माघ २५, २०८०
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
नेपालका समकक्षीको निम्तोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज शुक्रवार जनकपुर हुँदै काठमाडौं आउँदै हुनुहुन्छ । यसपल्टको दुईदिने भ्रमणलाई राजकीय भनिएको छ । कूटनीतिकवृत्तमा यसको आफ्नै अर्थ, महत्व होला ।
प्रधानमन्त्रीको हैसियतमा मोदीको तेस्रो भ्रमणलाई प्रेसमा तीर्थाटन भनेको पनि पाइएको छ । पशुपतिनाथ र मुक्तिनाथका दर्शन-पूजाहरूको सिलसिला हेर्दा यसलाई अतिसयोक्ति भन्न पनि मिल्दैन । हिन्दुत्वको पृष्ठभूमिमा संगठित भारतीय जनता पार्टीका नेता भएको हुनाले मोदीले आफ्नो धार्मिक विश्वास र मान्यतालाई सार्वजनिक ढङ्गले नै प्रकट गर्दै आएको देखिन्छ । वैदिक सनातन हिन्दू पध्दति र परम्पराले अनुप्राणित संस्कृतिमा हुर्के-बढेका बासिन्दाहरूको बाहुल्य भएको नेपालमा मोदीको आगमनले अनुकूल प्रभाव पार्नु अनौठो भएन । ऐतिहासिक पक्ष यसैमा छ ।
तर यो साँस्कृतिक आयाम बहु-आयामिक द्विपक्षीय सम्बन्धको एउटा आयाम मात्र हो । राजनीतिकस्तरमा नेपाल-भारत सम्बन्ध सन् १९४७ मा भारत नामक देश अस्तित्वमा आएपछि मात्र निर्माण भएको हो । यस यथार्थबाट टाढा रहेर दिइने अभिव्यक्तिबाट नेपालीहरूले बहकिनु हुँदैन । हिमालयको काखमा रहेको अध्यात्मभूमि नेपालको इतिहास विश्वका धेरै देशहरूको भन्दा सबल र सम्पन्न छ । दिल्लीको किल्लाबाट विगत सात दशकदेखि भारतको शासन गर्ने नेतागण र तिनको कर्मचारीतन्त्रले यस वस्तुतथ्यलाई बेला-बेलामा बिर्सने गर्छन् र भूगोलको आकारलाई आधार मानेर छर-छिमेकका मुलुकलाई हेप्ने, करेप्ने गर्छन् ।
करिव तीनवर्ष अघि नेपालमाथि दिल्लीले थोपरेको आर्थिक नाकाबन्दी यस परिप्रेक्ष्यको सग्लो प्रमाण हो । कुनै पार्टी वा तिनका नेता विशेषसित खास मामिलामा असहमति भएकै थियो भने पनि त्यस बापत नेपालका मैत्रीपूर्ण जनतालाई नाकाबन्दीको सकसमा पार्नुलाई कदापि न्यायोचित कदम मान्न सकिंदैन । त्यस क्रममा नेपालमा भारत-विरोधी भावना विस्तार भयो; नेपालको युवापुस्ता समेत भारतको छिमेकी नीतिबाट झस्किन पुगेको छ । यसबाट हुने दूरगामी असरको प्रभाव नेपाल-भारत सम्बन्धमा पर्नु अपरिहार्य छ ।
त्यसैगरी, सिङ्गो नेपालबाट आफ्नो देशका लागि सद्भाव आर्जन हुने ठाउँ छँदाछँदै क्षेत्रीय तहमा विद्वेष फैलाउने तराईको एक समूहलाई काखीच्याप्ने जस्तो दुष्कार्यलाई दुरुत्साहन गरेपछिका परिणति नराम्रो हुनु पनि अवश्यम्भावी थियो । सम्भवत: दिल्लीका शासकहरूलाई अब यस कुराको अनुभूति भएको छ ।
नरेन्द्र मोदीबाट अहिलेको भ्रमणको उपयोग यी चर्चित पक्षहरूमा यतिञ्जेल देखिएको यसप्रकारको असहजतालाई सम्बोधन गर्ने दिशामा उपयुक्त पाइला चालिन सक्छ । हाल सामाजिक सञ्जालको माध्यमद्वारा नेपालबाट प्रतिध्वनित भएका स्वरलाई कदर गरी भारतका प्रधानमन्त्रीले काठमाडौंमा रहँदा विगतका गलत नीति नदोहोरिने सार्वजनिक प्रतिबध्दता प्रकट गरेमा त्यो सकारात्मक सङ्केत मानिन सक्दछ । र, मोदीको यस्तो पहलले आपसी विश्वासको नयाँ चरण थालनी गर्न सघाउ पु-याउने छ ।
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...