×

NMB BANK
NIC ASIA

यहाँ रेस्टुराँको बिलमा छुट चाहनुहुन्छ भने ‘मर्नुपर्छ’

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ जेठ – थाइल्यान्डको डेथ क्याफे नामक रेस्टुराँमा स्टाफले छुटको कुरा झिक्नेबित्तिकै ग्राहकहरू झसंग हुने गरेका छन् । 

बिलमा छुट पाउनका लागि तख्तामा तीन मिनेटसम्म मृत्युसँग संघर्ष गर्ने शर्त रेस्टुराँले राखेकाले ग्राहकहरू झसंग हुने गरेका हुन् ।

बैंककस्थित सेन्ट जोन्स विश्वविद्यालयमा बौद्ध धर्म तथा निर्वाणमा अनुसन्धान गरिरहेका सहायक प्राध्यापक वीरानुत रोजनप्रपाको दिमागको उपज हो यो । यसको उद्देश्य मानिसलाई मृत्युको अनुभव दिलाएर उनीहरूमा लोभ, मोह र स्वार्थको भावना अन्त्य गर्नु हो ।

वीरानुतका अनुसार, डेथ क्याफेमा हरेक टेबलमुनि काठको तख्ता बनाइएको छ । बिल पेश गर्दा कुनै ग्राहकले १० प्रतिशत छुट मागेमा एउटा बटन थिच्नेबित्तिकै तख्ता बाहिर निस्कन्छ । ग्राहकलाई जुत्ता खोलेर तख्तामा पल्टिन
लगाइन्छ । त्यसपछि तख्ताको ढोका तीन मिनेटका लागि बन्द हुन्छ । भित्र उज्यालो र हावा केही पनि हुँदैन । 

व्यक्तिलाई सास थुनिएको जस्तो लाग्छ । जिन्दगीमा केही पनि बाँकी छैन जस्तो उसलाई लाग्छ । 

धेरै ग्राहक तख्तामा जाने हिम्मत गर्दैनन् । यसमा जान तयार भएका मानिस पसिना पसिना भएर काँप्दै निस्कन्छन् । 

केही ग्राहकलाई यति खतरनाक अनुभवका लागि १० प्रतिशत छुट थोरै भएको बताउँछन् । अनि रेस्टुराँले उनीहरूलाई मन पर्ने चकलेट वा केक सित्तैमा दिने अफर गर्छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x