×

NMB BANK
NIC ASIA

गाउँ–गाउँमा खुल्न थाले बैंक शाखा, ‘शहरको जस्तो’ सुविधा छैन

फागुन ७, २०७४

NTC
Premier Steels

काठमाडौं, ७ फागुन– संघीयता कार्यान्वयसँगै स्थानीय तहमा वित्तीय पहुँच बढिरहेको छ ।  अहिले सरकारले नै सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा बिस्तार गर्न जोड दिएपछि सोही अनुरुप पहुँच बढिरहेको देखिएको छ । 

Muktinath Bank

१ सय ९ स्थानीय तहमा बैंक छैन


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय संरचनाअनुसार बनाइएका सात सय ५३ स्थानीय तहमध्ये हालसम्म ६ सय ४४ स्थानीय तहमा बैंक शाखा पुगिसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘अझै १ सय ९ स्थानीय तहमा बैंकको सेवा पुग्न बाँकी छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘नपुगेका बाँकी ठाउँमा पनि पुर्याउने कोशिश गरेका छौं ।’


Advertisment
Nabil box
Kumari

जनसंख्याका आधारमा पनि बैंकको पहुँच बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक र उन्नति नामक संस्थाले गत वर्ष गरेको अध्ययनले ६० प्रतिशत जनतामा बैंक तथा वित्तीय पहुँच पुगेको देखाएको थियो । संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेपछि बैंक तथा वित्तीय संस्थाको पहुँच बढेको देखिन्छ । ‘अहिले अझै धेरै जनसंख्यामाझ बैंकिङ पहुँच पुगेको हुनुपर्छ,’ प्रवक्ता पौडेलले भने, ‘बैंक तथा बित्तीय संस्थाको पहुँच अहिले ह्वात्तै बढेको देखिन्छ ।’

Vianet communication

धमाधम मर्ज

योसँगै नेपाल राष्ट्र बैंकले जारी गरेको बैंकहरुलाई चुक्ता पुँजी बढाउँदै मर्जर तथा ‘एक्विजिसन’ नीति पनि कार्यान्वयन भए पछि बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्ने कार्यलाई तीब्रता दिएका छन् । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्ध–वार्षिक समीक्षाअनुसार बैंक तथा वित्तीय संस्थाको संख्या, सम्पूर्ण शाखाहरु सहित ५ हजार ५ सय ९२ वटा पुगेको छ । 

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकको शाखा सबै भन्दा धेरै २ हजार ४ सय ६२ वटा पुगेका छन् भने लघुवित्त वित्त वित्तीय संस्थाहरुको शाखा २ हजार १ सय २१ वटा रहेका छन् । यसैगरी, विकास बैंकहरुका शाखा ८ सय ४६ र वित्त कम्पनीका शाखा १ सय ६३ वटा पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  हाल २८ वटा वाणिज्य बैंक, ३६ वटा विकास बैंक, २५ वटा वित्त कम्पनी र ५८ वटा लघुवित्त कम्पनी गरी कुल १२८ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् ।

खासगरी, २०४१ पछि वित्तीय क्षेत्रमा अँगालिएको उदार नीतिले नेपालमा विदेशी लगानीका बैंकले शाखा खोल्ने कार्यलाई तीव्रता दिएपछि विस्तारै जनस्तरमा बैंकको पहुँच बढिरहेको छ ।  तर अझै कतिपय ग्रामिण बस्ती बैंक तथा वित्तीय संस्थाको पहुँचभन्दा निकै टाढा रहेको गुनासो छ । 

२०४१ सालपछि विदेशी लगानीका नेपाल अरब बैंक (अहिले नबिल बैंक), इन्डोस्वेज बैंक (अहिलेको नेपाल इन्भेस्टमेन्ट बैंक), ग्रिण्डलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंक) लगायत बैंक नेपालमा आएपछि बैंकहरुको संख्या विस्तारै बढेको हो । हाल बैंकहरुमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको क्षेत्रको लगानीमा निजी क्षेत्रमा बैंकहरू सञ्चालन भइरहेका छन् ।

वित्तीय संस्थालाई व्यवस्थित गर्ने भन्दै नेपाल राष्ट्र बैंकले अहिले नयाँ बैंक तथा वित्तीय संस्था खोल्न अनुमति दिने काम बन्द गरेर वित्तीय संस्थाहरू गाभ्ने कुरामा जोड दिएको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकले ग्रामिण स्तर बैंकको पहुँच बढेको देखिए पनि स्थानीय तहमा वित्तीय ज्ञान तथा प्रभावकारिता अभाव रहेको स्थानीय बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x