×

NMB BANK
NIC ASIA

उच्चस्तरीय शिक्षा आयोग गठन, ४ महिनाभित्र सुझाव दिनु पर्ने

असार ६, २०७५

NTC
Premier Steels

काठमाडौँ, ६ असार— संघीय संरचनाअनुसार समग्र शिक्षा नीति तय गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले २१ सदस्यीय आयोग गठन गरेको हो ।

Muktinath Bank

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित आयोगले ४ महिनाभित्र सुझावसहितको प्रतिवेदन तयार पार्ने जानकारी मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगमा पूर्वशिक्षामन्त्रीद्वय धनीराम पौडेल र गंगालाल तुलाधर सदस्य छन् । उनीहरू तत्कालीन माओवादी केन्द्र र एमालेबाट शिक्षामन्त्री बनेका थिए । राष्ट्रिय योजना आयोगका सदस्य डा। उषा झा र संविधानसभा सदस्य श्याम श्रेष्ठसमेत सदस्य छन् ।


Advertisment
Nabil box
Kumari

शिक्षाविद्हरूबाट सदस्यमा मीनबहादुर बिष्ट, विद्यानाथ कोइराला, सुसन आचार्य, टंकनाथ शर्मा, विमल फुयाल छन् । अन्य सदस्यमा शिक्षक संगठनका पूर्वअध्यक्षहरू बाबुराम अधिकारी र नन्दकुमार थापा, काठमाडौं विश्वविद्यालयका डिन मनीष पोखरेल, विभिन्न क्षेत्रका विज्ञहरूबाट कृष्ण पौडेल, सुजनबाबु मरहठ्ठा, चक्रमान विक र राम सोगारथ छन् ।

Vianet communication

प्रवक्ता अर्यालका अनुसार शिक्षा सचिव खगराज बराल र एक सहसचिव सदस्य रहनेछन् । आयोगका १९ सदस्यको नाम मन्त्रिपरिषद्ले टुंगो लगाएको हो । बाँकी दुई सदस्य प्रधानमन्त्रीले थप्ने स्रोतले जनायो । सहसचिवको नाम पनि टुंगो लाग्न बाँकी छ ।

आयोगलाई काम थालेको ४ महिनाभित्र अन्तिम प्रतिवेदन बुझाउने कार्यादेश तोकिएको छ । आयोगका उपाध्यक्षले राज्यमन्त्री र सदस्यहरूले विशिष्ट श्रेणीसरह सुविधा पाउने छन् । उपाध्यक्ष भने तोकिएको छैन ।, कान्तिपुरमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x