×

NMB BANK
NIC ASIA

काठमाडौं, ७ जेठ–केपी ओली नेतृत्वको सरकारले आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछ । 

Muktinath Bank

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न चारबजे संघीय संसदको दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष ०७५/७६को बजेट निर्माण हुनेछ । 


Advertisment
Nabil box
Kumari

नेपालको इतिहासमै शक्तिशाली सरकारले  ल्याउन लागेको नीति तथा कार्यक्रम कस्ता आउँलान् ? यो आम चासोको विषय हो ।

Vianet communication
Laxmi Bank

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधि र प्रदेशसमा चुनावका लागि तत्कालीन एमाले र पूर्व माओवादी केन्द्रले संयुक्त घोषणापत्र तयार गरेका थिए । घोषणापत्रमा ’समृद्धिका कार्यक्रमहरु’ भनेर आफ्ना कार्यक्रम उल्लेख गर्दै कृषि, ऊर्जा, यातायात, जलमार्ग, पर्यटनजस्ता धेरै क्षेत्रमा विभिन्न प्रतिबद्धता गरिएका छन् । 

अहिले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गर्ने दल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपश्चात नेपाल कम्युनिस्ट पार्टी बनिसकेको छ । नेकपाले त्यतिबेला घोषणा गरेका योजना निकै महात्वांकांक्षी छन् ।  

सोही घोषणापत्रलाई अहिलेको सरकारले आफ्नो कार्यदिशा भनेको छ ।  अर्थमन्त्री डा. युवराज खतवडाले जारी गरेको श्वेतपत्रले पनि वामपन्थीको घोषणापत्र नै वाम सरकारको आगामी कार्यदिशा भएको स्पष्ट पारेको बताएका छन् । 

त्यसपछि नेकपाका नेता वामदेब गौतमको संयोजकत्वमा बनेको सरकारको नीति तथा कार्यक्रम बनाउने समितिले घोषणा पत्रमा उल्लेख भएका विषय नै नीति तथा कार्यक्रममा समेटिएको अधिकारीहरु बताउँछन् । 

कर्मचारीको तलब नबढ्ने, बृद्धभत्ताको आश्वासन मात्रै !

पूर्व गभर्नरसमेत रहेका अर्थमन्त्री युवराज खतिवडामाथि कर्मचारी संघ संगठनहरुले कर्मचारीको तलब बढाउन लविङ गरिरहेका छन् ।

निजामति कर्मचारीसम्बन्धी एेनमा समेत दुई वर्षमा तलब समायोजन गर्नुपर्ने व्यवस्था छ । जसको पालना गर्ने हो भने सरकारले कर्मचारीको तलव बढाउनु पर्ने छ । दुई वर्षअघिका अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेमा सरकारी कर्मचारीको तलव बढेको थियो । 

निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनले पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री खतिवडासँग भेट गरि तलव समायोजन गर्न माग नगरेका पनि होइनन् । तर देशको आर्थिक अवस्था कमजोर भएको भन्दै प्रधानमन्त्रीले कर्मचारीको तलव नबढाउने संकत गरेका छन् । तलब बढ्दा राज्यकोषमा व्यवभार बढ्ने, महंगी बढ्ने भएका कारण सरकार अहिले तलब बढाउने पक्षमा देखिएको छैन । तर कर्मचारीको हौसला बढाउने नीतिमा ओली नेतृत्वको सरकार रहेको अधिकारीहरु बताउँछन् । 

घोषणा पत्रमा उल्लेख भएअनुसार नै बृद्ध भत्ता भने ५ हजार पुग्ने अवस्था नरहेको बताइन्छ । घोषणा पत्रमा पाँच वर्ष भित्रमा पाँच हजार वृद्धभत्ता पु¥याउने वाम गठवन्धनले उल्लेख गरेका भएपनि कमजोर आर्थिक अवस्थाका कारण वृद्धभत्ता थप गर्ने अवस्था छैन तर अर्थमन्त्री युवराज खतिवडामाथि नेकपाका  नेताहरुले दवाव दिइरहेका छन् । 

