×

NMB BANK
NIC ASIA

टहरामै बित्यो सांसद लामिछनेको जीवनः १८ लाख ऋणको भारी परिवारमा

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर, ६ जेठ -  चाँगुनारायण नगरपालिका–६ तेलकोट चोकमा नगरकोट जाने मूल सडकका ठीकमाथि पुरानो जीर्ण घर विसं २०७२ को भूकम्पले भत्किएको छ । घरको माथिल्लो तला र छानामा ह्वाङह्वाङ्ती ठूलो प्वाल छ । त्यही घरको तल्लो तला र अगाडिको टहरामा प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको जीवन बित्यो । 

Muktinath Bank

भत्किएको घरलाई उठाउने क्षमता उहाँसँग भएन, अर्थ अभावले भत्किएको घरको तल्लो तलामा बस्ने र अगाडिको जस्ताको टहरामा रात गुजार्नुको विकल्प उहाँसँग थिएन । पुरानै कोट र ढाका टोपीले धान्दै आएको आदर्श र निष्ठालाई जीवितै राख्न सफल लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिनामै टुङ्गिए पनि छोरीको विवाह गर्र्न, चुनाव लड्न र छोराछोरीलाई पढाउन विभिन्न सहकारी संस्थाबाट लिएको रु १८ लाख ऋणको भारी भने श्रीमती निर्मलाको काँधमा घर व्यवहारसँगै खप्टिएको छ । 

पार्टीमा मात्रै नभई सिंगो चाँगुनारायण नगरपालिक क्षेत्रमा आदर्शका रुपमा चिनिएका ५१ वर्षीय लामिछानेलाई जुनसुकै पार्टीका व्यक्तिले पनि आदरका साथ ‘हरिगुरु’ भनेर सम्बोधन गर्थे । 

नेकपा(एमाले)भक्तपुका सचिवसमेत रहनुभएका लामिछानेको मष्तिष्काघातका कारण गत वैशाख ३१ गते निधन भएपछि उहाँको परिवार मात्रै होइन, सिंगो नगरकोट शोकमा डुबेको छ । परिवारलाई शोकसँगै ऋण कसरी तिर्ने र छोराछोरीलाई कसरी पढाउने भन्ने पिरलो थपिएको छ । 

एक साताको रारा भ्रमण सकेर अघिल्लो शनिबार साँझ घर आइपुग्नुभएका उहाँलाई भोलिपल्ट टाउको दुखेपछि काठमाडाँै मेडिकल कलेज सिनामंगल ल्याइएकामा चिकित्सकले मस्तिष्काघात भएको जानकारी गराएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा उहाँको निधन भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०२४ फागुन ११ गते जन्मनुभएका उहाँले २०३९ मा ततकालीन नेकपा (माले)को भा्रतृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । विसं २०४६ को आन्दोलनका क्रममा घाइते हुनुभएका उहाँ प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा १३ पटक गिरफ्तार हुनुभएको थियो । 

राजनीतिक जीवनमा कुनै पदको लोभ र आर्थिक लालच नपालेका कारण पनि सम्मानका पात्र बन्दै आउनुभएका लामिछानेले सांसद भएपछि सांसदको सुविधासमेत लिन नपाई संसार छाडेको स्थानीयवासी निरञ्जन बजगाईं बताउनुहुन्छ । 

भनसुन र सोर्सफोर्समा जागिर लगाउनु हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दा दुई छोरीले अहिलेसम्म जागिर पाउन सकेका छैनन् । बाह्र कक्षाको पढाइ सकेर उच्च शिक्षाको पर्खाइमा रहेका छोरा कृष्णशरणले उच्च शिक्षा अध्ययन गर्ने इच्छा पनि यहीँबाट विश्राम लिनुपर्ने हो कि भन्ने चिन्ताले लामिछानेको श्रीमती निर्मलालाई पिरोलेको छ । 

श्रीमती निर्मला भन्नुहुन्छ, “उहाँले घर परिवारभन्दा पनि पार्टीलाई धेरै माया गर्नुभयो, उहाँको इच्छा र बाटोलाई हामीले रोकेनांैँ, अब केही होला कि भन्ने बेलामा छाडेर जानुभयो, अब छोराछोरीको पढाइलाई कसरी निरन्तरता दिने, भूकम्पले ढालेको घरलाई कसरी उठाउने र ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिएको छु ।” 

लामिछाने परिवारको अवस्था देखेपछि घरमा सान्त्वना दिन जानेले अर्थ संकलन गरेर दिन थालेका छन् । संकलन गरेर आफूलाई आजसम्म रु पाँच लाख ९२ हजार ८०३ बुझाएको परिवारले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

आजसम्म तत्कालीन एमाले भक्तपुरले रु एक लाख, प्रधानमन्त्री केपी शर्मा ओलीको परिवारका तर्फबाट प्रधानमन्त्रीपत्नी राधिकाले रु ५० हजार, एमाले चाँगुनारायण नगरपालिका–८ कमिटीले रु एक लाख ५४५, अनेमसंघ भक्तपुरले रु ८३ हजार २९०, एमाले–७ चाँगुनगर कमिटीले रु ३१ हजार पाँच सय, एमाले वडा नं ४ नगर कमिटीले रु ३० हजार, जिल्ला समन्वय समिति भक्तपुरले रु १० हजार ५००, गैसस महासंघ भक्तपुरले रु १६ हजार १४०, निर्माण व्यवसायी संघ भक्तपुरले रु ५१ हजार, युवा बचत तथा ऋण सहकारी संस्था लिले रु ७२ हजार २१८, एमाले चाँगु– १ का ईश्वर थापालगायतले रु ३० हजार, विजय बास्तोलाले रु चार हजार, चाँगु– ५ का लोकबहादुर थापाले रु चार हजार १०० र एमाले मध्यपुरथिमि १ ले रु १० हजार पाँच सय परिवारलाई हस्तान्तरण गरेका छन् । अर्थ सहयोगका लागि रकम संकलन गर्ने क्रम जारी रहेको बताइएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x