×

NMB BANK
NIC ASIA

थुनामा रहेका सांसद निलम्बनमा पर्ने कि नपर्ने ?

बैशाख १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १३  वैशाख- तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन हुने वा नहुने प्रावधानमा दलहरूबीच विवाद हुँदा प्रतिनिधिसभा नियमावली मस्यौदाको कार्य प्रभावित बनेको आजको गोरखापत्रमा खबर छ  । 
नियमावली मस्यौदा समितिमा विवादित विषयमा पछिल्लाा तीन बैठकमा कुनै सहमति नभएपछि विवादित विषयमा शीर्ष नेताबीच परामर्श गर्ने तयारी गरिएको छ । शीर्ष तहको परामर्शबाट पनि विवादित विषय टुङ्गो नलागे बहुमतीय प्रक्रियाबाट नियमावलीको छिनोफानो हुनेछ । 

Muktinath Bank

प्रतिनिधिसभा नियमावली मस्यौदा अन्तिम चरणमा छ । तर, फौजदारी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका सदस्यलाई निलम्बन गर्ने वा नगर्ने विवादमा दलहरू फसेका छन् । तीन वर्षभन्दा माथिको कैद सजाय हुने मुद्दामा पुपक्र्षका लागि थुनामा रहेको अवस्थामा सदस्यलाई निलम्बन गर्नुपर्ने अडानमा एमाले र माओवादी केन्द्र छन् । नेपाली काँग्रेस तथा राष्ट्रिय जनता पार्टी निलम्बनको विपक्षमा छन् । 
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले नियमावलीका धेरै विषयमा सहमति भए पनि केही विषयमा विवाद भएकाले तत्काल नियमावली पारित हुन नसकेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकी ऐन अदालती बन्दोबस्त ११८(२) को व्यवस्थाअनुसार तीन वर्ष वा सोभन्दा बढी कैद हुने मुद्दामा अभियुक्तलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार पुपक्र्षमा रहेका सांसदको पद निलम्बन हुने वा नहुने विषय नियमावलीमा छ । नियमावलीमा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा पद निलम्बित हुने व्यवस्था पारित भएमा हाल थुनामा रहेका राजपा सांसद रेशमलाल चौधरीको सांसद पद निलम्बित हुनेछ । 
तीन वर्षभन्दा कम कैद सजाय ठहर भई धरौटीमा रिहा भएको अवस्थामा पद निलम्बनमा पर्ने छैन । तोकिएको धरौटी बुझाउन नसकेर जेलमै रहेको अवस्थामा पनि सदस्य पद निलम्बनमा पर्ने छैन । सुनुवाइ समितिमा दुवै सदनमा प्रतिनिधित्वको अनुपात नियमावली मस्यौदा समितिले टुङ्गो लगाएको छ । समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन सदस्य रहनेछन् । पदाधिकारीको अनुमोदन बहुमतबाटै हुनेछ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x