×

NMB BANK
NIC ASIA

संकटमा देउवा : यसकारण बोलाउँदैनन् विशेष महाधिवेशन

बैशाख १२, २०७५

NTC
Premier Steels

काठमाडौं, १२ वैशाख– आफैंले मनोनयन गरेका केन्द्रीय सदस्य गगन थापासहितका युवा नेताहरूले महासमिति बैठक र शीघ्र महाधिवेशन बोलाउन केन्द्रीय समितिमा प्रस्ताव दर्ता गराएपछि कांग्रेस सभापति शेरबहादुर देउवा तनावमा परेका छन् । 

Muktinath Bank

कांग्रेसभित्र देखिएको संकट समाधानको विषयमा कुरा गर्न सम्पर्क गर्दा एक नेताले एउटा किस्सा सुनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकजना सम्पन्नशाली व्यक्ति हेलिकप्टर चढेर गाउँ जाँदै रहेछन् । एउटा गाउँमाथि पुगेपछि उनले एक भेडा गोठालोलाई देखेछन् । त्यो गोठालो कुकुरलाई समेत साथमा लिएर भेडा चराइरहेको थियो । कुकुर उसले भेडाको रेखदेख गर्न ल्याएको थियो ।


Advertisment
Nabil box
Kumari

हेलिकप्टरमा सवार व्यक्तिलाई त्यो गोठालोसँग भलाकुसारी गर्न मन लागेछ । उनले हेलिकप्टर त्यहीँ अवतरण गराएछन् ।

Vianet communication

गोठालो पनि अलि गाफाडी पाराकै रहेछ । कुराकानीका क्रममा उसले हेलिकप्टरमा आउने व्यक्तिलाई सोधेछ, ‘यहाँ कतिवटा जन्तु छन् ? उत्तर मिलाउनुभयो भने एउटा गाई दिन्छु । ती पाहुनाले फ्याट्टै भनेछन्, ‘तिमी र म बाहेक ३३ वटा ।’

संख्या पत्ता लगाएपछि गोठालाले पाहुनालाई एउटा जन्तु दियो, गाई भनेर । ‘गाई’ पाइसकेपछि पाहुनाले गोठालासँग सोधेछन्– ‘यो पत्ता लगाउने मानिस को हो ?’ गोठालाले एकछिन अन्कनाएर भनेछ, ‘तपाईं शेरबहादुर देउवा हो ।’

पाहुनाले उसलाई सोधेछन्, ‘कसरी थाहा पाउनुभयो ?’

त्यो गोठालोले जवाफ दिएछ, ‘मैले तपाईंलाई दिएको जन्तु कुकुर हो, तर तपाईंले गाई नै भन्ठानेर स्वीकार्नुभयो । गाई, भेडा र कुकुर छुट्याउन नसक्ने मान्छे देउवा नभएर अरु को हुन्छ ?’ 

ती नेताले यो किस्सा सुनाउनुको कारण पनि भने, ‘देउवाले आफ्ना मान्छे नै चिन्दैनन् !’

...................

महासमिति बैठक र विशेष महाधिवेशन बोलाउनु पर्ने केन्द्रीय सदस्यहरूको प्रस्तावले देउवामाथि दबाब बढेको छ । गगनलगायतका सातभाइ मात्र होइन, महाधिवेशनमा देउवालाई प्रस्ताव गर्ने कुलबहादुर गुरुङले समेत समर्थन फिर्ता लिइसकेका छन् । प्रकाशमान सिंहले त कांग्रेसको साख सखाप पारेको भनेर देउवामाथि ४१ आरोप लगाइसकेका छन् । तर देउवा टसको मस छन् ।

गगन लगायत सातजनाले अगाडि सारेको प्रस्तावलाई देउवाले त्यसै लत्याउन सक्दैनन्, संख्यात्मक रूपमा थोरै भए पनि कांग्रेसभित्र सो प्रस्तावको रणनीतिक महत्त्व छ । सातभाइको नेतृत्व गगनले गरेका छन्, र गगन अहिले कांग्रेसभित्रका आकर्षक अनुहार हुन् । कुनै बेला नरहरि आचार्यसँग मिलेर गणतन्त्रको नारा लगाउँदा गिरिजाप्रसाद कोइरालाले गगनलाई दरबारबाट परिचालित भएको आरोप लगाउन पछि परेनन् । पछि कांग्रेस लत्रेर गणतन्त्रको एजेण्डामा जान बाध्य भयो, भलै कांग्रेसमा गणतन्त्र स्वीकार नगर्ने तप्का बाँकी नै होला ।

गगन, धनराज र चन्द्र भण्डारीको प्रस्तावले कांग्रेसमा आगामी दिनमा ठूलो बहस ल्याउने छ । बहुसंख्यक कांग्रेस कार्यकर्ता अहिलेको नेतृत्वबाट आफ्नो भविष्य सुनिश्चित देखिरहेका छैनन् । विशेष महाधिवेशन आयोजना नगरिए पनि दुई वर्षपछि हुने महाधिवेशनमा देउवा सरकारले गरेको प्रस्तावअनुसार ‘सामाजिक सुरक्षा भत्ता’ दावी गर्ने उमेरका नेताहरूले विश्राम पाउने सम्भावना ज्यादा छ । देशमा वामपन्थी शक्तिहरू हावी हुँदा पुरानो लिगेसी बोकेको कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको टिप्पणी भइरहेको छ ।

