×

NMB BANK
NIC ASIA

पञ्जाब नेसनल बैंकमा करोडौंको घोटाला, को हुन् घोटाला गर्ने नीरव मोदी ?

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ फागुन — भारतको पञ्जाब नेसनल बैंकबाट ११ हजार ४ सय करोड भारु घोटाला भएको विषयले अहिले भारत हल्लिएको छ । देशको सबभन्दा ठूलो बैंकिङ घोटालाका मुख्य आरोपित प्रसिद्ध अर्बपति नीरव मोदी हुन् । 

गरगहना व्यवसायी मोदीको नाम विश्वका धनीहरूमा ८५औं स्थानमा छ । पञ्जाब नेसनल बैंक घोटालाका मास्टरमाइन्ड मोदी कसरी अर्बपति व्यापारी बने त ? 

मोदी संसारको हीरा राजधानी मानिने बेल्जियमको एन्टवर्पका प्रसिद्ध डायमण्ड ब्रोकर परिवारसँग सम्बन्ध राख्छन् । शुरूमा यो व्यवसायमा आउन नचाहेका मोदीलाई उनको साथीले इयररिङ डिजाइन गर्न लगाएपछि गहना डिजाइनमा रुचि जाग्यो र त्यसैलाई पेशा बनाउन थाले । 

उनले सन् १९९९ मा फायरस्टार कम्पनी बनाए । 

सन् २०१३ मा आइपुग्दा नीरव मोदी अर्बपतिहरूको फोर्ब्स लिस्टमा आइसकेका थिए । उनका गहना पसल लन्डन, न्युयोर्क, लस भेगास, हवाई, सिंगापुर, बेइजिङलगायतका १६ शहरमा छन् । 

नीरवले सन् २०१० मा आफ्नै नामबाट हीरा कम्पनी खोलेका थिए र हलिउड कलाकारहरू केट विन्स्लेट, डकोटा जोन्सन जस्ता कलाकारले उनका गहना मन पराएपछि उनले अन्तर्राष्ट्रिय पहिचान पाए । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x