×

NMB BANK
NIC ASIA

विराटनगरमा किन बसेको थियो भारतीय फिल्ड अफिस ?

जेठ ६, २०७५

NTC
Premier Steels

विराटनगर, ६ जेठ - प्रधानमन्त्री केपी ओलीले विराटनगरमा रहेको भारतीय दूतावासअन्तर्गतको ‘फिल्ड अफिस’ हट्ने बताएपछि यसबारे फेरि चर्चा र चासो सुरु भएको छ ।

Muktinath Bank

शनिबार काठमाडौंमा पार्टीको संसदीय दल बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भारत सन् १९५० को सन्धि फेर्न सहमत भइसकेको भन्दै विराटनगरमा रहेको उक्त फिल्ड अफिस हट्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोसीको बाढीपछि पूर्वपश्चिम राजमार्ग क्षतिग्रस्त हुँदा भारत हुँदै यातायात साधन चलाउन अनुमति दिने कामका लागि राखिएको भारतीय फिल्ड अफिस यसअघि नै हटाउन खोजिएको थियो । ६ वर्षअघि परराष्ट्र मन्त्रालयले ‘अनावश्यक हैसियत’ मा उक्त कार्यालय कायमै रहेको भन्दै प्रश्न उठाएको थियो । त्यसबेला तत्कालीन माओवादीका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री थिए । 


Advertisment
Nabil box
Kumari

‘भारतीय झन्डा फहराएर झन्डै कूटनीतिक अड्डाका रूपमा बसिरहेको छ, यसलाई तुरुन्त हटाउनु भनेर भारतीय दूतावासमा पत्राचार गरिसकिएको छ,’ परराष्ट्रका तत्कालीन एक अधिकारीले बताएका थिए । सुरक्षा चासो र कूटनीतिक संवेदनशीलताका आधारमा पनि यो कार्यालयको गतिविधि विचाराधीन हुन सक्छ भन्दै परराष्ट्रको भारत शाखाले भारतीय दूतावासलाई त्यसैबेला पत्रसमेत पठाएको थियो ।०६५ भदौमा कोसीमा बाढी आएका बेलाको असहज स्थितिमा नेपाल–भारत यातायात तथा पारवहन सुविधामा भारतीय दूतावासअन्तर्गत ‘अस्थायी कार्यालय’ राखिएको थियो । कोसीको पूर्वी तटबन्ध भत्केर क्षतिग्रस्त बनेको राजमार्ग मर्मत भइसकेर यातायात सञ्चालन भए पनि उक्त कार्यालय यथावत् राखिएको थियो ।

Vianet communication

सुरुमा सुनसरीमा र पछि विराटनगरका विभिन्न स्थान सार्दै राखिएको उक्त कार्यालय हाल कोसी राजमार्गको मलाया रोडस्थित एक घरमा सञ्चालित छ । विराटनगर सार्दा सुरुमा उद्योगी व्यवसायीको संस्था उद्योग संगठन मोरङको कार्यालय परिसरमा राखिएको कार्यालय पछि बरगाछीमा सारिएको थियो । त्यसपछि मलाया रोडस्थित घरमा राखिएको हो । राजमार्गसँगै जोडिएको कार्यालयको आँगनमा भारतीय झन्डा फहराइएको छ । यो स्थान भारतीय सीमा बजार जोगबनीबाट नजिक पर्छ । उक्त कार्यालयले कुनै प्रशासनिक वा अन्य काम नगर्ने, स्थानीय तहमा जनसम्पर्क विस्तार गर्न पार्टी आयोजना गर्ने, सूचना आदानप्रदान गर्ने वा भेलाहरू आयोजना गर्ने काम मात्रै गरिरहेको भन्दै आलोचना भएको थियो । आजको कान्तिपुरमा खबर छापिएको छ |

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x