×

NMB BANK
NIC ASIA

सरकारको चेतावनीपछि यातायात व्यवसायीको यस्तो तयारी

बैशाख १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० वैशाख– आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारबाहीको तयारी गरिरहँदा व्यवसायी भने चल-अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् ।

Muktinath Bank

सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग नगरे बैंक खाता रोक्कालगायतका कारबाही गर्ने चेतावनी दिएको छ । यस्तै, सरकारले साउन १ गतेदेखि देशभरका यातायात समिति नै नवीकरण नगर्ने निर्णय गरिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको निर्णयपछि व्यवसायीले बैंक खाताबाट धमाधम रकम निकालेको पाइएको छ भने केही समितिले भौतिक सम्पत्ति नै बेचबिखनको प्रयास गरेको पनि खुलेको छ ।आइतबार बूढानिलकण्ठ मिनिबस व्यवस्था समितिका पदाधिकारीहरू आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न चाबहिलस्थित मालपोत कार्यायल पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

तर, उनीहरूको प्रयाश भने सफल हुन सकेन । संस्थाको नाममा रहेको जग्गा पछि आफ्नो नाममा नआउने हो कि भन्ने डरले समितिहरूले जग्गा बेच्न सुरु गरेको गृह मन्त्रालयको बुझाइ छ ।

Vianet communication
Laxmi Bank

स्रोतका अनुसार मालपोत कार्यालय चाबहिलले नै समितिको नाममा रहेको जग्गाको स्वामित्व व्यक्तिको नाउँमा हस्तान्तरण गर्न अस्वीकार गर्यो । 

बूढानिलकण्ठ मिनिबस व्यवस्था समितिले आफ्नो नाममा रहेको साविकको विष्णु–बूढानिलकण्ठ गाविस (हालः कपन नगरपालिका)मा रहेको ५ आना जग्गा बिक्री गर्न आएको मालपोत कार्यालय चाबहिलका प्रमुख बद्री कार्कीले जानकारी दिए । “उहाँहरू जग्गाको स्वामित्व हस्तान्तरण गर्नुपर्यो भनेर आउनुभयो,” कार्कीले भने, “हामीले यातायात व्यवस्था विभाग र प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्यौ र संघसंस्थाको सम्पत्तिको स्वामित्व हस्तान्तरण गर्न नपाइने निष्कर्षपछि यसलाई रोक्यौं ।” 

बूढानिलकण्ठ मिनिबस व्यवस्था समितिको नाममा साविकको विष्णु–बूढानिलकण्ठ गाविस ३ (क) स्थित कित्ता नम्बर १०३० को ५ आना २ पैसा जग्गा छ । यस्तै, उक्त समितिसँग अन्यत्र पनि भौतिक सम्पत्ति रहेको हुनसक्ने बताइएको छ ।

भौतिक सम्पत्तिका साथै समितिका नाममा करोडौं नगद रहेका अनुमान गरिएको छ । संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका संघ तथा संस्थाहरूले आफूखुसी जग्गा-जमिन बिक्री गर्न नपाउने व्यवस्था रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताए ।

“संस्था दर्ता ऐनमा स्पष्ट रूपमा सरकारी स्वीकृतिबिना जग्गा बिक्री गर्न नपाइने नियम रहेकाले यातायात समितिहरू पनि उक्त ऐनअन्तर्गत नै दर्ता भएकाले उनीहरूलाई पनि सोही नियम लाग्छ,” उनले भने, “अब देशभर रहेका समितिबाट जग्गाको स्वामित्व हस्तान्तरणमा थप कडाइ गर्छौं ।” 

सरकारले सिन्डिकेटको खारेजीसम्बन्धी प्रक्रिया सुरु गर्नुअघि पनि संघसंस्थाहरूले आफूखुसी जग्गाको स्वामित्व हस्तान्तरण गर्न पाउने व्यवस्था नै थिएन । सिन्डिकेट अन्त्य हुनै लाग्दा यातायात समितिहरूले भएको जायजेथा बिक्री गरेर दामासाहीले रकम बाँड्न लागेको आशंका सरकारले गरेको छ ।

यस्तै, विभिन्न बैंकमा रहेको समितिहरूको रकम निकासामा समेत रोक लगाउने तयारी सरकारले गरेको छ । सरकारले लिएको निर्णय कठोर भएकाले त्यसबाट समितिहरूको सम्पत्ति आफ्नो हातबाट गुम्नसक्ने देखिएको छ ।,काराेबारमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x