पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
सुर्खेत, ४ असार – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले असारे प्रवृत्तिका कारण विकास निर्माण नभएको बताउँदै आफू मन्त्री रहेसम्म हरेक वर्षको असार १ गतेबाट निर्माण कार्य बन्द गराउने घोषणा गरेका छन् ।
आज वीरेन्द्रनगरमा काँक्रेबिहार मिडियाले गरेको बजेट बहस कार्यक्रममा उनले असारमा काम गर्न नदिने बताएका हुन् । ‘विगतमा केन्द्रले र स्थानीय तहले असारे प्रवृत्ति देखाई बजेट खर्च गर्ने गरेको पाइयो । तर, उक्त काम न गुणस्तरीय छन्, न त दीर्घायू नै,’ उनले भने, ‘गुणस्तर सुधार्नकै लागि असार १ अगावै बजेट खर्च गरिसक्ने नीति हामी तय गर्छौं ।’ साउन–भदौमा कार्यालयका काम गर्ने, असोज–कात्तिकदेखि नै निर्माण कार्य शुरू गर्ने र असार १ गतेबाट योजना फरफारक र रकम निकासा दिने पद्धति अवलम्बन गर्ने उनले बताए ।
मन्त्री ज्वालाले २८ अर्बभन्दा बढीको बजेट कार्यान्यवनमा जटिलता रहेको स्वीकार गरे । ‘बजेट कार्यान्वयनका लागि धेरै जटिलता छन््, काम गर्ने मातहतका निकाय तय भइसकेका छैनन्,’ उनले भने, ‘तर पनि आवश्यकता छ र बजेट कार्यान्वयन पनि गरिन्छ ।’ मन्त्री ज्वालाले प्रदेशमा कर नबढाइने प्रष्ट पारेका छन् ।
‘यो वर्ष हामीले कुनै पनि क्षेत्रमा कर बढाएका छैनौं,’ उनले भने, ‘तर, हामी करको दायरा कसरी बढाउने भन्ने योजनामा रहेका छौं ।’ जनतालाई मार नपर्ने गरी उत्पादन वृद्धि हुँदै जाँदा करको दायरा पनि बढाउँदै जाने क्षेत्रको खाजीमा प्रदेश सरकार रहेको उनले बताए । कर्णालीको बजेट ठूलो ल्याउनुको मुख्य कारण संघीय सरकारसँग लड्ने रहेको उनले बताए ।
‘प्रधानमन्त्रीदेखि सबै मन्त्रीले कर्णाली गरीब छ भन्ने गीत गाउँदै आएका छन्,’ उनले भने, ‘उक्त गीतको क्षतिपूर्ति भराउन ठूलो बजेट ल्याएको हुँ ।’ मन्त्री ज्वालाले बजेट महत्वाकांक्षी रहेको स्वीकार्दै समृद्ध कर्णाली बनाउने सपना बजेटमा देखिएको उल्लेख गरे । ‘सपना नदेखेसम्म काम गर्ने योजना बन्दैन,’ उनले भने, ‘कर्णाली समृद्धिको सपनमा हामीले देखेका छौं, त्यसलाई कार्यान्वयन गरिछाड्छौं ।’
मन्त्री ज्वालाले ‘घाँटी हेरी हाड निल्नुपर्ने’ बाध्यतामा सरकार रहेको बताए । ‘हामीले अहिलेको बजेटबाट ५० करोड रुपैयाँ राजस्व उठाउन सक्ने अनुमान गरेका छौं,’ उनले भने, ‘हामी अहिले पूर्णरुपमा केन्द्रसँग निर्भर रहेका छौं ।’ मन्त्री ज्वालाले बजेट छरिएको भन्ने आरोपको खण्डन गर्दै सरकारले अधिकतम केन्द्रीकृत योजनामा मात्रै बजेट विनियोजन गरेको दावी गरे । ‘एकाध योजनामा केही रकम वितरणमुखी छ,’ उनले भने, ‘शतप्रतिशत उत्पादनमूलक बजेट अहिलेसम्म कसैले ल्याएका पनि छैनन्, ल्याउन पनि सक्दैनन् ।
कार्यक्रममा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बजेट वितरणमुखी भएको आरोप लगाए । ‘सानातिना टुक्रे योजनामा बजेट विनियोजित छ,’ उनले भने, ‘त्यो हेर्दा सरकारले देखेको समृद्ध कर्णालीको सपना पूरा हुनेमा आशंका छ ।’ नेता शाहीले आफूले ६ वटा ‘ब’को योजना अघि सारेको बताउँदै सरकारले त्यसैमा टेकेर अघि बढे विकास सम्भव रहेको बताए ।
‘वन, बाटो, विचार, व्यवस्थापन अंगिकार गरौं,’ उनले भने, ‘त्यसो गर्न सके विकास सम्भव रहेको मैले देखेको छु ।’ नेता शाहीले बजेट त्यति धेरै नराम्रो भने नभएको बताए । ‘मन्त्री आफैं व्यवस्थापिका संसदमा अर्थ समिति सभापति भइसक्नुभएको छ,’ उनले भने, ‘त्यसैले पनि उहाँले सन्तुलित बजेट ल्याउने प्रयास गर्ने भएको हो ।’ नेता शाहीले सरकारले केन्द्रको भन्दा साना र स्थानीय तहको भन्दा ठूला आयोजना निर्माण गर्नुपर्नेमा साना योजनामा समेत हात हालेको आरोप लगाए ।
बजेट विश्लेषकका रुपमा नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष सुर्यमणि गौतमले बजेट कार्यान्वयन गर्न गाह्रो रहेको बताए । ‘केन्द्रका संरचना भएपनि बर्सेनि अर्बौं रकम फ्रिज हुने गरेको हामीले देखेका छौं,’ उनले भने, ‘सरकारको संरचना नबनुन्जेल बजेट खर्च गर्न मैले गाह्रो देखेको छु ।’ उनले सरकारले कार्यान्वयन गर्न सक्ने योजना बनाइदिएको भए अझै सकारात्मक प्रभाव पर्ने बताए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहप्राध्यापक तीर्थ चलाउनेले बजेटलाई उत्पादन केन्द्रीत बनाउन नसकेको आरोप लगाए । ‘केन्द्रबाट अनुदान ल्याएर अनुत्पादक क्षेत्रमा बजेट गएको छ,’ उनले भने, ‘अलि बढी बजेट उत्पादनमूलक क्षेत्रमा छुट्याउन सकेको भए बजेट थप आकर्षक बन्न सक्थ्यो ।’
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...