जेलमा १६१ बालबालिका,  बालगृहबाट धर्म प्रचार !

जेठ ३१, २०७५

मकवानपुर, ३१ जेठ–प्रदेश ३ का विभिन्न जिल्लामा रहेका जेलमा १६१ जना बालबालिका कैदीबन्दीसँगै रहेका छन् । विभिन्न बालगृहमा ११ हजार ८८२ बालबालिका आश्रित छन् ।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले गरेको कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । सबैभन्दा बढी बाल सुधार गृह सानो ठिमी भत्तपुरमा १४७, काठमाडौं कारागारमा ८ , धादिङ कारागारमा ३ र चितवन कारागारमा ३ बालबालिका छन् ।

विभिन्न अपराधमा संलग्न रहेका अभिभावकसँगै संरक्षणकर्ताको अभावमा बालबालिका पनि कारागारमा बन्दी जीवन बिताइरहेका छन् । ११ वटा जिल्लामा आवासीय रूपमा सञ्चालित बालगृहमा ११ हजार ८८२ जना बालबालिका बस्ने गरेका छन् । तर, यी गृहहरू संरचनागत रूपमा बालमैत्री नभएको दाबी गरिएको छ । बालगृहको मापदण्डमा नरहेका भनिएका बालगृह पनि समस्यामा विकल्पका रूपमा मात्र लिइएको छ ।

११ जिल्लामा ४१५ वटा बालगृह राखेर धर्म प्रचारको काम समेत हुने गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए । बालबालिकाका अधिकार कुण्ठित गरेर राखिएका बालबालिकालाई सरकारले जिम्मा लिएर राख्ने तयारी गरेको दुलालले बताए, आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस