानीय तहले आफैले सञ्चार माध्यम सञ्चालन गर्न आवश्यक नै नरहेको बताए । जनप्रतिनिधि जनताको सेवक भएकाले स्थानीय तहका लागि छुट्टै सञ्चारमाध्यम आवश्यक नहुने उनको भनाई छ । 

सुवेदीले समृद्ध समाज हुँदा टिभि हेरेर बस्ने फुर्सद नहुने भएकाले त्यतिखेर रेडियो नै नागरिकको सूचनाको सारथी हुने विश्वसा व्यक्त गरे । उनले अब फरक बिशेषता भएका रेडियोलाई त्यहि अनुसार सहयोग गर्ने बताए ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसार संघका अध्यक्ष सुबास खतिवडाले स्थानीय तहलाई सामुदायिक रेडियोसँग सहकार्य गरेर सामाजिक रुपान्तरण, विकास र समृद्धिमा हातेमालो गर्न आग्रह गरे । सामुदायिक रेडियोले समाजमा रुपान्तरणका लागि महत्वपूर्ण काम गरेकाले स्थानीय तह आफै एफएम खोल्ने कार्यमा लाग्दा त्यसले थप समस्या सृजना गर्ने उनको भनाई छ । 

शुरु भयो बुहारी पत्रकारिता अभियान

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले बुहारी पत्रकारिता अभियानको थालनी गरेको छ ।  सातौ विश्व रेडियो दिवसको अवसर पारेर बुटवलबाट बुहारी पत्रकारिताको थालनी गरिएको हो ।

बुहारी पत्रकारिता अभियानको ब्यानर अभियानको तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरीदेवी चौधरीले शुभारम्भ गरिन ।  ३० जना बुहारीहरुले मैनबत्ति बालेर बुहारी पत्रकारिता अभियानको थालनी गरेका थिए  । 

जागृत समाजका लागि सामुदायिक सञ्चार, समाजिक कुरित अन्त्यका लागि बुहारी पत्रकार भन्ने नाराका साथ अभियान शुरु गरिएको अकोराबले जनाएको छ । बुहारीका लागि मंगलबार र बुधबार बुटवलमा तीन दिने तालिम शुरु भएको छ ।
 

फागुन १, २०७४ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस