यी नर्तकीले पाइन् साढे दुई करोड रुपैयाँको टिप्स !

जेठ २, २०७५

काठमाडौं, २ जेठ – कुनै ग्राहकले साढे दुई करोड रुपैयाँको टिप्स दिएको कहिल्यै सुन्नुभएको छ ?

अमेरिकाकी नर्तकी भेरोनिका बेकहमलाई एक ग्राहकले टिपमा दुई लाख २३ हजार डलर अर्थात् लगभग साढे दुई करोड रुपैयाँ टिप्स दिए । 

यी ग्राहकले भेरोनिकालाई केही महिनाअघिदेखि जान्दथे र दुवैका बीच मित्रता थियो । अचम्मको कुरा त टिप दिएको केही दिनमै ग्राहकको मृत्यु भयो । 

चौंतीस वर्षीया भेरोनिकाले एचबीओका पूर्व कार्यकारी मिकी लियूलाई एट्लान्टिक सिटी स्कोर्स स्ट्रिप क्लबमा सन् २०१४ मा भेटेकी थिइन् । दुवैजना छिट्टै घनिष्ठ मित्र भए ।

लियूलाई मधुमेह र मुटुसम्बन्धी रोग थियो जसले गर्दा उनी अस्वाभाविक रूपमा मोटाएका थिए । भेरोनिकासँग मित्रता गाँसेको केही महिनामै उनले संसारबाट बिदा लिए । 

अदालतको अभिलेखअनुसार, छोटो समयको मित्रता भएपनि लियूले भेरोनिकालाई रिटायरमेन्ट अकाउन्ट्स र लाइफ इन्स्योरेन्स पोलिसीको हकदार बनाइदिए । 

लियूका नातेदारहरू उनको यो निर्णयबाट खुशी थिएनन् । 

लियूकी बहिनी मेले दाइको पैसा नग्न नर्तकीले पाएपछि म्यानह्याटन अदालतमा मुद्दा दायर गरिन् । तर बहिनीले आपत्ति उठाएपनि अदालतले भेरोनिकाको पक्षमा निर्णय सुनायो । 

भेरोनिकाले आफू र लियूबीच कुनै शारीरिक सम्पर्क नभएको र आफूहरू राम्रो साथी मात्र भएको अदालतमा बयान दिइन् ।

एजेन्सी
 


ADVERTISEMENT

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस