×

NMB BANK
NIC ASIA

नाटकमा पोखिँदै महिलाका पीडा, विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव

फागुन २३, २०७४

NTC
Premier Steels

विराटनगर, २३ फागुन-नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा मंगलबारदेखि बिराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव शुरु भएको छ ।

Muktinath Bank

आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाट्य महोत्सव शुरु भएको हो । महोत्सवको १ नम्बर प्रदेशका आन्तरिक तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । उनले नाटकको संवाद प्रस्तुत गरेर महोत्सवको उद्घाटन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवारसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन ३ वटा नाटक मञ्चन हुनेछन् । आरोहण गुरुकुल, दहेजमुक्त मिथिला र मैथिली सेवा समिति सहआयोजक रहेको महोत्सवको पहिलो दिन प्रियंका झाको लेखन तथा निर्देशन रहेको ‘कथा नई भेटल’, भरत गुरागाईंको ‘बन्द बाकस’ र कविता नेपालको ‘सुनामी’ नाटक मञ्चन गरिएको छ ।


Advertisment
Nabil box
Kumari

मैथिली भाषाको ‘कथा नई भेटल’मा झा आफैँ, नेपाली भाषाको ‘सुनामी’मा नेपाल आफैँ र ‘बन्द बाकस’मा अनु श्रेष्ठले अभिनय गरे । हरेक नाटकमा विभिन्न समुदायको भाषा, संस्कृति झल्किन्छ ।

Vianet communication

बुधबार ज्योति राईको ‘विसंगत’, बंसरी पाण्डेको ‘म रुपियाँ’ र वसन्ता सुनुवारको ‘वरी’ मञ्चन हुने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले जानकारी दिए ।

काठमाडौंकेन्द्रित रंगमञ्चलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले नेपालमै पहिलोपटक महिला नाट्य महोत्सव गरिएको होे । ‘महिलालाई रंगमञ्चमा आकर्षित गर्न महोत्सव गरिएको हो,’ उनले भने, ‘यसले रंगमञ्चमा महिलाको उपस्थिति बलियो हुने आशा लिएका छौँ ।’

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा १० देखि ३० मिनेटका नाटक मञ्चन हुने सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । ‘तीन दिनसम्म मञ्चन हुने ९ वटा नाटकमा दर्शकले सिंगो नेपाल पाउनुहुनेछ,’ थापाले भने ।

नाटक हेर्नको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

उद्घाटन समारोहमा मन्त्री कार्कीले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता जनाए ।

‘प्रदेश सरकार भर्खरै गठन भई ऐन, कानुन बन्ने प्रक्रियामा छ,’ मन्त्री कार्कीले भने, ‘कस्तो ऐन कानुन बनाउँदा कला र साहित्य अनि संस्कृतिको विकास हुन्छ, हामी त्यसैअनुसारको कानुन बनाउन तयार छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x