×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगर देखाउने 'ऐना', तर पनि ओझेलमा छ जर्वुटा

बैशाख १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, १० वैशाख– कर्णालीको राजधानी वीरेन्द्रनगरलाई एकै स्थानबाट अवलोकन गर्ने ठाँउ कुन होला ? उत्तर हुन्थ्यो गढी, छेडा...तर त्यो भन्दा झनै नजिक र पुरै वीरेन्द्रनगर अवलोकन गर्न सकिने स्थान जर्वुटा हो । लप्सि, केरा, कागती, काफल, बाँस, अग्र्यानिक खाद्यबालीको उत्पादन हुने उक्त जर्वुटामा धेरै वर्ष पहिले एक हेलिकप्टर समेत आएको स्थानीयको भनाइ छ ।

Muktinath Bank

वीरेन्द्रनगरको नेवारेबाट जम्मा साढे चार किलोमिटरको दुरीमा रहेको जर्वुटामा बसेर वीरेन्द्रनगर नियाल्ने र त्यहाँ पाईने फलफुलहरु खाँदै रमाइलो गर्दा स्वर्गको अनुभूति हुने स्थानीय रक्षा खड्का बताउँछिन् । ‘यहाँ अर्गानिक उपजहरु उत्पादन हुने र चारैतिरका दृश्य अवलोकन गर्न सहज स्थान भएकोले वीरेन्द्रनगर नगरपालिकाका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ,’ उनले भनिन्,  ‘नगरको सहयोगमा बल्ल सडक पुगेको छ, स्थानीय जनप्रतिनिधिप्रति भरोसा लागेको पनि छ, केही विकास होला भन्ने ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णालीको राजधानीसमेत भएको वीरेन्द्रनगरको सबैभन्दा नजिकको पर्यटकीय स्थल भएकाले आफूहरुले सबैभन्दा पहिले सडक सञ्जाल पुर्याउन विशेष पहल गरेको सडक निर्माण समितिका अध्यक्ष पार्वती थापाले बताइन् । ‘हिजो उपभोक्ता समितिको अध्यक्ष म बन्दा सडक नखन्न चेतावनी दिइएको थियो । रगतका खोला बगाउने धम्कि आएको थियो,’ विगत सम्झिँदै थापाले भनिन, ‘अहिले १० वर्षपछि सडकलाई जुर्वटासम्म लैजान सहज भएको छ । अब एक लडाइँ समापन भएको मैले अनुभूति गरेकी छु ।’


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोक प्रसाद चालिसेले वडा कार्यालय जर्वुटा डाँडालाई पर्यटकीय क्षेत्रको रपमा विकास गर्न लागिपरेको बताए । ‘हामीले अहिले बल्ल सडक ल्याएका छौं । आगामी ५ वर्षभित्र यो क्षेत्रलाई दोश्रो मनकामनाको रुपमा विकास गर्ने योजनामा हामी छौं,’ उनले भने, ‘पर्याप्त खानेपानी, अग्र्यानिक उत्पादनहरु छन् । हामीसँग धेरै स्रोत र साधनहरुसमेत छन् ।’ 

अध्यक्ष चालिसेले सबैभन्दा पहिले जर्वुटाको समग्र विकासको गुरुयोजना बनाउने बताए । ‘हामी पहिले गुरुयोजना बनाउँछौं,’ उनले थपे, ‘त्यसका साथै हामीले नेवारे देखि जर्वुटासम्म केबलकार सञ्चालनबारे अध्ययन समेत गराउनेछौं ।’ 

कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले जर्वुटा आफैमा सुन्दर र मनमोहक ठाँउ भएको बताइन् । ‘यो क्षेत्र अन्य क्षेत्रको तुलनमा राम्रो, फराकिलो र सुविधासम्पन्न रहेछ,’ उनले भनिन्, ‘हामी यो क्षेत्रको विकासका लागि विशेष पहल गर्छौं ।’ कार्यवाहक नगरप्रमुख ढकालले दूध, दही, फलफूलका लागि जर्वुटा राम्रो पकेट क्षेत्र बनाउन सकिनेबारे अध्ययन गर्ने बताइन् । ‘हामी नगरको तर्फबाट यो क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने बारे सक्दो सहयोग गर्नेछौं,’ उनले भनिन्, ‘यसका लागि स्थानीयको थप सक्रियता आवश्यक रहेको छ ।’

किन जाने जर्वुटा ?

वीरेन्द्रनगरदेखि करिब १५ मिनेटमा (गाडीमा) सहजै पुग्न सकिने स्थान हो जर्वुटा । नेवारेदेखि साढे ४ किलोमिटर टाढा रहेको जर्वुटाबाट सुर्खेत उपत्यकाको पुरै अवलोकन गर्न सकिन्छ । 
जर्वुटाबाट दाहालडाँडा, नयाँ गाउँ, जामुन डाँडा, गरगरे, खोरिया, रानीमत्ता, सिद्धपाइला आदि स्थानहरुको समेत दृश्यवलोकन गर्न पाइन्छ । अझ भन्दा सबैभन्दा उत्कृष्ट त स्वच्छ हावा पाइन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x