चलचित्र “कृ” मा सामसङ मोबाइल

फागुन २, २०७४

काठमाडौं, २ फागुन- नेपालको अग्रणी एवं विश्वासिलो स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भएको सामसङ, हालै सुरेन्द्र पौडेलद्वारा निर्देशित एवं अनमोल के.सी.द्वारा अभिनित नेपाली चलचित्र “कृ”मा ब्राण्ड समन्वय भएको छ । 
नेपाली चलचित्रका दृश्यहरुमा समेत सामसङ मोबाइलको प्रयोगबाट नेपाली समाजमा मोबाइल सम्पर्कको विशेष माध्यम हुँदै आएको कुरा अझ स्पष्ट भएको छ । हलिउड तथा बलिउडमा भने यस्तो प्रयोग पहिलेदेखि नै हुँदै आएको छ । 
स्मार्टफोनको समुहमा यो फोनले विशेष भूमिका लेखेलेको देखिन्छ । यसबाट नेपाली चलचित्रको वर्तमान प्रयोगले भिन्न तथा विशेष तरिकाबाट पनि उत्पादनको प्रबर्धन गर्न सकिने कुरामा सामसङ विश्वस्थ रहेको छ । 
“चलचित्रले समाजको भावनालाई प्रतिबिम्बित गर्दछ । नेपाली चलचित्रमा यो उत्पादनको प्रयोग भएको पाउँदा हामी अत्यन्त खुसी भएका छौं । यसले हामीलाई ग्राहकहरुसँग नजिक हुने राम्रो अवसर पनि प्रदान गरेको छ । “कृ” चलचित्रको माध्यमबाट नेपाली दर्शकमा ख्याति प्राप्त अनमोल के.सी.सँग सम्बन्धित हुन पाउँदा हर्षित छौ” आइ एम बिज, सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।
सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. को बारेमा 
सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्पmत् नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ । 
 

फागुन २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस