×

NMB BANK
NIC ASIA

‘आँखा जुध्यो’ मा रमाए, ‘बोक्सी उद्योग’ मा रोए

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौ, ९ बैशाख- मध्यपश्चिम क्षेत्रमा लोकप्रीय भाका सिंगारु गीत ‘आँखा जुध्यो’ को अडियो तथा भिडियो एक कार्यक्रमबिच शनिबार सार्वजनिक गरिएको छ । बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत,पूर्वसासद हरिचरण शाह,सिस्टर नेपालकी अध्यक्ष नन्दा बस्याल लगायतले गीत र म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

Muktinath Bank


पूर्णकला बिसी र शिव संगितको आवाजमा रहेको ‘आँखा जुध्यो’ गीतको लय तथा शब्द संकलन तिलक खड्काले गरेका हुन् । बिबी अनुरागीको संगित संयोजन तथा प्रकाश भट्टको निर्देशनमा रहेको यो गीतको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र नन्दा बस्यालको अभिनय छ । सिस्टर नेपालद्धारा आयोजित कार्यक्रममा लालटिन नेपालले नाटक प्रस्तुत गरेको थियो । बोक्सीप्रथा विरुद्ध जनचेतनामुलक नाटकले दर्शकको मन जित्न सफल भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामकुमार एलनको लेखन तथा टार्जन दाहाल र केसी राजाको निर्देशन रहेको ‘बोक्सी उद्योग’ नाटकमा केसी राजा,नीतु पौडेल,बालानन्द मैनाली,संजिव राई,रुपेश राई,अंकिता राई र पदम घिमिरेको अभिनयले दर्शकलाई मनोरन्जनका साथै भावुक बनायो । एकल महिलामाथी समाजको कुदृष्टि र बोक्सीको आरोपमा गरिने हत्यामा केन्द्रित नाटकले दर्शकको आँखा रसाए ।


Advertisment
Nabil box
Kumari


कार्यक्रममा बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकका विभिन्न क्षेत्रमा लोकप्रीय भाकाहरुलाई संकलित गरेर नेपाली संगितलाई अझ मजवुत बनाउनुपर्ने बताए । मन्त्री बस्नेतले भने,‘आर्थिक समृद्धिले मात्र मुलुकको विकास हुने होइन,कला,संस्कृतिको विकास बिना मुलुकको समृद्धि सम्भव छैन ।’

Vianet communication
Laxmi Bank


कार्यक्रममा झ्याउरे भाका लगायत पश्चिमेली कला संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x