×

NMB BANK
NIC ASIA

तुलसीपुरको नीति : आगामी वर्षलाई कृषि तथा पशुपालन वर्षका रुपमा मनाइने

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दाङ, ९ असार – तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई व्यावसायिक कृषि तथा पशुपालन वर्षका रुपमा मनाइने नीति सार्वजनिक गरेको छ । 

Muktinath Bank

हिजोबाट शुरू भएको तेस्रो नगरसभामा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो नीति सार्वजनिक गरिएको हो । ६ सय बिगाह क्षेत्रफलमा व्यावसायिक फलफूल बगैँचा निर्माण, थप ५ सय बिगाहमा व्यावसायिक तथा बेमौसमी तरकारीखेती उत्पादन, व्यावसायिक मह उत्पादन तथा प्रशोधन, दूध, मासु र अण्डाको उत्पादनमा वृद्धि तथा उत्पादित त्यस्ता वस्तुमा आधारित कृषिजन्य उद्योग स्थापना गर्न लागि विशेष कार्यक्रम ल्याइने प्रस्तुत नीतिमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी, कृषि पकेट क्षेत्र निर्धारण गरी उत्पादन तथा उत्पादकत्व बढाउन कृषि सामग्री, सीप, पूँजी र प्रविधिको प्रयोगलाई व्यापक बनाइन,े बजार क्षेत्रमा प्रांगारिक उत्पादन पाइने पसल सञ्चालन गर्न स्थानीय समुदाय वा सहकारीलाई सहयोग प्रदान गरिने, व्यावसायिक पशुपक्षी तथा माछापालनमा जोड दिइने र आगामी आवमा निजी वा सहकारी क्षेत्रबाट कम्तीमा २५ हजार लिटर दैनिक दूध संकलन गरी दूधजन्य पदार्थ उत्पादन गर्ने डेरी उद्योग सञ्चालन गर्न सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने नीति उपमहानगरपालिकाले लिएको छ । 


Advertisment
Nabil box
Kumari

उपमहानगरपालिकाले सामूहिक कृषि तथा पशुपालनमा जोड दिइने, कृषियोग्य जमीनको खण्डीकरण लाई रोक्ने, साना सिँचाइ, स्यालो ट्युवबेल, डिप बोरिङ र वर्षात्को पानी जम्मा गरेर पोखरी बनाई कम्तीमा यस आवमा थप १ हजार ५ सय हेक्टर जमिनलाई पूर्ण सिँचाइयुक्त बनाइने नीति लिएको छ । 

Vianet communication
Laxmi Bank

उपमहानगरपालिकाभित्र कुनै पनि जमीनलाई बाँझो राख्न नपाइने नीति लिइने र वर्षमा १ बाली पनि खेती नगर्ने वा फलफूल नरोप्ने वा जमीनमा कुनै संरचना नबनाई बाँझो छोड्ने कार्यलाई निरुत्साहित गराउन बाँझो जमीनमा अतिरिक्त मालपोत शुल्क लगाइने नीति उपनगरपालिकाले लिएको छ । 

प्रस्तुत नीतिमा पर्यटकीय सम्भावना बोकेका चमेर गुफा, छिल्लीकोट, थर्कोट, राप्ती शान्ति उद्यान, दंगिशरण दरबार, गौरीगाउँ ताल, बबई नदीलगायतका प्राकृतिक, ऐतिहासिक, पुरातात्विक स्थललाई थप सौन्दर्यकरण र सुविधाजनक बनाइने उल्लेख छ । 

यसैगरी, व्यापारिक भवन, रंगशाला, खेलमैदान, खानेपानी, सडक, यातायात, प्राविधिक शिक्षालय, पार्क, चिडियाखानाजस्ता गौरवका योजना निर्माण, सञ्चालन, व्यवस्थापन र हस्तान्तरण गर्ने छ, नीति तथा कार्यक्रममा भनिएको छ, ‘तुलसीपुर उपमहानगरपालिकास्थित टरिगाउँ विमानस्थलको स्तरोन्नति, धावनमार्ग विस्तार, इन्धन डिपो स्थापनाजस्ता काममा विशेष पहल गरी हवाई सेवालाई नियमित बनाउन प्रदेश र संघीय सरकारसँग समन्वय गरिने छ ।’ 

यस क्षेत्रकै गौरवका रुपमा रहेका राप्ती आँखा अस्पताल, अञ्चल अस्पताल र क्षेत्रीय आयुर्वेद अस्पताललाई स्तरोन्नतिमा सहयोग गर्दै नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज, सुलभ र विश्वसनीय रुपमा उपभोग गर्न पाउने व्यवस्था मिलाइने नीति उपमहानगरपालिकाले लिएको छ । 

उपमहानगरपालिकास्थित नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय, पूर्वीय दर्शन, आध्यात्मिक आयूर्वेदिक, योग र पौराणिक शास्त्रको अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । तुलसीपुर उपमहानगरपालिकालाई आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर र समृद्ध बनाउने साझा ध्येय रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x