सामाजिक सुरक्षामा सरकारले गर्दै आएको खर्चलाई लघुबीमामार्फत व्यवस्थित गर्ने सरकारले तयारी गरिरहेको स्रोतले जनाएको छ । 

स्थानीय तहलाई नै जिम्मेवार बनाइने

संघीय सरकारले जेठ १५ मा बजेट ल्याएपछि प्रदेश सरकारले असार १ मा र स्थानीय सरकारहरूले असार १० मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।  

सरकारले स–साना आयोजनाका लागि प्रदेश तथा स्थानीय तहमार्फत रकम विनियोजन गर्ने तयारी गरेको छ । 

यसका कारण संविधान प्रदत्त स्थानीय तहलाई जिम्मेवार बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ ।

प्रदेश सरकार र स्थानीय सरकारलाई बजेट बनाउनका लागि अर्थ मन्त्रालयले केही समयअघि स्थानीय तहलाई राजश्व बाँडफाँड र समानीकरण अनुदान बापत एकमुष्ठ न्यूनतम ९ करोडदेखि अधिकतम १ अर्ब ३४ लाख रुपैयाँसम्म सिलिङ दिएको छ । 

त्यस्तै, प्रदेशलाई न्यूनतम १३ अर्ब रुपैयाँदेखि अधिकतम १५ अर्ब रुपैयाँसम्म सीमा तोकेको छ ।

घोषणापत्र कार्यान्वयन होला ?

वाम गठबन्धन गरेर निर्वाचनमा भाग लिएका तत्काली नेकपा एमाले र माओवादी केन्द्रले केही महत्वांकांक्षी सपनाहरु जनतामाझ बाँडेका थिए । दुई पार्टीको एकता, स्थिर सरकार र समृद्धि उनीहरुका मुख्य प्रतिबद्धता थिए । जसमध्ये पहिलो प्रतिबद्धता पार्टी एकता भने भइसकेको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’को नारालाई मुर्त रुप दिन घोषणापत्रलाई कार्यान्वयनको दिशामा लानैपर्ने विज्ञहरुको सुझाव छ ।  

अर्थविद् डा. शंकर शर्माले घोषणा पत्रमा उल्ल्ेख भएका सबै प्रतिबद्धता पुरा गर्नैपर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिन्छन् ।

वामपन्थीको घोषणापत्र र नीति तथा कार्यक्रममा समेटिन लागेका निकै महत्वाकांक्षी योजना र जनताले आशा गरेका केही कार्यक्रमहरु छन् । 

विद्युतमा आत्म निर्भरको लक्ष्य

वामपन्थिको घोषणापत्रअनुसार नै जलविद्युत, सौर्य, वायु र जैविक उर्जागरी आगामी ३ वर्षभित्र ३ हजार मेगावट, ५ वर्षभित्र ६ हजार मेगावाट, १० वर्षमा १५ हजार मेगावाट उर्जा उत्पादन गर्ने लक्ष्य छ । 

जसअनुसार बुढीगण्डकी जलविद्युत आयोजनासहति सम्मपूर्ण उर्जा क्षेत्रका काममा लागि वार्षिक २ खर्ब ४० अर्ब आवश्यक पर्ने र १० वर्षका लागि २४ खर्ब आवश्यक पर्ने सरकारी आँकलन छ ।

यसैगरी आन्तरिक रुपमा उत्पादित विद्युतको देशभर सहज वितरण गर्न र विद्युत निर्यात समेत गर्नेगरी पूर्व–पश्चिम तथा उत्तर–दक्षिण उच्च क्षमताका प्रसारण लाइन निर्माण २ वर्षमा सक्ने लक्ष्य लिइएको छ । यो कामको लागि करिब २० अर्ब रुपैयाँ लाग्ने आँकलन छ ।

सरकारले आगामी ५ वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबीसै घन्टा पर्याप्त विद्युत् उपलब्ध गराइने लक्ष्य लिएको छ । आगामी २ वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गरिने पनि नीति तथा कार्यक्रममा समेटिने तयारी गरिएको छ ।