देउवामाथि आफूइतर समूह मात्र होइन, आफ्नै समूहबाट झनै प्रेसर छ, जसका कारण महाधिवेशनबाट सभापति बनेको दुई वर्ष बितिसक्दा समेत उनले पदाधिकारी मनोनयन गर्न सकेका छैनन् । स्वर्गीय खुमबहादुर खड्कादेखि बिमलेन्द्र निधिसम्मलाई उपसभापति बनाउने आश्वासन दिएका देउवाले कसलाई विभुषित गर्ने हुन् भन्ने देउवा समूहकै नेताले पत्तो पाउन सकेका छैनन् ।

पदाधिकारी मनोनयनमा देखिएको किचलोका कारण प्रियपात्र भनिएका बालकृष्ण खाँडले समेत संसदीय दलको मुख्य सचेतक बन्न देउवाले गरेको प्रस्ताव सहज ग्रहण गरेनन् । ‘आफ्नो दुनो सोझ्याउन सबैलाई प्रयोग गर्ने उपयोगितावादको राजनीतिबाट देउवा ग्रसित छन्,’ कांग्रेसका एक पूर्वकेन्द्रीय सदस्यले भने ।

देउवाका रणनीति 

चुनावमा पराजयलगत्तै देउवामाथि नेतृत्व छाड्नुपर्ने दबाब आयो । केन्द्रीय समिति बैठकमा कृष्णप्रसाद सिटौलाले भने, ‘देश कम्युनिस्टहरूले कब्जा गरिसके, तपाईंको ध्यान पार्टी कब्जामा छ ।’ आफूमाथि नेतृत्व छाड्न र विशेष महाधिवेशनको माग गर्ने युवाहरूमा विभाजन ल्याउन देउवाले विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिए ।

विश्वप्रकाशलाई प्रवक्ताको जिम्मेवारी दिनुको खास कारणचाहिँ आफूविरुद्ध युवानेताहरूको आवाज मत्थर गर्नु हो । गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा लगायतको आवाज मिल्यो भने आफूलाई अप्ठ्यारो पर्ने देउवाको बुझाइ छ ।

अहिले विशेष महाधिवेशनको माग गर्ने नेताहरूलाई पनि पदको लोभमा विभाजन ल्याउन सक्छन् देउवा । तर उनले विशेष महाधिवेशन बोलाउने सम्भावना भने छैन । बरु नेतृत्वको आलोचना गर्नेहरूलाई पदको लोभ दिन छाडेका छैनन् ।

महामन्त्री डा. शशांक कोइरालाले नेतृत्वको अक्षमताका कारण पार्टी एकजुट हुन नसकेको भनेर आलोचना गर्न थालेपछि देउवाले आफू निकट केन्द्रीय सदस्यबाट शशांकलाई भावी सभापतिका रूपमा चित्रित गर्न पछि परेनन् ।

देउवा निकटस्थ नेताहरूका अनुसार उनले आलोचकहरूको मुख थुन्न देउवाले आगामी असार–साउनसम्ममा महासमिति बैठक बोलाउन सक्छन्, तर विशेष महाधिवेशन बोलाउँदैनन् । ‘प्रधानमन्त्री बनेर चुनाव गराउन नसकेको भनेर अक्षमको आरोपमा पदच्युत भएका देउवाले पार्टी चलाउन नसकेर भाग्यो भन्ने सन्देश दिन चाहान्नन्,’ कांग्रेसका अर्का एक नेताले भने ।

लाचार बन्दै पौडेल समूह

एकअर्काको अस्थित्व स्वीकार्न नसकिरहेको रामचन्द्र पौडेल समूह पार्टीभित्र लाचार छाया बन्दै गएको छ । देउवाइतर समूहको नेतृत्व गर्ने पौडेल आफ्ना पक्षका कार्यकर्ताको मनोबल बढाउनुको सट्टा गृहजिल्लामा गएर ‘आत्महत्याका’ कुरा गरिरहेका छन् ।

कोइराला परिवारका सदस्यले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भन्दै खुट्टा उचालेपछि रामचन्द्र थाकेको मुडमा देखिएका छन् । आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भन्दै कोइराला परिवारका सदस्यत्रय शेखर, शशांक र सुजाताबीच पटक–पटक छलफल भइरहेको छ ।  गणेशमानपुत्र प्रकाशमानले पनि नेतृत्वको दाबी सहित संसदीय दलको चुनावमा देउवाविरुद्ध उम्मेदवारी दिए । 
आफू इतरको समूहमा आएको फूट र कलहबाट देउवा दंग छन् । ‘आजै देउवाले छाड्यो भने नेतृत्वको विषयलाई लिएर कुटाकुट हुन्छ,’ देउवा समूहका नेता भन्छन् ।

कांग्रेस महासमिति सदस्य एवं पूर्वसांसद रामहरि खतिवडा केन्द्रीय समितिमा भइरहेको रमिताका कारण कांग्रेस कार्यकर्ताहरू निरास भएको बताउँछन् । ‘नाङ्गो भएर पार्टीलाई आलोचनाको केन्द्रविन्दु बनाउँदा कार्यकर्तामा निरासा छाएको छ,’ खतिवडाले लोकान्तरसँग भने, ‘महासमितिको बैठक बोलाएर विवाद निरूपण गर्नुपर्छ । विवाद गरेर रंगिन अखबार भर्ने काम गर्नु हुँदैन ।’

कांग्रेसका अर्का नेता लोकेश ढकाल भने केन्द्रीय समितिमा आएको प्रस्तावले देउवाको कार्यशैलीमा कुनै परिवर्तन आउने सम्भावना देख्दैनन् । ‘देउवामा त्यस्तो नैतिकता हुन्थ्यो भने पार्टी पराजयको जिम्मेवारी लिनुपर्दथ्यो, तर उहाँको कार्यशैली प्रजातान्त्रिक पार्टीको सभापतिजस्तो छैन,’ ढकालले लोकान्तरसंग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x