×

NMB BANK
NIC ASIA

काठमाडौं, ७ असार– बनेपाका ग्रुवेन तौजलेलाई १६ वर्ष अगाडि मधुमेहले थला पार्‍यो । जतिबेला उनी ३० वर्षका मात्रै थिए ।

Muktinath Bank

साना बालबच्चा र आफ्नो जहानलाई खुसीसँग राख्नुपर्ने उनको जिम्मेवारी थियो । केही गर्ने आँट, जाँगर  र काम गरेर केही पैसा कमाउ भन्ने उमेरमा रोगले सताउन थालेपछि ग्रुवेन समस्यामा परे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘त्यतिबेला मैले चिटिङ अस्पतालमा परीक्षण गराएको थिए मेरो सुगरको लेवल बढेर पाँच सय पुगेको थियो,’ ग्रुवेनले लोकान्तरसँग भने, ‘चिनीरोग लागेपछि कति नै वर्ष बाँचुला र भन्ने चिन्ता लाग्न थाल्यो, मैले सुनेको र देखेको पनि थिए, चिनीको मात्रा बढी भएर मेरो पनि मुटु, किड्नी खराब होला भन्ने चिन्ताले सताएको थियो ।’


Advertisment
Nabil box
Kumari

मधुमेहका कारण उनको शरीरको तौल १ सय १० केजीसम्म पुगिसेकेको थियो । ग्रुवेनलाई रोगले भन्दा पनि आफ्नो परिवारको भविष्य कस्तो होला भनेर चिन्तित बन्दै गए ।

Vianet communication
Laxmi Bank

मधुमेहले शरीरको तौल बढ्दै गएपछि सुइबाट खाना खाने समेत गर्थें । ग्रुवेन आफ्नो रोगका कारण डिप्रेशनको सिकार भइसकेका थिए । मधुमेहका कारण तौल बढ्दै गएपछि उनी घरबाहिर समेत ननिस्कने, दिनभरी घरमै बस्ने गर्थें । आफूलाई केही भए साना छोराछोरी श्रीमती, आमाको विचल्ली हुने पीर उनलाई थियो । 

ग्रुवेन एकदिन टेलिभिजन हेर्दै बसिरहेका थिए । ‘हेनुस् यो,यसरी योग गर्नाले तपाईको मधुमेह समाप्त हुन्छ’ भन्दै टेलिभिजनमा योग सिकाइरहेको दृष्य देखे । योग गर्नाले मधुमेह निको हुन्छ भन्दै योगाभ्यास टेलिभिजमा देखाएपछि उनले त्यसमा चासो दिए । 

योगले मधुमेह निको हुन्छ भन्ने सुनेपछि बिहानै उठेर मर्डिङ वाक गर्न निस्कने योग अभ्यास गर्ने गर्न थालेलेको ग्रुवेनले सुनाए । उनले विगत सम्झदै भने, ‘टेलिभिजनामा योगले मधुमेह निको हुन्छ भन्ने सुनेपछि मलाई योग गरेर मेरो शरीरको मधुमेह निकाल्छु भन्ने आत्म विश्वास आयो,मैले टिभीमा हेरेर योग सिके, बिहानै उठेर  जंगलतीर जान्थें, पसिना निकाल्ने गरी योग गर्थें ।’

ग्रुवेनले योग अभ्यास गर्न थालेपछि उनको शरीरको तौल पनि कम हुदै गयो । योगाअभ्यास गरेरै एक महिनामा २० केजी तौल घटाउन सफल भएको उनी सम्झन्छन् ।

उनकी आमाले राति जंगलमा योग गर्न जानुभन्दा योगा सिकाउने ठाउँमा जान सल्लाह दिइन् । 

घर नजिकै योगा सेन्टरमा योग गुरुले सात आठ जनालाई योगा सिकाउँदै थिए । त्यपछि उनले घर नजिकै रहेका योग गुरुसँग सिक्दै योगा अभ्यास गर्न थाले । योगाअभ्यास गर्न थालेपछि मधुमेह घट्यो  । मधुमेहका कारण जीवनबाट विरक्तिएका ग्रुवेनले औषधि खान छोडे । 

योगाले आफ्नो रोग निको भएपछि ग्रुवेनलाई योगा गर्नु र योग सिकाउनु राम्रो काम हो भन्ने लाग्यो । त्यसपछि उनले आफूपनि अरुलाई योगा सिकाउने प्रण गरे ।

‘म मात्रै स्वास्थ्य भएर हुँदैन, मैले अरुलाई पनि स्वास्थ्य रहन मद्दत गर्नुपर्छ भनेर योग सिकाउछु भनेर अरुलाई पनि सिकाउन थाले ।’ उनले आफू योग प्रशिक्षक भएको दिन सम्झिए ।

ग्रुवेनले १५ वर्षको अवधिमा लाखौंलाई योगा सिकाइसकेको बताए । उनी अहिले पतंजलि योगपीठ नेपालको प्रदेश नम्बर तीनको अध्यक्ष समेत भइसकेका छन् । ‘अहिले मेरो शरीरमा कुनै रोग छैन, आनन्द छ, उनले प्रफुल्लित हुदै भने,‘म अहिले लालमोहन, रसवरी लगाएत गुलियो खानेकुरा पनि ढुक्कसँग खान्छु, योगा गर्न थालेपछि मैले मधुमेहको औषधि खानुपरेको छैन, पहिलाको भन्दा युवा देखिन्छु ।’  


योग गुरु ग्रुवेन बनेपामा कपडाको व्यापार पनि गर्छन् । व्यापारी भन्दा पनि उनी योग गुरुका रुपमा बढी परिचित छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x