सडक, रेलमार्ग र जलमार्ग पनि प्राथमिकतामा

सडक, रेलमार्ग र जलमार्ग निर्माणलाई पनि कम्युनिस्ट सरकारले प्रमुख प्राथमिकतामा राखेको छ । जसमा काठमाडौं–निजगढ द्रुत मार्ग ४ वर्षमा निर्माण सम्पन्न गर्ने समेत सरकारी लक्ष्य छ । 

सम्पूर्ण सडक आयोजनाहरुको काममा लागि वार्षिक २ खर्बका दरले १० वर्षका लागि २० खर्ब रुपैयाँ चाहिने आँकलन गरिएको छ ।

यसैगरी काठमाडौं उपत्यकामा मनोरेल तथा मेट्रोरेल ३ वर्षभित्र निर्माण सम्पन्न गर्न १ खर्ब रुपैयाँ लाग्ने सरकारी आकलन छ । प्रमुख नदीहरुको डाइभर्सन तीन वर्षभित्र गरिसक्ने गरी काम गर्न १ खर्ब रुपैयाँ र खेतीयोग्य जनिममा ५ वर्षभित्र सिंचाई सेवा पु¥याउन वार्षिक ७० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै लोकमार्ग तथा राजमार्ग र प्रमुख सडकहरुमा सुरुङ निर्माणका लागि ५० अर्ब, पूर्व पश्चिम तथा उतर–दक्षिण जोडने रेल मार्ग निर्माणका लागि वार्षिक १ खर्ब ४० अर्बका दरले १० वर्षका लागि १४ अर्ब, काठमाडौं उपत्यकामा

बाहिरी चक्रपथ तथा बाहिरी जिल्लाका चक्रपथ निर्माणमा ५० अर्ब रुपैयाँ लाग्ने नेकपाको आँकलन छ ।

कृषिमा आत्मनिर्भर

सरकारले २ वर्ष नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा आत्मनिर्भर बनाइने  लक्ष्य लिएको छ । यसैगरी ५ वर्षीभत्र खाद्यान्न निर्यात गर्ने गरी कृषिमा आधुनिकीकरण ल्याउने तयारी छ । 

त्यसपछि आगामी १० वर्षमा नेपाललाई रसायन र विषादीमुक्त मुलुक घोषणा गरिने समेत लक्ष्य लिइएको छ ।

अन्य महत्वाकाक्षी लक्ष्य यस्ता छन्

भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिनेछ । 

एक वर्षमा भूकम्म, बाढी, पहिरो तथा आालागी पीडित परिवारको तथा दुई वर्षमा घरबिहीनहरुको आवास निर्माण गर्ने सरकारको लक्ष्य छ । 

संविधानप्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गरिनेछ ।

२ वर्षभित्र विद्यालय जाने उमेरका सबै बालबालिकाको विद्यालयमा भर्ना सुनिश्चित गरिनेछ । आगामी ५ वर्षमा सबै नागरिकलाई साक्षर तुल्याइनेछ ।

पैदलयात्रु र साइकलयात्रुका लागि अलग लेन निर्माण गरिनेछ। वैदेशिक रोजगारीमा गएकाहरूको अभिलेख राखी त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरिनेछ । वैदेशिक रोजगारीमा भइरहेका विकृतिलाई कडाइकासाथ नियन्त्रण गरिनेछ ।

सबै स्थानीय तहका केन्द्र र तराई–मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रसम्म दुई वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुर्याउने लक्ष्य छ ।

पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै विद्युतीय सवारी प्रयोगमा प्रोत्साहान गर्ने गरी भौतिक पूर्वधारको काम गर्न १० करोड रुपैयाँ खर्च हुने आँकलन दुबै पार्टीको छ ।

गरिबीको रेखामुनि रहेको घरपरिवारलाई ६ महिनाभित्र राज्यले सुरक्षा परीचयपत्र वितरण गर्ने सरकारको प्राथमितामा छ । 

द्वन्द्वबाट क्षतिग्रस्त भौतिक संरचनाहरू ३ वर्षभित्र पुनर्निर्माण गरिनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x