१ साउनबाट टिप्पर राति मात्रै

असार २८, २०७५

काठमाडौं–सरकारले काठमाडौं उपत्यकामा मालवाहक टिप्परलाई दिउँसो चलाउन रोक लगाएको छ । १ साउनबाट टिप्परका लागि राति ८ देखि बिहान ५ बजेसम्म चलाउने समय सीमा तोकिएको छ । टिप्परका कारण हुने दुर्घटनामा दुई पांग्रे सवारी चालक र पैदलयात्रुको ज्यान जान थालेपछि गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा समय सीमा तोकेको हो ।
गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निर्देशन जारी गरिसकेको छ भने महानगरीय ट्राफिक महाशाखाले त्यसमा सघाउनेछ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले राति मात्रै टिपर सञ्चालन गर्न दिने गरी मातहतका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताए । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 


ADVERTISEMENT

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस