गर्मीमा यी खानेकुराहरू नखानुस्, गर्छन् हानि

काठमाडौं, ३१ वैशाख – गर्मीमा के खानुपर्छ र के खानु हुँदैन भन्ने विषयका बारेमा जान्नु आवश्यक हुन्छ । यहाँ हामीहरू त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसलाई गर्मीमा नखाएकै राम्रो । 

अदुवा
अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्छ । यसको नियमित सेवन गर्दा शरीरको तापक्रम बढ्छ । अदुवा स्वास्थ्यका लागि राम्रो हुन्छ तर गर्मीमा अदुवा हदभन्दा बढी खाएमा हानि पुग्छ । 

प्याज
तरकारीको स्वाद बढाउन प्याज प्रयोग गरिन्छ । प्याजले पनि शरीरको तापमान बढाउँछ र हर्मोन असन्तुलित बनाउँछ । गर्मीमा प्याज कमै खाएको राम्रो । 

लसुन
प्याज जस्तै लसुनले पनि शरीरको हर्मोनलाई असन्तुलन गराउँछ । लसुनले खानाको स्वाद बढाउँछ तर गर्मीमा यसको सेवन जति कम ग–यो, त्यति राम्रो । 

सागपात
सागपातमा भरपूर एन्टीअक्सिडेन्ट हुन्छ जसले अनेकौं रोग भगाउँछ । सागपातमा प्रोटीन पनि प्रशस्त हुन्छ । यो ब्रेकडाउन हुँदा शरीरको तापक्रम बढ्छ र शरीरको हर्मोन परिवर्तन हुन थाल्छ । 

क्याफिन
चिया र कफी पिउने सोख भएका मानिसलाई गर्मीमा चाहिँ हानि पुग्छ । चियाकफीले शरीरमा गर्मी उत्पन्न गर्छ र हर्मोन परिवर्तन हुन थाल्छ अनि शरीरको तापक्रम बढ्छ । गर्मीमा कोल्ड कफी र आइस्ड टी पिएको राम्रो हुन्छ । 

तैलीय खाना
गर्मीमा तेलमा तारेको खानेकुरा नखाएको राम्रो हुन्छ । समोसा, पकौडा, चिप्स खाँदा पाचनसम्बन्धी समस्या हुन्छ । हलुका बिस्कुट खाने गर्नुस् । 

एजेन्सी
 

बैशाख ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार