पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
विराटनगर, ५ असार – जुन २१ तारिखमा मनाइने विश्व योग दिवसको अवसरमा १ नम्बर प्रदेश सरकारले बराह क्षेत्र चतरामा बृहत् योग शिविर आयोजना गर्ने भएको छ ।
सामाजिक विकास मन्त्रालयको अगुवाइमा योग शिविर आयोजना गर्न लागिएको हो । १ नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुख समेतको उपस्थिति रहने गरी १ हजार ५ सय बढी साधकको योग शिविरमा सहभागी गराउने गरी तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालय स्तरबाट धार्मिक पर्यटकीयस्थल बराहक्षेत्र चतरामा योग शिविरको आयोजना गर्न लागिएको जानकारी दिए ।
‘सबै नागरिक स्वस्थ रहनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ मन्त्री घिमिरेले भने, ‘योगको माध्यमबाट पनि धेरै खालका रोगको उपचार हुने विश्वास रहिआएकाले हामीले योग दिवसलाई भव्य मनाउन खोजेका हौं ।’ शिविरमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरू जीवन घिमिरे, इन्द्र आङबो, जगदिश कुसियैत, हिक्मत कार्की लगायतको मन्त्रीमण्डलको टीम नै सहभागी हुन बताइएको छ ।
स्थानीय जनप्रतिनिधि, प्रदेश सभाका सदस्य, प्रहरी अधिकारी, व्यावसायी, पर्यटन क्षेत्रका व्यक्ति लगायतलाई धेरै स्थानबाट योग शिविरमा उपस्थित गराउने मन्त्रालयको तयारी छ । हरेक वर्ष जुन २१ तारिखलाई विश्व योग दिवसको रुपमा मनाइँदै आएको छ ।
विश्व योग दिवसको अवसर पारेर चतरामा दिवसलाई भव्य रुपमा मनाउन लागिएको मन्त्रालयले जनाएको छ । दिवस मनाउने बारेमा मन्त्रालय स्तरबाट तयारी तीब्र पारिएको छ । १ नम्बर प्रदेशलाई स्वस्थ रहन योग भन्ने मूल नाराका साथ शिविरको आयोजना गरिएको हो ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...